सीईओ पुनः नियुक्ति गर्दा कार्य सम्पादन मूल्यांकन रिपाेर्ट बीमा समितिमा पेस गर्नु पर्ने
काठमाडौं । बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरूको पुनःनियुक्ति गर्दा कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन बीमा समितिमा पेस गर्नु पर्ने व्यवस्था गर्न लागिएकाे छ । केही बीमा कम्पनीले कमजाेर पर्फमेन्स भएकाे सीईओ पुनः नियुक्ति गरेपछि बीमा समितिले यस्ताे व्यवस्था गर्न लागेकाे स्राेतले जानकारी दिएकाे छ । पहिलाे कार्यकालका लागि नियुक्त हुँदा भएकाे कार्यसम्पादन करार सम्भाैता अनुसार काम भएकाे छ छैन, उसले लिएकाे लक्ष्यमा कति प्रतिशत काम भएकाे छ, त्याे हेर्नु पर्ने अवस्था अाएकाे बीमा समितिकाे भनाइ छ । बीमा समिति स्राेत भन्छ ‘अघिल्लो कार्यकालमै आफूले बनाएको बिजनेश प्लानअनुसार काम गर्न नसक्ने सीईओलाई पुनः नियुक्ति दिन भनेकाे कम्पनीलाइ कमजाेर अवस्थामा राखिराख्नु हाे । बजारलाइ यसरी छाेड्दा समस्या देखियाे।’ नयाँ सीईओले भने कम्पनीका प्रवेश गर्नु अघि आफ्ना केही योजनाहरु प्रस्तुत गर्नुपर्ने छ । बीमा समितिले दिएको जानकारी अनुसार हाल (सिईओ) चयनको प्रकृयामा कम्पनीहरु आफैले योग्य व्यक्ति खोज्ने गर्छन् । कम्पनीहरूले नयाँ सीईओ नियुक्ति गर्दा बीमा समितिसँग परामर्श लिएर नियुक्ती गर्छन् र बीमा समितिबाट स्वीकृत गराउनछन् । पुराना सीईओ पुनः नियुक्ति गर्दा कम्पनीहरूले साेझै निर्णय गरी बीमा समितिमा स्वीकृतिकाे लागि पठाउने गरेका छन् । बीमा समितिले कुनै पनि व्यक्तिलाइ दुइ कार्यकाल मात्र सीईओ बन्न पाउने नियम बनाएर लागू गरेकाे छ ।
आईएमई जनरल इन्स्योरेन्स ‘एशिया मस्ट ट्रस्टेड अवार्ड’ बाट सम्मानित
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स ‘एशिया मस्ट ट्रस्टेड अवार्ड २०१९’ बाट सम्मानित भएको छ । ११ डिसेम्वर २०१९ मा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेसन(आईबीसी)ले इन्स्योरेन्सलाई उक्त अवार्डबाट सम्मान गरेको हो । उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबीसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । साथै, नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई वर्ष भरिनै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गरेका छन् । उक्त कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेका थिए ।
बैंकास्योरेन्सकाे नाममा भएका सबै सम्झौता खारेज, नयाँ सम्झाैता गर्न पनि बन्देज
काठमाडौं । बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुबीच भएका सबै प्रकारका बैंकास्योरेन्स सम्झौताहरु खारेज भएका छन् । बीमा समितिले बुधबार एक पत्र जारी गर्दै अब कुनै पनि कम्पनीले त्यस्ता सम्झौताहरु गर्न नपाउने भन्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हाे । समितिले गत मंसिर २२ गतेदेखि लागू गरेको “बीमकले सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६” सँगै यस अघि बैंकास्योरेन्सको नाममा भएका सबै प्रकारका सम्झौता खारेज गरेको हो । समितिले कुनै संस्थासँग सहकार्यमा बीमा व्यवसाय गर्ने सम्झौता भएको भए आजकै दिनबाट उक्त सम्झौता भंग गर्न बीमा कम्पनीलाई निर्देशन दिएको हो । साथै, उक्त सम्झौता भंग गरी समितिले जारी गरेको उक्त मार्गदर्शन लागु हुने गरी सम्झौता गराउन समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।