घातक रोगको उपचारवापत एनआईसी एशिया बैंकले भुक्तानी गर्यो १० लाख रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो । बैंकको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । निजलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जना भन्दा बढी ग्राहकले बीमा वापतको २ करोड ४८ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेका कम्पनीले जनाएको छ । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।
मन्जुश्री फाईनान्सले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा
काठमाडौं । मन्जुश्री फाईनान्सले क्युआर कोड भुक्तानी सेवा शुरु गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फाईनान्सले फागुन १३ गते बिहीबारबाट उक्त सेवा शुरु गरेको हो । यसै सिलशिलामा मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ बानेश्वर स्थित ‘जय बाराही ट्रेडर्स’ लाई प्रदान गरेको छ । ग्राहकको सुविधाको लागी स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी ग्राहकले आफ्नो मोबाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेकनै एक लाख रुपैयाँसम्मको भुक्तानी लिन सक्नेछन् । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोबाइल बैंकिङ्ग, एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध उपलब्ध गराउँदै आएको छ ।
एकैदिन तीन बैंकसहित एक लघुवित्तको बोनस सेयर सूचीकृत, सबैभन्दा बढी कृषि विकासको
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन १३ गते) तीन वटा वाणिज्य बैंक र एक लघुवित्तको गरी ४ कम्पनीको बोनस सेयर नेप्सेमा थपिएको हो । बोनस सेयर सूचीकृत हुनेमा कृषि विकास बैंक, मेगा बैंक नेपाल, स्ट्याण्डार्ड चाटर्ड बैंक र ग्लोबल आईएमई लघुवित्त रहेको छन् । जसमध्ये कृषि विकास बैंकको १५ प्रतिशत अर्थात एक करोड ४३ लाख ३४ हजार ६९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, मेगा बैंक नेपालको एक करोड ३३ लाख २२ हजार ६९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यसैगरी, स्ट्यार्डड चाटर्ड बैंकको पनि ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बैंकको ५६ लाख ८ हजार एक कित्ता बोनस सेयर दोश्रो बजारमा सूचीकृत भएको हो । त्यस्तै, लघुवित्त अन्तर्गतको ग्लोबल आईएमई लघुवित्तको २७.४७ प्रतिशत अर्थात ७ हजार १३ लाख ९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै, यी चारवटै कम्पनीको बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेचको लागि योग्य हुन्छ ।