कामना सेवाको ६ वटा नयाँ शाखा एकैसाथ सञ्चालनमा
काठमाडौं । कामना सेवाविकास बैंकले गतहप्ता मात्र ६ वटा नयाँशाखा विस्तार गरेको छ । काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल६ वटा नयाँशाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले व्यवसायविस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहतशाखा सञ्जालमार्फत ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय १४ वटा शाखा तथा ६० वटा एटिएममार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस्, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।
काठमाडौंस्थित बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टर
काठमाडौं । काठमाडौं बाँसबारी हिमालयन बैंकको नयाँ काउन्टरको विस्तार गरेको छ । काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा शुरु गरेको हो । उक्त विस्तारित काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे । उक्त समारोहमा महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर शाहा, बैंकका तथा अस्पातालका कर्मचारीहरुको उपस्थिति थियो । उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ ।
अर्घाखाँचीको देउरालीमा एनआईसी एशिया बैंकको शाखारहित सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले अर्घाखाँचीको देउरालीमा एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरिएको छ । गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा आफन्नाे ४५औं शाखारहित बैंकिङ्ग सेवा पौष ११ गतेबाट संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाखर पाण्डेको उपस्थितिमा भएको थियो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ । शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, ९८ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।