सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबीच सेवासम्बन्धि सहकार्य

काठमाडौं । सिटिजन्स बैंक र बसुन्धरामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिटर प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । “योर पार्टनर फर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

युवालाई सहुलियतपूर्ण कर्जा दिन तीन बैंक सहमत, अर्थमन्त्री भन्छन्-‘ग्राहकलाई सानो भनेर नहेप’

काठमाडाैं । युवाहरुलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिन तीन बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकले युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका हुन् । उनीहरुले नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलसँग राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकरी अधिकृत किरण कुमार कार्की, नेपाल बैंकका सिइओ कृष्ण बहादुर अधिकारी र कृषि बिकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि सरकारले गत वर्ष ल्याएको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेपछि परिषदले पुनः कार्यबिधि शंशोधनको माग गरेको थियो । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाक लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि संशोधन भएसँगै कार्यक्रम प्रभावकारी बनाउन परिषदले कदम चालेको बताइएको छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न सरकारले गत वर्ष युवा सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणा गरेको थियो । अब यि तीन बैंकले कार्यविधिमा उल्लेख भएका नौ प्रकारका कर्जा लक्षित समुदायलाई प्रवाह गर्ने बताइएको छ । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन परिषदले एनएमबी बैंकको सहकार्यमा युवाहरुलाई साक्षरताको तालिम र परामर्श प्रदान गर्ने बताइएको छ । ग्राहकलाई सानो ठुलो भनेर विभेद गर्नु हुदैन : अर्थमन्त्री खतिवडा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले बैंकहरुले ग्राहकलाई सानो ठुलो भनेर विभेद गर्न नहुने बताएका छन् । उनले कर्जा लिने ग्राहकहरुको स्तर हेरेर विभेद गर्न नहुने बताएका हुन् । उनले बैंकहरुले त्यस्तो विभेद गरे मन्त्रालयको हट इमेलमा सम्पर्क गरे तत्कालै बैंकलाई कारबाही गर्ने समेत बताए । ‘यो सहुलियतपूर्ण कर्जा सम्झौता कार्यक्रममा म पनि साक्षी छु’ उनले भने यो पुरा गर्नु मेरो पनि दायित्व हुन्छ, कर्जा विभेद मात्र होइन बैंकहरुले सहुलियतपूर्ण कर्जा नदिएपनि कारबाही गर्नेछु ।’ उनले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउन बैंकहरुको महत्वपूर्ण भूमिका हुने भएकोले सहुलियतपूर्ण कर्जा दिन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार ३ सय १४ जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरेको बताए । राष्ट्रिय वाणिज्य बैंक सधैं युवाको पक्षमा भएको समेत उनको भनाइ छ । यस्तै नेपाल बैंकका सीइओ अनिल कुमार उपाध्यायले पनि कृषि बैंकले ७ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए । उनले बैंकहरुले उत्पादन क्षेत्रमा लगानी गर्नु सकरात्मक भएको बताए ।  नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारीलेले पनि नेपाल बैंकले ३ हजार युवालाई ३ अर्ब ३१ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए ।

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम संचालन गरिएको हो । उक्त कार्यक्रममा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।