आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्न प्रस्ताव पारित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएकाे थियाे । सभा मार्फत कम्पनीले सामान्य प्रस्ताव तर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेकाे छ । यसका साथै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ भने विशेष प्रस्ताव तर्फ कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्य पनि गरेको छ । सभामा बोल्दै सभाका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको बताए । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागिय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्स मार्फत उपस्थिति जनाएका थिए ।

बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाइने, बैंक वित्तीय संस्थाका लागि यस्ताे छ व्यवस्था

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको बताए । उनका अनुसार अब बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाउने भएका छन् भने सहकारी तथा रेमिट कम्पनीहरूले साताको दुई दिन खोल्न पाइने भएको छ । यस्तै उनले खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको बताए । यस्तै बैंक तथा बीमा कम्पनीहरु भने साविकै व्यवस्था अनुसार सञ्चालन गर्नु पर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरु सीमित कर्मचारी र सीमित शाखामा खोल्न पाउने व्यवस्था गरेको छ । हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ । उनका अनुसार इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।

हकप्रद जारी गर्न शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकले अघि बढाए प्रकृया, पुगे धितोपत्र बोर्ड

काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रकृया अघि बढाएका छन् । उनीहरु दुबैले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न गत जेठ २५ गते बोर्डसँग अनुमति मागेको हो । बोर्डले अनुमति दिएपश्चात इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ । त्यस्तै, विकास बैंक अन्तर्गतको एक्सेल डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । संस्थाले गत जेठ २७ गते बोर्डमा फाइल पठाएको हो । यससँगै बोर्डले स्वीकृति दिएपश्चात संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सेयरधनीहरुमा हकप्रद सेयर जारी गर्ने छ ।