एनएमबि बैंकको एपबाट सिधै ‘आइएमई पे’मा पैसा लोड गर्न मिल्ने
काठमाडौं । ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् । ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुविधा सुचारु गरिएको कम्पनीले जनाएकाे छ ।
मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत दियाे १० लाख
काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक ग्राहककाे परिवारलाई दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले मृतकका श्रीमतिलाई हस्तानतरण गरेकाे हाे । निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेकाे कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापत रकम प्रदान गरेकाे बैंकले जनाएकाे छ । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो । निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेकाे कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापत रकम प्रदान गरेकाे बैंकले जनाएकाे छ । हाल मुक्तिनाथ विकास बैंकको परिवार लक्षित एक करोड १ लाखसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता संचालन गरिरहेकाे छ ।
१९ बैंकले सेयर कर्जा घटाउँदा कृषि विकास बैंकको बढ्यो, नबिल र ग्लोबललाई पच्छ्याउँदै वाणिज्य बैंक
काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुको सेयर धितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुनसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा २६.७६ प्रतिशतले घटेको हो । गत वर्षको फागुनमा बैंकहरुले ७९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको वाणिज्य बैंकहरुले समिक्षा अवधिमा भने झण्डै २७ प्रतिशत घटाएका हुन् । चालू आर्थिक वर्षको फागुनसम्म बैंकहरुले ५८ अर्ब ४२ करोड २७ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका हुन् । बैंकहरुले निरन्तर रुपमा सेयर धितो कर्जा घटाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि सेयर धितो कर्जा प्रवाह घटाउँदै गएका हुन् । निरन्तर रुपमा सेयर कर्जा घटाउँदै आएकोमा यस अवधिमा कृषि विकास बैंकले भने बढाएको छ । कृषि विकास बैंकको ८.३५ प्रतिशत बढेर १ अर्ब ११ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ करोड ७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको थियो । यसअवधिमा अधिकांश बैंकले सेयर धितो कर्जा घटाएका छन् । सबैभन्दा धेरै एनएमबि बैंकको ५३.१७ प्रतिशत घटेर १ अर्ब ४१ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ५०.६१ प्रतिशत घटेर ६४ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ४३.९९ प्रतिशत घटेर १ अर्ब २३ करोड रुपैयाँ, सनराइज बैंकको ४२.५२ प्रतिशत घटेर १ अर्ब ६९ करोड रुपैयाँ, एभरेष्ट बैंकको ३६.४३ प्रतिशत घटेर ८० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३५.७० प्रतिशत घटेर ४ अर्ब ६ करोड रुपैयाँ र कुमारी बैंकको ३४.९६ प्रतिशत घटेर ३ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यस्तै, ग्लोबल आइएमई बैंकको ३१.८४ प्रतिशत घटेर ६ अर्ब ३६ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २९.७६ प्रतिशत घटेर २ करोड रुपैयाँ, सानिमा बैंकको २९.६२ प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब १२ करोड रुपैयाँ, नेपाल बैंकको २८.३९ प्रतिशत घटेर ३ अर्ब ५६ करोड रुपैयाँ, हिमालयन बैंकको २६.१२ प्रतिशत घटेर २ र्अ ९ करोड रुपैयाँ, प्रभु बैंकको २१.२४ प्रतिशत घटेर ४ अर्ब ९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २०.७६ प्रतिशत घटेर ३ अर्ब ७८ करोड रुपैयाँ, प्राइम बैंकको १८ प्रतिशत घटेर ३ अर्ब १९ करोड रुपैयाँ, सिटिजन्स बैंकको १७.२७ प्रतिशत घटेर ३ अर्ब ८६ करोड रुपैयाँ र लक्ष्मी बैंकको १६.२८ प्रतिशत घटेर २ अर्ब ३२ करोड रुपैयाँ सेयर धितोमा लगानी गरेका छन् ।