बीमा व्यवसायमा सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । उक्त स्वरुप आन्तरिक राजस्व विभागले कम्पनीलाई कदर स्वरुप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन हौसला मिलेको बताएका छन् । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड र लगानी ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा ९ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीमा स्वेदेशी तथा विदेशी गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका इन्स्योरेन्सले जानकारी दिएको छ ।
सबैभन्दा बढी नाफामुलक व्यवसाय गर्नेमा आईएमई लाइफ इन्स्योरेन्स, पायो सम्मान पत्र
काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफामुलक व्यवसाय गरेको छ । इन्स्योरेन्सले पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मानपत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सलाई प्रदान गरेको हो । इन्स्योरेन्सले ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, कम्पनीले घातक रोग विरूद्ध उपचार खर्च, लघुवीमा, सामुहिक बीमा लगायत बीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं बीमितको चाहना अनुरुप लाभदायक बीमा योजनाहरू प्रस्तुत गर्ने बताएको छ । साथै, कम्पनीले थप शाखा तथा उपशाखा कार्यालयहरू मार्फत सेवा विस्तार गरि जीवन बीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।
ज्योति विकास बैंक र जेएमई रेमिटबीच रेमिट सेवा सम्बन्धि सम्झौता
काठमाडाैं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ। आइतबार मङसिर १ गते ज्योति विकास बैंक र जेएमई रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका हुन् । जेएमई रेमिटले स्थापना काल देखिनै जापानबाट गुणस्तरिय रेमिट सेवाप्रदान गर्दै आएको छ। यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिने छ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२वटा शाखाबाट जेएमई रेमिटको देश/ विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ। हाल ज्योति विकास बैंकले १०२शाखा कार्यालय, १एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्रनै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवाप्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट ३० अर्ब रूपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई २६ अर्व रूपैयाँभन्दा बढि लगानी गर्न सफल भएको छ ।