नेपाल इन्स्योरेन्सको खुद नाफा र बीमाशुल्क दुबैमा वृद्धि
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६.८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा १७ करोड रुपैयाँ बढी नाफा कमाएको छ । समिक्षा अवधिमा कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा ४३ करोड १ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ र बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छछ । साथै, कम्पनीले चालुु आवको पहिलो ९ महिनामा १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३५.९३ प्रतिशतले बढ्यो
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा खुद नाफामा ३३५.९३ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड २१ रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ५ करोड २७ लाख रुपैयाँ कमाउन सफल भएको हो । नाफासँगै खुद बीमाशुल्क पनि ५३.१२ प्रतिशतले बढेर ३७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उक्त शुल्क २४ करोड ७१ लाख रुपैयाँ मात्रै थियो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३९.७७ गुणा रहेको छ । त्यस्तै, इन्स्योरेन्सले यस अवधिसम्ममा १ लाख ८ हजार १०८ वटा बीमालेख जारी गरि ८७ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । साथै, कम्पनीले ३ हजार २९१ वटा दाबी बापत ४० करोड ३३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ४ हजार ६८३ वटा दाबी बापत ६९ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।
गणपति लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः एनआईबीएल एस क्यापिटल नियुक्त
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । हालै बसेको संस्थाको सञ्चालक समितिको बैठकले बैशाख २४ गतेदेखि नै लागू हुने गरी एनआईबीएल एस क्यापिटललाई सेयर रष्ट्रिारमा पुनः नियुक्त गरेको हो । यससँगै एनआईबीएल एस क्यापिटलले आगामी एक वर्षसम्म संस्थाको सेयर रजिष्ट्रारको काम गर्ने छ । त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको लाजिम्पाटस्थित एनआईबीएल एस क्यापिटलमा सम्पर्क गर्न सकिने छ ।