जीवन विकासको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा भोलि(असार १५ गते) सम्म आवेदन दिन पाइने छ । इन्छुकले भोलि अपरान्ह ५ बजेसम्म उक्त आईपीओ आवेदन दिन पाउने छन् । यससँगै हालसम्ममा उक्त आईपीओमा १७ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आज(असार १४ गते) बिहान १०ः४० बजेसम्ममा १७ लाख २ हजार २७९ जनाले २ करोड ५७ लाख ८६ हजार कित्ता सेयर माग गरिसकेका छन् । जुन संस्थाले सर्वधारणमा माग गरेको भन्दा १३.४५ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा मात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । थप सामाग्री जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव
बीमाशुल्क आर्जनमा शिखरको अग्रता कायमै, सगरमाथालाई पछ्याउँदै नेको (कसको कति ?)
काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका निर्जीवन बीमा कम्पनीले गत ११ महिनामा साढे २३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये १९ वटाले गत जेठ मसान्तसम्म २३ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य १९ वटा कम्पनीले २४ लाख ६४ हजार ९१३ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क उठाउन सफल भएका छन् । जसमध्ये शिखर इन्स्योरेन्सकाे अग्रता कायमै रहेकाे छ । यसअघि पनि अन्य निर्जीवन बीमालाई पछि पार्दै अघि बढिरहेकाे शिखर इन्स्योरेन्स याे पटक पनि अग्रस्थानमै रहन सफल भएकाे छ । समितिकाे अनुसार शिखरले समिक्षा अवधिमा सर्वाधिक अर्थात ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेकाे छ ।बीमालेखसँगै बीमालेख जारी गर्नेको संख्याको आधारमा पनि कम्पनी अग्रस्थानमा नै रहेको छ । कम्पनीले हालसम्म कूल २ लाख ४१ हजार ६७६ वटा बीमालेख जारी गरेको समितिले जनाएको छ । त्यस्तै, समितिको तथ्यांक अनुसार सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको दोश्रो र तेश्रोमा क्रमशः सगरमाथा र नेको इन्स्योरेन्स रहेका छन् । जसमध्ये सगरमाथाले २ अर्ब २६ करोड रुपैयाँ र नेकोले २ अर्ब २० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । तर जारी बीमालेख जारी गर्ने संख्याको आधारमा भने नेकोले सगरमाथालाई उछिनेको छ । त्यस्तै, सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको चौथो स्थान तथा २ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिमा इन्स्योरेन्सले एक लाख ९८ हजार ८१५ वटा बीमालेख जारी गरी २ अर्ब २ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ । कुनकाे कति ? सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेको सूचीमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले पछिल्लो ११ महिना अर्थात गत जेठ मसान्तसम्म ५६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ६२ हजार ४३८ वटा बीमालेख जारी गरी सोमात्राको प्रिमियम उठाएको हो । त्यसैगरी, सानिमा जनरलपछि कम बीमालेख संकलन गर्नेमा जनरल इन्स्योरेन्स दोश्रो, नेशलन इन्स्योरेन्स तेश्रो, एभरेष्ट इन्स्योरेन्स चौथो र यूनाईटेड इन्स्योरेन्स पाँचौं स्थानमा रहेका छन् । साथै, बीमालेख जारीको गर्नेको आधारमा पनि शिखर नै पहिलो रहेकाे छ । त्यस्तै, दोश्रोमा नेको, सगरमाथा तेश्रो, एनएलजी चौथो र पाचौं स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहेका समितिले जनाएकाे छ । उता राष्ट्रिय बीमा कम्पनीको भने हालसम्म विवरण प्राप्त नभएको बीमा समितिले जानकारी गराएको छ ।
जीवन विकास लघुवित्तको आईपीओमा २ करोड बढीको आवेदन, कतिले भरे ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा तीन दिनमै १२ गुणा बढी आवेदन परेको छ । आज(तेश्रो दिन) बेलुकी साढे ५ बजेसम्म सर्वसाधारमा माग गरेको भन्दा १२.६० गुणा बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार यो अवधिसम्ममा १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ता सेयर माग गरेका छन् । जबकी संस्थाले सर्वसाधारणमा मात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ । आज बिहान साढे १० बजेसम्ममा माात्रै १३ लाख १५ हजार ३१० जनाले संस्थाको सेयर माग गरिसकेका थिए । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । थप सामाग्री जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव