प्राइम लाइफ इन्स्योरेन्सले साढे १२ प्रतिशत बोनश शेयर बाड‍्ने

काठमडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरणहरु पारित गरिएको छ । जसमा आर्थिक वर्षहरुको मुनाफाबाट हकप्रद शेयर निष्काशन पश्चात हुने चुक्ता पूँजी रू १ अर्ब ५८ करोड ६५ लाख २० हजारको १२ दशमलब ५ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर बितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ हुने बताइएको छ । साधारण सभाबाट संस्थापक शेयरधनीकोतर्फबाट एकजना महिला सञ्चालकको नियूक्ती भएको छ । उक्त इन्स्योरेन्स कम्पनीले देशभरका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराई रहेको जनाएको छ । आगामी बर्ष त्यसलाई बढाएर कम्तिमा पनि १३५ स्थानबाट सेवा प्रवाह गर्ने कम्पनीको भनाइ छ । साधारणसभामा कम्पनीको हालसम्मको वित्तीय अवस्था, जीवनवीमा क्षेत्रमा गरेको उपलब्धी लागयतको लसम्बन्धमा जानकारी गराएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १६९९ रुपैयाँ रहेको थियो ।

स्पर्स लघुवित्तको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २ करोड ४० लाख सेयर जारी गर्दै

काठमाडौं । स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) सर्वसाधारणमा निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धि सम्झौतापत्रमा स्पर्स लघुवित्तका तर्फबाट सजल खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । हाल वित्तीय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको पूँजी ८ करोड रुपैयाँ पुग्ने छ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।