इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता
जेएससि एमएफआइ इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइ रेमिटका प्रबन्धक दिवाकर पौडेल र जेएससि एमएफआइ इन्टल एक्सप्रेसका प्रमुख निर्देशक डेभिड तवर्तकिलाजले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सोमबारदेखि लागु हुनेगरी इन्टल एक्सप्रेसमार्फत विश्व भरिबाट पठाएको रकम जिएमइ रेमिटको ८ हजार भन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ । हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगायत खाँडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै
रसुवा । रसुवा जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोबार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ । ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट एक, माछापुच्छ्रे एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा जिल्लामा कारोवार गरिरहेका छन् । यसैगरी अन्य बैंकमा आइसीएफसी फाइनान्स एक, प्राइम एक, लुम्बिनी विकास एक, ज्योति विकास एक, हिमालयन एक, मेगा एक, सिद्धार्थ एक, एनआइसी एक समेतका बैंक शाखा स्थापना भइसकेका छन् । नेपाल बैंक, कृषि विकास र पछिल्लो समय खोलिएको राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्रामीण भेकमा भने कुमारीले आमाछोदिङ्मो गाउँ पालिकाको चिलिमे थाम्बुचेत, ग्लोबल आइएमईले नौकुण्ड गाउँ पालिकाको पारच्याङ र प्रभु बैंकले मानव बस्तीको अन्तिम विन्दु मानिने पर्यटकीय क्षेत्र लाङटाङको क्याङ्जेनमा सेवा दिइरहेका छन् । स्थापित अन्य सबै बैंक राजमार्गको सेरोफेरोलाई केन्द्रित रहेका छन् । बयालिस हजार स्थानीय बासिन्दामाझ नेपाल बैंकले बचत जम्मा तथा भुक्तानीको सेवा प्रदान गरिराखेको छ । अधिकांश बैंकको दैनिक कारोवार न्यून रहेका कारण प्रायजसो बैंकले ऋण प्रवाहतर्फ बढी केन्द्रित भई किसानलाई जग्गा जमिनको धितो जमानतमा ब्याजी ऋण दिन थालेको स्थानीयवासीले बताएका छन् । अहिले सञ्चालनमा रहेका प्राय बैंक संस्था बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसी र सीमावर्ती क्षेत्र टिमुरेमा केन्द्रित रहेका छन् । विभिन्न पेशाबाट ग्रामीण किसानको आयवृद्धि गराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितोबन्धक दिने किसानको सङ्ख्या भने ३९९ पुगेको मालपोत कार्यालयले जनाएको छ । रासस
बीमा संस्थानको समस्या सुल्झाउनु मेरो जीवनकै उल्लेख्य अवसरः अध्यक्ष चापागाईं
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईंले बीमा संस्थानको समस्या सुल्झाउनुलाई आफ्नो जीवनकै उल्लेख काममा गन्दा हुने बताएका छन् । लामो समयदेखि नियमित साधारणसभा हुन नसकेको, कम्पनीले बीमा समितिका सबै नीति निर्देशनको पालना गर्न असमर्थ भइरहेको तथा लामो समयदेखि लेखापरीक्षण नै नगरेको सन्दर्भमा अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् । अध्यक्ष चापागाईंले संस्थानको ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् । ‘मैले आफ्नो ४ वर्षे कार्यकालको सुरुवातमा बीमा संस्थानमा केही समस्या छन् भन्ने सुनेको थिए, अब मेरो कार्यकाल सकिन जम्मा १० महिना बाँकी छ तर संस्थानका समस्या भने जस्ताको त्यस्तै छन्, केही गति लिएपनि संस्थानका पूराना सबै समस्या समाधान गर्न सकिएको छैन, सबै समस्या समाधान गर्न सकेँभने सके यो मेरो जीवनकै उल्लेख्य अवसर हुने म आफैलाई लागेको छ’, बीमा समितिका अध्यक्ष चापागार्इंले भने । घातक रोग बीमा प्रोडक्ट ल्याउन पाउने संस्थानलाई नयाँ प्रोडक्ट ल्याउन रोकिरहेको समितिले घातक रोगको बीमा गराउने सम्बन्धी प्रोडक्ट ल्याउन भने दिने भएको छ । समितिले संस्थानलाई फागुन मसान्तभित्रै घातक रोगहरुको बीमा योजनालाई स्वीकृति दिने भएको छ । आगामी १० महिना भित्र बीमा संस्थानमा अड्किएका विषयलाई फुकुवा गर्ने लक्ष्य रहेको अध्यक्ष चापागाईंले जानकारी दिए । तर, यसका लागि संस्थानले नियामक निकायले तोकेका मापदण्ड र नीति नियमको पालना गर्नुपर्ने अध्यक्ष चापागाईंको भनाइ छ । संस्थानको लागि छुट्टै बीमांकी खटाइने नेपालको आफ्नै बीमांकी नहुँदा बीमा क्षेत्रले बीमांकीय मूल्याङ्कन (एक्चुरी) को लागि भारतसँग निर्भर हुनुपरेको छ । समितिले संस्थानमा रोकिएका साभारणसभा गराउँन विदेशमा एक्चुरी बढेर नेपाल फर्किएकालाई एक्चुरी गराउन दिने भएको छ । ‘हामीले भारतको बीमांकी मार्फत काम गर्दा केही ढिलाई हुँदै आएको छ, बाहिरी देशमा गएर एक्चुरी पढेर नेपाल फर्किएकाहरुलाई एक्चुरी गर्न लगाएर भएपनि संस्थानलाई साधारणसभा गर्न योग्य बनाउँने तयारी गर्दैछौं,’ अध्यक्ष चापागार्इंले भने । नेपालमा १९ वटा कम्पनीहरुले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । सरकारी लगानी पनि रहेको संस्थानले पनि जीवन बीमा व्यवसाय गर्दै आएको छ । जोखिममा आधारित पुँजी लागू गरिने नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको लागि अहिलेको नियामकले तोकेअनुसारको चुक्ता पुँजीको व्यवस्था परिवर्तन गर्न लागेको छ । यो व्यवस्था परिवर्तन गरी जोखिममा आधारित पुँजीको व्यवस्था गर्न लागिएको समितिका अध्यक्ष चापागाईंको भनाइ छ । जोखिममा आधार पुँजीको व्यवस्था लागू गर्ने अन्तिम तयारी भएको समितिले जानकारी दिएको छ । सबै स्थानीय तहमा बीमा बीमा समितिले सबै स्थानीय तहमा बीमा कम्पनी पुग्नै पर्ने प्रबन्ध गर्न लागेको छ । बीमा सचेतना कम भएकोले बीमामा समेटिएको क्षेत्र सानो भएको भन्दै समितिले सबै स्थानीय तहमा बीमा कम्पनीलाई पुर्याउन लागेको हो । सबै स्थानीय तहमा बीमा कम्पनी पुर्याउन सहज बनाउन भन्दै समितिले घुम्ती लघुबीमा कार्यक्रम संचालन गरिरहेको छ । यस्तो कार्यक्रमबाट बीमाको दायरा र सचेतना बृद्धि हुने समितिको विश्वास छ । नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउन पहल गरिरहेको छ । अब केही स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी छ । बैंकिङ क्षेत्रको नियामक निकायले सबै स्थानीय तहमा बैंक पुर्याउन पहल गरिरहेको समयमा बीमा क्षेत्रको नियामक निकायले पनि सबै स्थानीय तहमा बीमा पुर्याउन खोजेको हो ।