सन नेपाल लाइफको प्रदेश स्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव २०० जना मार्केटिङ म्यानेजरहरु सहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए । सीइओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहानालाई सम्वोधन गर्न आपतमा राहात दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आवद्ध सम्पूर्ण अभिकर्ताहरुलाई दृढ विश्वासका साथ थप शसक्त भएर अघि बढ्न प्रेरित गरे । उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधै एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाएका थिए । कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रुपमा मेहनत गर्दा यहि पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए । चौलागाईले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्रिकलाको विषयमा उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए । उनले सन नेपाल लाइफले ल्याएको विभिन्न विजनेस क्लवहरुको विषयमा जानकारी दिँदै कसरी ती क्लवहरुमा पुग्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिदैँ यस प्रदेशबाट शुक्र र चन्द्र क्लवमा पर्न सफल मार्केटिङ म्यानेजरलाई बधाई तथा शुभकामना पनि दिए । अभिकर्ताको तर्फबाट प्रतिनिधित्व गर्दै मार्केटिङ म्यानेजर म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाइफको दुरदर्शी सोँच, ग्राहकमैत्री बीमा योजना, अभिकर्ता मैत्री वातावरणको कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ताको रुपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताए । उनले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ म्यानेजरहरुलाई गरेको सम्मानले थप उर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पुण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिए । चन्द्रौटाको सिद्धार्थ ग्रीन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाई, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेश अन्तर्गतका शाखा, उपशाखा प्रवन्धक, कर्मचारी लगाएत २०० भन्दा बढी मार्केटिङ म्यानेजरको उपस्थिति रहेको थियो ।

नेपाल बैंकको ८८ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८८औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड शुक्रबार आफ्नो ८७ औँ वर्ष पुरा गरी ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए । नेपालभर २२९ शाखाहरु, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २५ लाख भन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा  पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । करिब ९ लाखभन्दा बढी ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैंकिग सेवा लिई लाभान्वित रहेको जनाइएको छ ।

५ ठाउँको घर खाली गर्न बेष्ट फाइनान्सको ताकेता

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले घर खाली गर्न ताकेता गरेको छ । बेष्ट फाइनान्ससँग कारोबारको शिलशिलामा धितो बन्दक पारित गरी कर्जा लिएर चुक्ता नगरेपछि घर खाली गर्न ताकेता गरेको हो । कम्पनीको नाममा धितो बन्दक पारित गरी ऋणीहरुले लिएको कर्जा रकम नतिरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम सकार गरी नाममा नामसारी भइसकेको हुँदा घर जग्गाहरु खाली गर्न जानकारी गराएको हो । ३५ दिनभित्र उक्त घर खाली नगरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौंको मुलपानी ३÷ख स्थित कित्ता नम्बर ८३९ मा रहेको ७९.४८ वर्गमिटर, रुपन्देहीको कन्चन ५ स्थित कित्ता नम्बर २१२ मा रहेको ४१३.८६ वर्गमिटर, काठमाडौं महानगरपालिका १० स्थित कित्ता नम्बर १८७ मा रहेको २०६.६४ वर्गमिटर क्षेत्रफल जग्गा र घर खाली गर्न निर्देशन दिएको हो । यस्तै, बर्दियाको मोहम्मदपुर १ स्थित कित्ता नम्बर ७२२ मा रहेको १३७.५० वर्गमिटर र दाङको हरिद्धार २÷क स्थित कित्ता नम्बर ४९२ र ४९६ मा रहेको १२६.९९ वर्गमिटर र १२६.९७ वर्गमिटर क्षेत्रफल भएको जग्गा खाली गर्न निर्देशन दिएको हो ।