नेशनल लाईफ इन्स्योरेन्सले ५ दिनमै दियो मृत्यु दावी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै स्वर्गीय सूकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । गुरुङ्गको गत २०२१ मे २८ मा कोरोनाको कारणबाट मृत्यु भएको हो । स्वर्गीय सूकुना गुरुङ्गले सन २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत जीवन बीमालेख खरिद गरेकी थिइन् । यससँगै, इन्स्योरेन्सका वित्त विभाग प्रमुख प्रज्जवल सायमीले स्वर्गीय गुरुङ्गको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै, उक्त दावी आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्र नै दावी फर्छ्र्यौट गरिएको दावी विभागका प्रमुख नबिन श्रेष्ठले जानकारी गराए ।

शिखर इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो । थापाथलीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता २१६१ रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३८ रुपैयाँले घटी हो ।

स्थगित भएको सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते हुने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते भएको छ । इन्स्योरेन्सले सो दिन बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने प्रस्ताव रहेको छ । यसअघि कम्पनीले गत जेठ ११ गते वार्षिक साधारणसभा डाकेको थियो । तर कोरोनाको महामारी बढेर काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै इन्स्योरेन्सले उक्त सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियो ।