न्यून शूल्कमा बीमा गराउँदै एभरेष्ट इन्स्योरेन्स, बीमा समिति भन्छ-‘स्वस्थ्य प्रतिस्पर्धाको विकल्प छैन’

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सुनसरीस्थित इटहरी शाखाले न्यून बीमा शुल्क लिएर बीमा गरेको छ । कम्पनीले ३८ लाख ९६ हजार रुपैयाँ पर्ने गाडीलाई ३५ हजार १ सय ४४ रुपैयाँ मात्र लिएर बीमा गरेको छ । बीमा समितिले ताेकेका बीमा दर अनुसार कम्पनीले सो गाडी बीमा गरेवापत ४४ हजार २ सय २० रुपैयाँ बीमा शुल्क लिनुपर्ने थियो । कुनै पनि बीमा कम्पनीले बीमा पोलिसी बिक्री गर्दा बढी वा कम प्रिमियम शुल्क लिनु स्वस्थ्य मानिदैन । कम्पनीहरूले लहडमा बीमा गराउनुभन्दा पनि स्वस्थ्य प्रतिस्पर्धा गरी बीमा पोलिसी बिक्री गर्नुपर्ने बीमा समितिले बताएको छ । एभरेष्ट इन्स्योरेन्सले असार १८ गते बीमा पोलिसी बिक्री गरेको थियो । बीमा अवधि २०७७ साल साउन ५ गते सोमबारसम्म छ । बजारमा स्वस्थ्य प्रतिस्पर्धा होस भनेर  बीमा शुल्क कम वा बढी नलिन बीमा कम्पनीहरूलाई बीमा समितिले निर्देशन दिँदै आएको छ । समितिले सुपरीवेक्षणको क्रममा यस्ता क्रियाकलाप भए गरेको पाइएमा बीमा कम्पनीहरूलाई सचेत पनि गराउँदै आएको छ । मोटर बीमा दर सम्बन्धि निर्देशिका २०७३ मा बीमा लेख चालू रहेको अवस्थामा बीमा गरिएको सवारी साधनको घोषित मूल्यमा थपघट गर्ने सक्ने व्यवस्था गरेको छ । निर्देशिकामा बीमा लेखको अवधि समाप्त हुने मितिसम्म समानुपातिक हिसाबले लाग्ने अतिरिक्त बीमा शुल्कको बारेमा चर्चा गरिएको छ । निर्देशिका अनुसार समानुपातिक रुपले लाग्ने अतिरिक्त बीमा शुल्क लिई वा फिर्ता दिई उक्त मूल्यमा थपघट गर्न सकिन्छ ।

एलआईसीको एजीएम साउन २४ गते, ३५ % नगद लाभांस र ३४ % बोनश सेयर वितरणको प्रस्ताव पारित गर्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड (एलआईसी) को १७ औँ वार्षिक साधारण सभा(एजीएम) साउन २४ गते हुने भएको छ । नेपाल पुलिस क्लबको सभाहल भृकुटीमण्डप प्रदर्शनी मार्गमा बिहान ९ः३० बजेबाट साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ । साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३५.५३ प्रतिशत(५३ करोड १२ लाख २५ हजार ९६० रुपैयाँ) नगद लाभांशको प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै सेयरधनीहरुलाई चुक्ता पूँजीको ३४.४६ प्रतिशत( ५१ करोड ५१ लाख ६१ हजार २०० रुपैयाँ बरावरको) बोनस सेयर वितरण गर्ने प्रस्तावपनि पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपैयाँ रहेको छ । कम्पनीको नियमावली नियम ६ मा १ जना स्वतन्त्र सञ्चालक र कम्तीमा १ जना महिला सञ्चालक सहित ६ जना सञ्चालक रहने संसोधन प्रस्ताव पारित गर्ने जनाइएको छ ।

१८ प्रकारका घातक रोग बिरुद्ध ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक

काठमाडौँ । सूर्या लाइफइन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात, मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न “सूर्या लाइफ केयर” पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक,कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रही मूल बीमाङ्कको आधारमा एकमुष्ठ रु ५० लाख सम्म भुक्तानी गरिने बताइएको छ । भविष्यमा आइपर्ने सम्भावित घातक रोगहरुबाट हुने आर्थिक भारबाट सुरक्षित हुने उत्तम उपाय नै सूर्या लाइफ केयर एैच्छिक सुविधा रहेको छ । ग्राहकले बीमालेख खरिद गर्ने समयमावाबीमितले बीमा बार्षिकोत्सबमा मूल बीमाङ्क बराबरको यो सुविधा लिन सक्नेछ । विषेशताहरुः – न्युनतमबीमाशुल्कमा १८ घातक रोगहरुको रक्षावरण । – बीमित जीवित छँदै दाबी गर्न सकिने । – रक्षावरण गरिएको रोगहरु मध्ये कुनै एकको पहिचान भएमा, दाबी रकम पाउने । – रु. ५० लाख सम्मको एकमुष्ठ रकम भुक्तानी गरिने । – १६ वर्ष देखि ६० वर्ष सम्मको बीमितले लिन सकिने । – ३५ वर्ष सम्मको बीमाअवधिवा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहन हुने ।