ग्लोबल आइएमईको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा अब सेवा शुल्क नलाग्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजाक्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ्ग तथा सपिङ्ग गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । साथै बैंकले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न लागेको छ ।

गुराँस लाइफले हकप्रद सेयर निष्काशन गर्ने, एनएमबी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीको २०७५ चैत २१ गते सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्तापुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्तापुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरी सकिएको कम्पनीले जनाएको छ ।

एक्कै दिन प्रभु बैंकको दुई नयाँशाखा विस्तार

काठमाडौं । प्रभु बैंकले एक्कै दिन दुई नयाँ शाखा कार्यालयको विस्तार भएके छ । डोल्पा जिल्लाको शे -फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखाकार्यालयको रुपमा डुम्रे शाखाकार्यालय गरी सञ्चालनमा आएका हुन् । शे–फोकसुण्डो शाखाकार्यालयको उद्घाटन उक्त गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङ्गले भएका हुन् । त्यसैगरी डुम्रे शाखा कार्यालयको उद्घाट्न बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले गरेका हुन् । बैंकको शे–फोकसुण्डो शाखाकार्यालयको उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष टसितुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ । यातायात, सञ्चार तथा विद्यूतआपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्गसेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीयकार्य गरेको बताए । त्यस्तै बैंकको डुम्रे शाखाकार्यालयको उद्घाट्न गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि पुर्णसिंह थापाले मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँ गाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए । भर्खरै सञ्चालमा आएका शे–फोकसुण्डो तथा डुम्रे शाखाकार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ्ग सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्ने बैंकले विश्वास लिएको छ । साथै शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलिसकेको र सञ्चालनमा रहेको व्यहोरा बैंकले दिएको छ ।