एभरेष्ट इन्स्योरेन्स र नर्भिक इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिहं र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ कियर स्वास्थ्य बीमा लेख लिनु भएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा पाउने भएका छन् ।
सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सवीच बीमा सेवा सम्झौता
काठमाडौं । सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सका नायब प्रमुख कायर्कारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिएका थिए ।
सन् नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा जागरण तथा दाबी रकम भुक्तानी
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा धनगढी कार्यक्रमबीच बीमा जागरण तथा मृत्यु दाबी रकम भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा बीमित स्व. दिनेश कुवँरको श्रीमती लक्ष्मी कार्कीलाई रु १० लाख २६ चेक मार्फत प्रदान गरेका छन् । बीमित स्व. दिनेश कुवँरले ४० हजार ०१८ बीमा शुल्क भुक्तानी गरि ५ लाख १३ हजार बीमाङ्गको जीवन बीमा गरेको २३ दिनमै दुर्घटनामा परि मृत्यु भएको हो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधि र धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैशीको उपस्थिति रहेको थियो ।