सलिकोको अध्यक्षमा पुनः मुल, सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को अध्यक्षमा पुनः मनोहर दास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गरेको हो । सोहि दिन सम्पन्न कम्पनीको २७औं वार्षिक साधारण सभाले मूलसहित ६ जनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक सेयरधनीको समूह क बाट बैदेशिक लगानीकर्ता सिलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवद्र्धना मनोनित भएका छन् । त्यस्तै, लोकमान्य गोल्छा, र सिद्धार्थमणि राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कम्पनीको सर्वसाधारण सेयरधनीकोतर्फबाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ मा युवा नवप्रवर्द्धकको भेला गर्ने
काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा युवा नवप्रवर्द्धकहरुको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । बर्सेनि दसौँ लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै कामहरु छन् । तर, सरकारी निकायको झैझमेला तथा बैंक तथा वित्तीय संस्थाबाट सही सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन। त्यसैले सीप जाँगर र चाहना हुँदाहुँदै पनि बाध्य भएर युवाहरुको रोजाइ विदेश हुन गइरहेको छ । यस्तो प्रतिकुल अवस्थामा युवाहरुलाई प्रेरित गर्न र उद्योग–व्यवसाय गर्ने वातावरण बनाउने गरी नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरुको भेला गर्न लागेको हो । भेलामा युवाहरुको व्यावसायिक योजनाहरु प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिएका परियोजनाहरु स्थापना र सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने काम गरिनेछ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पति व्यवस्थापन र व्यावसायिक परामर्श दिने गरी खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र यस कम्पनीले सेवा प्रारम्भ गरेको हो । वैशाख ८ गतेको भेलापछि नेक्सजेनले नियमित रुपमा नवप्रवर्द्धक उद्यमीहरुसँग छलफल गरी उनीहरुलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम सञ्चालन गर्नेछ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार-काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९ /०८० को नाफा हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी गाभिनुभन्दा अघि मिति २०७९/११/२८ गतेसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वि अनुसूचिहरु पारित गर्ने, सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७९/०८० को मुनाफा मध्येबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र सञ्चालकमा सुश्री निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने तथा सो वमोजिम कम्पनीको नियमावलीको नियम ३२ को उपनियम (१) को ख र (घ) संशोधन गर्ने, नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक सि अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको समूहबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकमध्ये कम्पनीको नियमावली वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसीबाट स्वतः मनोनित हुने १ जना सञ्चालकको जानकारी गराई जना सञ्चालक तथा सर्वसाधारण सेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।