कोरोना महामारीमा पनि नेपाल लाइफले सेवा दिन कुनै कसुर बाँकी राख्दैन- सीईओ प्रसाईं
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले कोरोना भाइरसको महामारीमा पनि जीवन बीमा सेवा प्रवाह गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् । कम्पनीको २१औं वार्षिकोत्सवका अवसरमा सीईओ प्रसाईले सो प्रतिवद्धता जाहेर गरेका हुन् । साथै, उनले हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स आजबाट २० वर्ष पुरा गरी २१औं स्थानमा प्रवेश गरेको हो । यो अवसरमा सीईओ प्रसाईले कम्पनीलाई यो उचाइसम्म पुर्याउनमा निरन्तर सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिएका छन् । साथै, उनले आगामी दिनमा सबैको सहयोगले सेवाग्राही तथा ग्राहकको सेवामा थप कैयौं वर्ष अनवरत रूपमा लागिरहने प्रतिवद्धता व्यक्त गरे । करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ ।
नेपाल लाइफको २१ वर्षे यात्राः एक तिहाई बजार हिस्सा ओगट्न सफल, हरेक सूचांकमा अब्बल
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनी आजबाट २१औं स्थानमा प्रवेश गरेको हो । यो अवधिमा देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीकाे दावी छ । ‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंतीमा रही निरन्तर सेवामा लागिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं’, कम्पनीले जनाएको छ । २१औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म पुर्याउनमा निरन्तर सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिएका छन् । नेपाल लाइफले समयसापेक्ष प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई-सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी १११ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ । कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ करोड रुपैयाँ, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९ अर्ब ७७ करोड रुपैयाँ तथा सर्वाधिक मृत्युदावी ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढि भुक्तानी गरिसकेको छ । कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् ।
सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई ५ लाख रुपैयाँ प्रदान
काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपालीस्याट २ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठानले सरकारी र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ । सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष नेपालीस्याट १ को निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले “ड्रिम प्रोजेक्टको” रुपमा नेतृत्व गर्दै आएका छन् । कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म “नेपालीस्याट २ विद्यालय” नामक स्याटलाइट निमार्णका लागि एउटा टिम निर्माण गर्नेछन् । जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालीस्याट २ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण/प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको छ । देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौं उपत्यका बाहिरका विपन्न तथा योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।