नेशनल लाइफले मनायो ३८ औं वार्षिकोत्सव

काठमाडौं । नेशनला लाइफ इन्स्यारेन्स कम्पनीले ३८ औं वार्षिकोत्सव मनाएकाे छ । कम्पनीको ३८ औं वार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त गरे । उनले मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग सहित त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा  कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शारीरिक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए । बुढानिलकण्ठस्थित होटल लेमन ट्रिमा मनोरञ्जानात्मक प्रस्तुती सहित सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति २०८१/११/१५ देखि २०८२/२/१३ गते सम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए । उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् ।  साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।