५३ ‌औं वर्षमा बीमा समिती, भुक्तानीलाई अझ सरल र छिटो बनाउने अध्यक्षकाे प्रतिबद्धता

काठमाडौं ।  बीमा क्षेत्रको नियामक निकाय बीमा समिती ५३ औं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा समितीका अध्यक्ष सूर्य प्रसाद सिलवालले संचालक समितीका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष सिलवालले नेपालमा रहेको बीमा व्यवसायलाई विकसित, नियमित र व्यवस्थित बनाउने उदेश्यले स्थापित संस्थाको अध्यक्षको नाताले बीमा व्यवसायलाई स्वच्छ र भरपर्दो बनाउँदै आगामी दिनमा न्युन आए भएका वर्गलाई बीमाको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै उनले कोरोनाको यस विषमा परिस्थितीमा मानव जिवनको असल साथीको रुपमा राहत प्रदान गर्ने पनि बताएका छन् ।  आगामी दिनमा बीमा भुक्तानीलाई अझ सरल, छिटो र छरितो बनाउँदै लैजाने बताए । कोरोना महामारीको कारण सरकारद्वारा जारी निषेधाज्ञाको पालना गर्दै समितीले यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

भाग्यमानी ४ जनाले पाए सीईडीबी हाइड्रोको ११ कित्ता सेयर

काठमाडाैं । सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज बैशाख ३१ गते बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान ११ बजे अनलाइन मार्फत उक्त आईपीओ बाँडफाँड गरेकाे हाे । क्यापिटलका अनुसार कूल आवेदकमध्ये रितपूर्वक आवेदन दिने  २ लाख ३४ हजार १९५ जनाले कम्पनीको सेयर हात पारेका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले २३ लाख ४१ हजार ९५४ कित्ता सेयर बाँडफाँड गरिएकाे छ । बाँकी रहेको ४ कित्ता सेयर १० कित्ताभन्दा बढी आवेदन दिने ४ जनाले थप १/१ कित्ताको दरले सेयर हात पारेका छन् । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ४ जना भाग्यमानीले ११ कित्ता सेयर हात पारेका छन् । संस्थाको आईपीओमा १७ लाख ३३ हजार ९ सय ४९ जनाले आवेदन दिएका थिए जसमध्ये १६ लाख ८५ हजार ६ सय २७ जनाको आवेदन योग्य भएको थियो ।  जसमध्ये ४ हजार ४४२ जनाको आवेदनहरु रद्ध भएको छ । त्यस्तै, कूल आवेदकमध्ये १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भएको क्यापिटलले जनाएकाे छ । कम्पनीले गत बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा २३ लाख ४१ हजार ९५४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारण तर्फबाट १०.५२ गुणा बढी आवेदन परेकाे थियाे । कुल २५ लाख १८ हजार २३० कित्ता सेयरमध्ये संस्थाले म्युचुअल फण्डलाई १ लाख २५ हजार ९११ कित्ता र कर्मचारीलाई ५० हजार ३६५ कित्ता सेयर छुट्याइएकाे थियाे । र, बाँकी रहेकाे २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । आवेदकले उक्त आईपीओको रिजल्ट मेरो सेयर र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेभसाइटबाट हेर्न पाउनेछन् ।  

सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँड भोलि, २ लाख ३४ हजार बढीले सेयर पाउने

काठमाडौं । सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को भाेलि बैशाख ३१ गते बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आईपीओ बाँडफाँड भाेलि (बैशाख ३१ गते) बिहान ११ बजे अनलाइन मार्फत हुने भएकाे हाे । क्यापिटलका अनुसार कूल आवेदकमध्ये रितपूर्वक आवेदन दिने  २ लाख ३४ हजार १९५ जनाले कम्पनीको सेयर हात पार्ने भएका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले २३ लाख ४१ हजार ९५४ कित्ता सेयर बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणमा २३ लाख ४१ हजार ९५४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारण तर्फबाट १०.५२ गुणा बढी आवेदन परेकाे थियाे । सेयरमा परेको कूल आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाले २ करोड ४६ लाख ५७ हजार ३५ कित्ता सेयरको लागि दिएको आवेदन योग्य रहेको छ भने १६ लाख ३७ हजार ६५९ कित्ता सेयरका लागि ४८ हजार ३२२ जनाले दिएका आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीले गत बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा २३ लाख ४१ हजार ९५४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारण तर्फबाट १०.५२ गुणा बढी आवेदन परेकाे थियाे । कुल २५ लाख १८ हजार २३० कित्ता सेयरमध्ये संस्थाले म्युचुअल फण्डलाई १ लाख २५ हजार ९११ कित्ता र कर्मचारीलाई ५० हजार ३६५ कित्ता सेयर छुट्याइएकाे थियाे । र, बाँकी रहेकाे २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । (सच्याईएको)