बैंकिङ क्षेत्रविरूद्ध भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन मुद्रा विप्रेषक संघको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधिप्रति नेपाल मुद्रा विप्रेषक संघ आपत्ति जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधि रोक्न संघले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बैंक तथा वित्तीय क्षेत्र खलबलाउन भइरहेको अराजक गतिविधीहरू र सामाजिक संजालमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध सर्वसाधारणलाई भ्रमित पार्ने कार्य र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको संघले जनाएको छ । साथै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्था तथा निर्देशनको परिपालना गर्दै आएका संस्था विरूद्ध गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिनु र सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना तथा समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन संघको आग्रह छ । साथै, आम सर्वसाधारणलाई भ्रमित पार्ने, गलत सूचना र आपत्तीजनक अभिव्यक्ति दिने र सर्वसाधारणलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने मौलिक अधिकारबाट वञ्चित गराउन उत्प्रेरणा दिनेलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत संघले ध्यानाकर्षण गराएको छ । नेपाल मुद्रा विप्रेषक संघ नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनी र वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने छाता संगठन हो । २०६१ सालमा स्थापित यस संघले रेमिट्यान्स उद्योगको लागि एकीकृत आवाजको रूपमा काम गर्दछ ।

बीमक संघका अध्यक्ष क्षेत्रीले सार्वजनिक गरे १२ बुँदे प्रतिवद्धता

काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । संघको शुक्रबार साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले विभिन्न १२ बुँदे प्रतिवद्धता जनाउँदै यस्तो बताए। उनले विपन्न तथा निम्न वर्गका नागरिकहरु प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुने भएकाले बीमाको दायरामा समाहित गरि बीमा पहुँचको खाडल कम गर्न ‘जलवायु परिवर्तनको छैन सीमा, सुनिश्चित गरौँ समावेशी बीमा’ भन्ने नारालाई व्यहारमा लागू गर्न आफू क्रियाशील रहने पनि प्रतिवद्धता जनाएका हुन् । यस्तै, उनले बीमा मध्यस्थकर्ता सर्भेयर, अभिकर्ता, पुर्नबीमा दलाल र तेस्रो पक्ष सहजकर्ता०हरुको कार्यसम्पादनलाई पारदर्शी गराउने पनि बताए । यस्ता छन् अध्यक्षले जारी गरेका १२ बुँदे प्रतिवद्धताः

रिलायबल नेपाल लाइफको नाफा ५१.७० प्रतिशत बढ्यो, साढे ११ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोषको आकार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५१.७० प्रतिशत बढेर ३५ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत पुससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन २६.५९ प्रतिशत बढेर २ अर्ब २१ करोड ८७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २८.३५ प्रतिशत बढेर २ अर्ब १० करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्ममा कम्पनीले १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ४ अर्ब ८५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कुल खर्च गरेको थियो । गत वर्षको पुससम्ममा कम्पनीले २ अर्ब ४१ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १८ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँ रहेको छ । कमपनीको जीवन बीमा कोषको आकार ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषको आकार ८ अर्ब ४९ करोड २७ लाख रुपैयाँ थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँबाट बढेर १५.१० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.६६ रुपैयाँ रहेको छ ।