त्रि.वी दिक्षान्तको अनलाईन आवेदन फर्म भर्ने भोली अन्तिम दिन
काठमाडौं। त्रि.वी को चवालिसौं दिक्षान्त समारोहमा सहभागीताको लागि अनलाईन आवेदन फर्म भर्ने मिती २०७५ साल कात्तिक ७ गते सम्म कायम गरिएकोमा विजय दशमीको लामो बिदाको कारणले गर्दा उक्त अवधी २०७५ साल कात्तिक १५ गते सम्म बढाएको छ। उपत्यका बाहिरका विद्यार्थीको सहजताको लागि त्रि.वी ले यस बर्ष देखी अनलाईन फार्म शुरु गरेको हो।
कतै तपाईंको पढ्ने शैली गलत त भईरहेको छैन ?
काठमाडौं ।परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ। परिक्षालाईप्राय धेरै जसोले बोझको रुपमा लिने गर्छन्। त्यस्तै परिक्षा पछिको प्रतिफलको पनि उनीहरुलाई धेरै चिन्ताकाे विषय हाे । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुुनसुुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुुपर्छ जसले उनीहरूलाई परीक्षामा आनन्द प्रदान गर्नुुको साथै सोचेजस्तै नतिजा ल्याउन समेत मद्दत गर्दछ । अध्ययनका लागि पर्याप्त समय परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परीक्षा आउनुुभन्दा अन्तिम एक मिनेट पनि निकै महत्वपूर्ण हुुन्छ । त्यसैले विद्यार्थीले सबैभन्दा पहिला आफूले दिनुुपर्ने परीक्षा कतिवटा छन् र ती परीक्षामध्ये कुुन विषयलाई कति समय दिने भन्ने योजना विद्यार्थीले पहिले नै बनाउनुुपर्छ । कहिलेकाँही कुुनै विषयलाई धेरै समय र कुुनैलाई थोरै समय पनि दिनुुपर्ने हुुन्छ । यसको हिसाब, तयारीको योजना बनाउने बेलामा गर्नुुपर्छ । यसो गर्नाले विद्यार्थीलाई आनन्द प्रदान गर्नुुका साथै सोचेजस्तो नतिजासमेत प्रदान गर्दछ । अध्ययन कक्षमा पर्याप्त स्थान परीक्षाको तयारीका लागि होस् वा अन्य जुुनसुुकै विषय अध्ययन गर्न बसेका विद्यार्थीका लागि पनि अध्ययन कक्ष पर्याप्त हुुनुुपर्छ । अध्ययनका क्रममा विद्यार्थीले आवश्यकता अनुुसार प्रशस्त किताब र कापी प्रयोग गर्नुुपर्ने हुुन्छ । प्रयोगका क्रममा यी सामग्रीहरू यताउती छरिन्छन् । यो सामान्य कुुरा हो । यसका लागि पर्याप्त स्थान चाहिन्छ । अध्ययन कक्षमा कम्प्युुटर, बत्ती, कुुर्सी आदि सामग्रीलाई सजिलो हुुनेगरी राख्नुुपर्छ । कोही विद्यार्थी अध्ययनका क्रममा गीतसंगीत बजाउने बानी परेका हुुन्छन् । कुुनै विद्यार्थी अत्यन्त शान्त भएर बस्ने हुुन्छन् । चार्ट र डायग्रामको प्रयोग कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पुर्याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतारेर राख्नुुपर्छ । जसलाई आफूले चाहेको र सम्झन खाजेको अवस्थामा सहजै हेर्न सकियोस् । पुुराना प्रश्नपत्रको अध्ययन परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसो गर्दा परीक्षाको कस्तो फरम्याटमा आउँछ ? उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरू बढी महत्वपूर्ण हुुन्छन् भन्ने जान्न सहज हुुन्छ । कस्तो प्रश्नलाई कति समय दिएर लेख्ने भन्ने जान्न पनि यसले सहयोग पुर्याउँदछ । आफूले जानको कुुरालाई साथीभाइलाई भन्ने भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरूलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथी, दाजुुभाइ, दिदीबहिनी वा आमाबाबुुलाई नै भने पनि आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ । समूहगत अध्ययन गर्ने परीक्षा तयारी गर्दा साथीभाइसँग पर्याप्त भेटघाट गर्नुुपर्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले अन्य साथीलाई सोध्न सकिन्छ । यसो गर्दा पनि पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीबाट नयाँ जानकारी पाउन पनि सकिन्छ । नियमित ब्रेक लिने कुुनै मानिस म्याराथनको तयारीमा लागेको छ भने उसले २४ घन्टा नै दौडन सक्दैन र दौडनुु पनि हुुँदैन । यसैगरी, परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु पनि हुुँदैन । परीक्षा आयो भन्दैमा दिनरात नभनी पढाइमा मात्र केन्द्रित हुुनुुहुुँदैन । नियमित रूपमा ब्रेक लिनुुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ । यसबाहेक उनीहरूले नियमित पानी पिउने, हलुुका खानेकुुरा खाने गर्नुुपर्छ ।
कक्षा ११ नतिजा लापरवाहीको छानविन गर्न समिति गठन, तथ्य आउनेमा शंका
काठमाडौं। कक्षा ११ को नतिजामा लापरवाही भएको गुनासो आएको दुई साता पछि बल्ल राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति गठन गरेर अनुसन्धान शुरु गरेको छ । बोर्डका सदस्य युवराज पराजुलीको संयोजकत्वमा गत शुक्रबार गठित ५ सदस्यीय उक्त समितिलाई १५ दिने म्याद दिईएको छ । मुख्यतया विज्ञान संकाय अन्र्तगत केमेष्ट्रि, फिजिक्स र गणितमा विद्यार्थीले प्राप्त गरेको ग्रेड अपत्यारिलो भन्दै पोखरा स्थित बोर्डको शाखा कार्यालय मातहतका १० जिल्लाका विद्यार्थी अभिभावक र शिक्षकहरुले नतिजामा लापरवाही भएको भन्दै प्रदर्शन समेत गरेका थिए । उनीहरुले छानविनको माग गरेका थिए । तर, बोर्ड भित्रैबाट बनेको समितिले गरेको छानविनले तथ्य पत्ता लगाउन नसक्ने भन्दै शंका गरिएको छ । उक्त समितिको सदस्य सचिवको जिम्मेवारी उपनियन्त्रक कृष्ण घिमिरेलाई दिईएको छ । ‘गल्ति गर्ने निकायकै ब्यक्तिहरुबाट हुने छानविनले आफ्नै गल्तिको तथ्य सार्वजनिक गर्ला भनेर पत्याउने आधार देखिदैंन’ पोखरा स्थित एक विद्यालयका प्रधानाध्यापकले भने ‘लापरवाहीको छानविन गर्न समिति बेनेको थाह पायौंं, उक्त समितिले के कस्तो विधि अपनाउँदो रहेछ हामी ध्यानपूर्वक हेरिरहेका छौं ।’ तर, समितिलाई पर्ने ब्यवस्थापकीय कार्यमा सघाउनका लागि मात्रै बोर्डका कर्मचारीलाई जिम्मा दिएको अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दावी गरे । ‘छानविन अघि कापीहरु हेर्नु पर्यो, ती कापी कहाँ छन्, र कहाँ सुरक्षित राख्ने भन्ने कुरा थाह पाउने भनेको कर्मचारीले नै हो’ उनले दावी गरे ‘त्यसैका लागि जिम्मेवारी तोकिएको हो, समितिको छानविनमा कुनै प्रभाव पर्दैन ।’ रिटोटलिङ्का लागि परेका निवेदनकै प्रकृया अनुसार छानविन समितिले अध्ययन गर्ने र आवश्यक परेमा कापी समेत हेरेर तथ्य पत्ता लगाउने पौडेलले बताए । ‘बोर्डमा सूचीकृत रहेका विषय विज्ञहरुनै उक्त छानविन समितिमा रहेका छन्, त्यसैले आवशयक परेमा कापी नै परीक्षण हुन सक्छ’ उनले भने । समितिमा धेरै गुनासो आएका विषयका विज्ञहरुलाई राखिएको जनाए पनि पौडेलले अरु सदस्यको नाम भने सार्वजनिक गर्न चाहेनन् । उक्त समितिका संयोजक पराजुली पोखरा स्थित एक निजी विद्यालयका सञ्चालक हुन् । उनलाई पूर्व शिक्षा मन्त्री धनिराम पौडेलले बोर्ड सदस्य नियुक्त गरेका थिए । संस्थागत रुपमै विभिन्न ठाउँबाट निवेदन परेको आधारमा समितिले छानविन गर्ने काम शुरु गरेको बताउदै पराजुलीले परीक्षाको विश्वसनीयता कायम राख्न र के भएको हो भन्ने यकिन पत्ता लगाउन आफूहरु लागि सकेको प्रतिकृया दिए । विद्यार्थीको कापी नै पुन परीक्षण गर्ने हो वा रिटोटलिङ्कै प्रकृया अनुसार गर्ने हो भन्ने बारेमा अहिले बताउन नमिल्ने पराजुलीले उल्लेख गरे । ‘पोखरा मात्रै हैन, बुटवल, विराटनगर जस्ता देशका धेरै ठाउँबाट संस्थागत रुपमै पनि निवेदन आएको छ, अहिले हामी तिनै निवेदनका आधारमा प्रारम्भिक रुपमा हेर्दै छौं’ उनले भने ‘विद्यार्थीलाई साँच्चै मर्का परेको हो हैन भन्ने कुरा अध्ययन पछि मात्र थाह हुन्छ अहिल्यै सदस्यको नाम, अनुसन्धानको विधि र प्रकृयाका बारेमा भन्न मिल्दैन ।’ गत बैशाख ८ गते देखि शुरु परीक्षा अन्र्तगत कापी परीक्षणको प्रकृया शुरु हुँदै गर्दा असार ८ गते तत्कालिन नियन्त्रक डम्बर बतासलाई हटाएर बोर्डले कृष्ण प्रसाद शर्मालाई नियन्त्रकको जिम्मेवारी दिएको थियो । परीक्षाफल प्रकाशनका आन्तरिक कार्य जारी रहेका बेला नियन्त्रक परिवर्तन गर्दा नतिजामा समस्या हुन सक्ने भन्दै त्यति बेलै बोर्ड भित्र उठेको आवाज वेवास्ता गर्दै शर्मालाई नियन्त्रक बनाईएको थियो । परीक्षाफल चाँडै प्रकाशन गरेर प्रभावकारी कार्य सम्पादन गरेको देखाउने हतारोमा परीक्षणमा लापरवाही भएको शंका पनि गरिएको छ । परीक्षणलाई अनुगमन गर्न गरिने सम्परीक्षणको कार्यमा समेत हतार गर्दा नतिजामा गुनासो आएको अड्कल काटिएको छ । कक्षा ११ को परीक्षाफल गत असोज २० गते सार्वजनिक भएको थियो । श्रोत – एड्युखबर