अब ५० लाखसम्मको कर्जामा १ सय प्रतिशत जोखिमभार लागू हुने, घरजग्गामा भने शतप्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर कर्जामा १ सय प्रतिशत जोखिम भार कायम गरिने बताएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा अधिकारीले सेयर कर्जाको जोखिम भार पुनरावलोकन गरिएको बताएका हुन् । ‘सेयर धितो कर्जामा २५ लाखसम्मको १ सय र त्यसभन्दा बढिको १५० प्रतिशत जोखिमभार थियो । अब ५० लाख रुपैयाँसम्मको कर्जामा ५० प्रतिशत जोखिम भार कायम गरिनेछ’, अधिकारीले भने । मौद्रिक नीतिमा भने सेयर कर्जाको जोखिम भार पुनरावलोकन हुने भनिएको छ । सेयर धितो कर्जामा २ वर्ष अघि जोखिम भार गरिएको व्यवस्थालाई संशोधन गरेको अधिकारीको भनाइ छ । घरजग्गाको कर्जामा भने सय प्रतिशत जोखिम भार कायम हुने उनले बताए । उनका अनुसार नेपाल सरकारको स्वीकृति लिएर घरनिर्माण वा व्यवसाय गरिरहेका संस्थालाई १ सय प्रतिशत जोखिम भार कायम गरिएको उनको भनाइ छ । ‘नेपाल सरकारको स्वीकृति लिएर घरनिर्माण वा व्यवसाय गरिरहेका आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा १५० प्रतिशतबाट १ सय प्रतिशत जोखिम भार कायम गरिएको हो । यो जोखिमभार सबैलाई लागू हुँदैन,’ उनले भने । साथै, अटो लोनमा पनि थ्रेस होल्ड कायम गर्न खोजिएको उनले बताए । साना किसिमको अटो लोनमा १५० प्रतिशतबाट जोखिमभार घटाइएको गभर्नर अधिकारीले बताए उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा दुरुपयोग भए जसरी पनि असुल गरिनेछ । साथै, प्राकृतिक प्रकोप र साँच्चिकै समस्या परेका ऋणीहरुलाई वस्तुस्थिति हेरेर सहुलियत दिन सकिने अधिकारीले बताए । ‘माग गरेका ऋणीले कर्जा नपाएको छ भने रास्ट्र बैंकले अनुगमन गर्छ । तर, ठूला ऋणीले कर्जा लिँदैमा दुरुपयोग हुन्छ भन्ने हुदैन’, अधिकारीले भने, ‘सहुलियतपूर्ण कर्जामा बिचौलियाको प्रयोग भएको पाइएमा राष्ट्र बैंकले तत्काल एक्सन लिन्छ ।’ उनका अनुसार चालू पूँजी कर्जा मार्गदर्शनमा ३ महिनाको अनुभवका आधारमा पहिलो संशोधन गरिएको र अब ९ महिनाको अनुभवका आधारमा चालू पूँजी कर्जा मार्गदर्शनमा पुनरावलोकन गरिनेछ । बैंकरहरुको गुनासोको आधारमा सो मार्गदर्शन संशोधन गरेर अर्को त्रैमासको मौद्रिक नीतिको समीक्षामा समेट्ने उनको भनाइ छ ।

कतिले घट्यो सेयरधितो कर्जा, घरजग्गा र हायर पर्चेजको जोखिमभार ?

काठमाडौं । नेपाल राष्ट बैंकले सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो । ‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ माौद्रिक नीतिमा भनिएको छ । निजी क्षेत्रले घरजग्गा, सवारी तथा सेयर धितो कर्जाको जोखिमभारलाई १५० प्रतिशतबाट ७५ प्रतिशतमै झार्नुपर्ने सुुझाव दिएका थिए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जा लगायत तीन वटा जोखिम भार २५ लाखसम्मको १ सय र त्यो भन्दा बढिको मा १५० प्रतिशत रहेकोमा अब ५० लाखसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम गर्ने बताए । उनका अनुसार घरजग्गाको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम हुने बताए । यस्तै, अटोलोनको जोखिम भार पनि घटेको छ ।

गैरव्यवसायिक कारणले खराब कर्जा बढ्यो, निजी क्षेत्र ऋणको भारमा पर्यो : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गैर व्यवसायिक कारणले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको बताएका छन् । राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले व्यवसायिक भन्दा पनि गैर व्यवसायिक कारणले बैंकको खराब कर्जा बढ्न गएको बताएका हुन् । यस्तै, उनले नेपालको निजी निजी क्षेत्र अधिक ऋण भारमा परेको बताएका छन् । उनले पछिल्लो १० वर्षमा कर्जाको औसत वृद्धिदर १९.४ प्रतिशत रहेको बताउँदै सोही अनुपातमा नेपालको कुल ग्रार्हस्थ उत्पादन नबढेको बताए । उनका अनुसार नेपालमा कर्जा र जिडीपीको अनुपात नमिलेकाले आगामी दिनमा कर्जाको वृद्धि भन्दा गुणस्तर बढाउन आवस्यक छ । कर्जा दूरुपयोग भएको हो भने जसरी पनि असुली गर्छौ, प्राकृतिक प्रकोप र साँच्चिकै समस्या परेको हो भने वस्तुस्थिति हेरेर त्यस्ता ऋणीलाई बैंकिङ सहुलियत दिन सकिन्छ, कतिपयले उनले सेयर धितो कर्जा लगायत तीन वटा जोखिम भार २५ लाखसम्मको १ सय र त्यो भन्दा बढिको मा १५० प्रतिशत रहेकोमा अब २५ लाखको कर्जामा ५० प्रतिशत जोखिम भार कायम गर्ने बताए । उनका अनुसार घरजग्गाको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम हुने बताए ।