पौने ३ अर्बको नागरिक बचतपत्र ल्याउँदै राष्ट्र बैंक, १० प्रतिशत ब्याज दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म ५ वर्ष अविधको २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गर्ने भएको हो । यस बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ६/६ महिनामा ब्याजदर भुक्तानी गरिने बताएको छ । बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । सो बचतपत्रमा नेपाली नागरिकले मात्रै खरिद गर्न पाउनेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्र २०८० जेठ ३० गते निष्काशन गरी २०८५ जेठ ३० गते परिपक्व हुनेछ । नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।

ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

निष्काशन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त । काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ४ अर्बकाे ऋणपत्र निष्काशन गर्ने भएकाे छ । कम्पनीले १ हजार रुपैयाँ अंकित ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएकाे हाे । उक्त ऋणपत्र निष्काशन गर्नेकाे लागि बैंकले प्रभु क्यापिटललाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झाैता गरेकाे । सम्झौतामा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।  

विश्व बैंकको अध्यक्ष बने भारतीय मूलका अजय बंगा

काठमाडौं । विश्व बैंकको अध्यक्षमा अजय बंगा नियुक्त भएका छन् । भारतीय मूलका अजयपाल सिंह बंगा विश्व बैंकको अध्यक्षमा निर्विरोध चयन भएका हुन् । बैंकका कार्यकारी निर्देशकहरुको बैठकले बंगालाई आगामी ५ वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । अध्यक्ष पदका लागि एकल आवेदन परेपछि उनी निर्विरोध चयन भएका हुन् । यसअघि अध्यक्ष रहेका डेभिड मालपासको कार्यकाल सकिएपछि उनलाई नियुक्त गरिएको हो । बंगा भारतीय मूलका अमेरिकी नगारिक हुन् । उनले यसअघि जनरल एट्लान्टिकमा उपाध्यक्ष पदमा रहेर काम गरेका थिए । साथै मास्टर कार्ड बन्ने कम्पनीका अध्यक्ष एवम् सीईओको रुपमा काम पनि गरेका थिए । उनको नेतृत्वमा, मास्टरकार्डले समावेशी विकास केन्द्रको सुरुवात गरेको थियो । इन्टरनेशनल चेम्बर अफ कमर्सको मानार्थ अध्यक्षको रुपमा उनले सन् २०२० देखि सन् २०२२ सम्म सेवा गरेका थिए । उनले सन् २०१६ मा भारतका राष्ट्रपतिद्वारा पद्मश्री पुरस्कार पनि प्राप्त गरेका छन् ।