सेञ्चुरी बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
नेपाल पुनर्बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्सबीच पुनर्बीमा सम्झौता
काठमाडौँ । नेपाल पुन र्बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच पुनर्बीमा सम्झौता भएको छ । कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता गरेको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा दार्चुलाको खलङ्गामा बीमा जागरण
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा दार्चुलाको खलङ्गामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्ध कमलराज गौतमको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीहरुमा दार्चुलाका जिल्ला न्यायधीस गिरीराज गौतम थिए । प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्य, नेपाली सेनाका गुल्मपती दुर्गा रावल, सशस्त्र प्रहरीका निमित्त गुल्मपती ईश्वरीदत्त भट्ट लगायत स्थानीय समाजसेवी, पत्रकार, उपस्थिती रहेको थियो । खलङ्गाको खुला मञ्चमा भएको बीमा जागरण कार्यक्रममा दार्चुलाका जिल्ला न्यायधीस गौतमले मन्तब्य दिनुका साथै महा प्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।