२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार (पूर्णपाठ)
काठमाडौं । सरकारले बजेटको आकार संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रकममध्येबाट २ खर्ब ४४ अर्बले घटाईएको बताएका हुन् । आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाईएको बताएका हुन् । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३ करोड रुपैयाँ अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ । १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेको छ । जसमा अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड ३ लाख रुपैयाँ, वैदेशिक ऋणबाट दुई खर्ब ४२ खर्ब २६ करोड रुपैयाँ र दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण गरी कुल चार खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने उल्लेख गरेको थियो । [pdf id=387873]
लघुवित्तको उच्च ब्याजदरले व्यवसायीले आत्महत्या गर्न थाले : सासंद भण्डारी
काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले लघुवित्तको उच्च ब्याजदरले व्यवसायीले आत्महत्या गर्न थालेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लघुवित्तको उच्च ब्याजदरको कारण व्यवसायीहरुले आत्महत्या गर्न थालेको बताएका हुन् । उनले लघुवित्तकै कारण हालसम्म ४० जनाले आत्महत्या गर्नु परेको बताएका छन् ।
सर्वाधिक नाफा कमाउने नेपाल लाइफलाई पछ्याउँदै सन नेपाल, तेश्रोमा सूर्यज्योति
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ३ अर्ब १० करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । जुन गत वर्षको तुलनामा १७४.१३ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७८ को पुस मसान्तसम्ममा १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका थिए । कम्पनीहरुले सार्वजनिक गरेका दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालित १८ वटै कम्पनीहरु नाफामै छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने कम्पनीको सूचीमा अग्रस्थानमै छ । कम्पनीले समीक्षा अवधिमा नाफामा २३७.९८ प्रतिशत वृद्धि गरी ४४ करोड १० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, नेपाल लाइफलाई पछ्याउँदै सन नेपाल लाइफ सबैभन्दा बढी नाफा कमाउने कम्पनीको दोश्रो स्थानमा पर्न सफल भएको छ । कम्पनीले ६ महिनाको अवधिमा ३५ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । गत वर्ष ८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ३४०.९० प्रतिशतले बढाएको छ । र, प्रतिशतको आधारमा कम्पनी नाफा वृद्धिमा अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी आक्रामक देखिएको छ । त्यसैगरी, साविकको सूर्या लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स पनि नाफामा आक्रामक नै देखिएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्सले २८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, रिलायन्स लाइफ र प्रभु लाइफले एक वर्षको अवधिमा शतप्रतिशतभन्दा नाफा कमाएका छन् । रिलायन्सले ११९.३५ प्रतिशत र प्रभु लाइफले १०७.१९ प्रतिशत बढी नाफा आर्जन गरेको देखिएको छ । समीक्षा अवधिमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा कम प्रतिशत अर्थात ०.२५ प्रतिशतले बढेको छ । गत वर्ष १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको प्रभु लाइफले चालु आवको पुससम्ममा १७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । रकमको आधारमा सबैभन्दा कम नाफा आर्जन गर्नेको सूचीमा राष्ट्रिय बीमा संस्थान छ । सरकारी स्वामित्व रहेको यो कम्पनीले साउनदेखि पुससम्ममा १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको भन्दा १९.५३ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा बीमा संस्थानले ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।