आइएमई जनरल इन्स्योरेन्सकाे घुम्ति बीमा सेवा संचालनमा
काठमाडौं। मंसीर २४ गते बीमा समितिबाट जारी “शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” वमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आवश्यक सम्पूर्ण सामाग्री सहित एक मोवाइल भ्यान मार्फत घुम्ती बीमा मोबाईल ईन्सुरेन्स शुरु गरेको छ । कम्पनीले ग्राहकको आवश्यकतानुसार घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको हो । सेवाको शुवारम्भ गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिृकत युगेशभक्त बादे श्रेष्ठले हाल काठमाण्डौं उपत्यका भित्र कम्पनीको शाखा नरहेको विभिन्न स्थानहरुमा घरदैलेमा नै गएर यो सेवा प्रदान गरिने र घुम्ती बीमाबाट प्राप्त नतिजाको आधारमा भविष्यमा अन्य स्थानहरुबाट पनि यो सेवा प्रदान गर्ने जानकारी दिए । उक्त कार्यक्रममा श्रेष्ठले नियमनकारी निकायबाट घुम्ती बीमाको लागि मार्गदर्शन प्राप्त भएको साथै यस्तो सेवा प्रदान गर्दा कम्पनीले आफना ग्राहकहरुलाई घरदैलोमानै सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सक्ने र शाखा रहित भएको हुनाले कम खर्चिलो हुने हुनाले हामीले तत्काल यो सेवा शुरु गरेकाहौं भनि जानकारी दिए । सोही अवसरमा श्री श्रेष्ठले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग निर्जीवन बीमा सम्बन्धि आवश्यक सम्पूर्ण सेवाहरु लिएर ढुक्क भएर आ(आफ्नो व्यावासाय संचालन गर्न पनि सबैलाई अनुरोध गर्दै नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बजार विस्तारमा आक्रामक बन्यो प्राइमलाइफ इन्स्योरेन्स
काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ अन्तर्गत वुटवलमा एकैदिन ३ कार्यालय शुभारम्भ गरेको छ । कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाटमा तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हाे । उक्त तीनै कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरेका हुन् । सम्पुर्ण नेपाली नागरिकलाई जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले कार्यालय विस्तार गरेको उनले बताए । कम्पनीले बजारमा ल्यायका विभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउदै गत वर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप जानकारी गराउदै यो बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहक मैत्री भएको भट्टराईले प्रस्ट्याएका छन् । कम्पनीका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो ।
प्रभु लाइफ इन्स्योरेन्सका तीन नयाँ शाखा विस्तार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।उक्त इन्स्योरेन्सले सुर्खेत शाखा, टिकापुर उप–शाखा र अत्तरिया उप–शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको हो । पुस ७ र ८ गते तीनवटै कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेले गरेका हुन् । अध्यक्ष डा. आत्मा राम घिमिरेले यस कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरेका छन् । कार्यक्रममा कम्पनीका प्रमुख दकार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् ।