आइएमई भरोसा काेष: प्रदेश नं १ मा वितरण शुरु

<p>काठमाडौं । कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को प्रदेश १ मा रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान सुरु गरिएको हो । आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् [&hellip;]</p>

काठमाडौं । कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को प्रदेश १ मा रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान सुरु गरिएको हो ।

आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तर गरे । कार्यक्रमलाई सम्बोधन ग्द्र्यै अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड – १९) ले ज्यान ग्ुमाउन वाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयाेग गर्नु काेषको मुख्य उद्देश्य रहेको बताए ।

कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयाेग रकम प्रदान गरिदैँ आएको छ । प्रदेश नम्बर १ बिर्तामोड क्षेत्रबाट कूल ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग प्रदान गरेका हुन् ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरेकाे जनाएकाे छ ।

Share News