अब कर्जाको ब्याजदर घटाउनु पर्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब कर्जाको पनि ब्याज घटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएकाले अर्थतन्त्र चलायमान भएको बताउँदै उनले भने,’बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर घट्दै गएको छ, अब कर्जाको पनि ब्याज घटाउनुपर्छ, जसले अर्थतन्त्र पनि चलायमान भइरहेको छ ।’ यस्तै, उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनमुलक उद्योग व्यवसायमा कर्जा लगानी गर्न जोड दिइरहेको बताए । उनले अर्थतन्त्र विकास र विस्तारमा राष्ट्र बैंकले अग्रणी भूमिका खेल्ने गरेको उनले बताए । पछिल्लो समय अर्थतन्त्र समस्या पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेर सहज स्थितीमा ल्याएको उनी बताउँछन् । ‘२०७८/७९ मा सोधानान्तर स्थिती घट्न गई विदेशी मुद्रा संचित घट्न गयो, राष्ट्र बैंकले १० बिलासी वस्तुको आयातमा कडाइ गरेर सहज भयो, पुनः आयातमा खुकुलो भइरहेको छ, नियामकित सुबिधा पनि राष्ट्र बैंकले हटाएको छ,’ उनले भने । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्धका गतिविधि बढेका कारण खराब कर्जा बढ्न गएको उनको भनाइ छ । राष्ट्र बैंकले आफ्नो सेयर स्वामित्व भएका नेपाल स्टक एक्सचेञ्ज, नेपाल क्लियरिङ्ग हाउसको आंशिक र ग्रामीण विकास लघुवित्तको सेयर पूर्ण रुपमा बिक्री गरिसकेको उनले जानकारी दिए ।
सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत बैंकले दुर्घटना बीमा रकम भुक्तानी गरेको हो । बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । बैंकको अुनसरा स्वर्गीय साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।
बिजनेस समिटको बैंकिङ साझेदारमा कामना सेवा विकास बैंक
काठमाडाैं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना सेवा विकास बैंक रहने गरी आज मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । काठमाडौँमा आज आयोजित विशेष समारोहका बिच बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्क्ताहरुले आफनो प्रतिवेदन पेश गर्नेछन् । सम्मेलनका संयोजकसमेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फका कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए । उनका अनुसार सम्मेलनले उद्यमी–व्यवसायीले गर्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र त्यसका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने विश्वास गरिएको छ । शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम र व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षासमेत राखिएको छ । मुलुकका विभिन्न १३४ शाखार एक एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको कामना सेवा विकास बैंकका ७७ स्थानबाट एटिएम सेवा दिँदै आएको छ ।