आइआइएम एस कलेजद्धारा दशै कार्निभल आयोजना

काठमाडाैं । आइआइएम एस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दशै कार्निभल यस वर्ष राष्ट्रिय स्तरमा दशै कार्निभल तथा नेपाल फुड फेस्टिभलको रुपमा ‘यूनाईटिङ नेपाल थ्रु अ प्लेट’ को नाराका साथ सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरोञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको आकार्षण थियो । कार्यक्रमको थप आकर्षण विभिन्न सञ्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतिहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातीहरुका सस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल र्याप वाल्क गरेका थिए । कार्यक्रमको अन्ततिर विशेष प्रस्तुतिका रुपमा केन्जल एण्ड व्याण्ड तथामंकी टेम्पल व्याण्डको वेजोड प्रस्तुतिहरुले ठूलो संख्यामा विहानै देखि उपस्थिति भिडलाई थप उर्जा दिदै सांगितिक माहोललाई नय ाँउचाईमा पु¥याएको थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सभासद रामविर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममाउपस्थितदर्शककाअनुसार उक्तकार्यक्रम परम्परा र आधुनिकताको एक सफल सम्मीश्र्रण रहेको वताएका थिए ।

भक्तपुरको ख्वप कलेजमा सबैभन्दा कम शुल्कमा बिबिएम

काठमाडौं। भक्तपुरमै पहिलो पटक ख्वप कलेज देकोचा भक्तपुरले सवैभन्दा कम शुल्कमा बीबीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट) को पढाई सुरु गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तगर्तका आंगिक (सरकारी) र सम्वन्धन प्राप्त (निजी तथा सामुदायिक) कलेजहरुमध्ये सवैभन्दा कम शुल्कमा बीबीएमको पढाई सुरु गर्न लागेको हो । कलेजले सार्वजनिक गरे अनुसार बीबीएम कार्यक्रमका लागि आठ सेमेष्टरमा कुल तीन लाख ४७ हजार शुल्क लाग्ने सार्वजनिक गरेको छ । कलेजका प्राचार्य रुपक जोशीले यो शुल्क काठमाडौं उपत्यकामै सवैभन्दा कम रहेको पाइएको जानकारी दिए । ‘हामीले बुझेअनुसार यो काठमाडौं उपत्यकामै सवैभन्दा कम शुल्क हो, प्राचार्य जोशीले भने, ‘हामीलाई लाग्छ, यो देशकै सवैभन्दा कम पनि हो ।’ नाफा नलिने उद्देश्यका साथ सञ्चालित भएकोले कम शुल्कमै पढाउन आफूहरु सक्षम रहेको प्राचार्य जोशीले जनाए । ‘हामीलाई सञ्चालन खर्च मात्रै उठे पुग्छ, नाफा चाहिंदैन, प्राचार्य जोशीले थपे, ‘फेरि हामीलाई बीबीएमको कार्यक्रम सञ्चालन गर्न थप भौतिक संरचना पनि आवश्यक भएन, कलेजको पहिलाकै भौतिक संरचनाबाट काम चलाउन सकिन्छ ।’ बीबीएम कार्यक्रमका लागि थप भौतिक संरचना बनाइराख्न नपरी लगानी नपर्ने भएकाले त्यसको मूल्य पनि विद्यार्थीले व्यहोर्नु नपर्ने भएको उनको भनाई छ । कलेज भक्तपुर नगरपालिकाबाट सञ्चालित छ । नगरपालिकाबाट सञ्चालित भएकोले सम्पूर्ण भौतिक संरचना नगरपालिका आफैंले नै गरिदिन्छ । कलेजले सञ्चालन खर्चका लागि मात्रै विद्यार्थीसँंग शुल्क उठाउँंछ । कम शुल्कमै गुणस्तरीय शिक्षा दिने नीति अनुसार आफूहरुले पढाई गरिरहेको कलेजले जनाएको छ । विभिन्न वर्षहरुमा कलेजका विद्यार्थी त्रिभुवन विश्वविद्यालय टपर तथा गोल्ड मेडलिष्ट पनि भइसकेका छन् । कलेजले बीएस्सी सीएसआइटीलाई पनि प्रस्तावित कार्यक्रमको सूचिमा छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजले भक्तपुरमा जिल्लामै पहिलो पटक वीवीएमको पढाई सुरु गर्न लागेको हो । कक्षा भने दसैं पछाडिबाट मात्रै सुरु हुने कलेजले जनाएको छ । कक्षा सञ्चालनका लागि कलेजले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यालयबाट सम्वन्धन (स्वीकृति) प्राप्त गसिरकेको छ । स्वीकृति प्राप्त गरसँंगै यो वर्षदेखि बीबीएमको पढाईका लागि भर्ना लिएको हो । यसअघि नै सम्वन्धन शुल्कका लागि आवश्यक १५ लाख रुपैयाँं कलेजले तिरिसककेको छ ।

दाङको सहकारीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने

काठमाडौं। सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए। शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरेको उनले बताए। सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने उनको भनाइ छ । सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई रु २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तिर्णलाई रु ५० हजार, स्नातक तह उत्तिर्ण गरेकालाई रु तीन लाख तथा स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई रु पाँच लाखसम्म कर्जा दिने भएको छ । सो कर्जा दिनका लागि सहकारीले रु ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताए ।