फाेर्डकाे सीयुभी फ्रीस्टाइल सार्वजनिक, सुरुवाती मुल्य २६ लाख ९९ हजार (फोटो फिचरसहित)
काठमाडौं । नेपालका लागि फाेर्ड गाडीकाे अाधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले फोर्डकाे सीयुभी(कम्प्याक्ट युटिलीटी भेहिकल) फ्रीस्टाइल सार्वजनिक गरेको छ । मंगलबार भव्य संगितिक कार्यक्रमबीच राजधानीमा कम्पनीले भारतमा पहिलो पटक बनेको सीयुभी फोर्ड फ्रीस्टाइल सार्वजनिक गरेको कम्पनीकाे भनाइ छ । कम्पनीले सार्वजनिक गरेकाे कारमा एसयुभीकाे डीजाइन,पफमेन्स, वेन्चमार्रक लगायतलार्इ समेटेकाे बताएकाे छ । उक्त सीयुभीमा १.२ लीटर ३ सीलीन्डर पेट्रोल इञ्जिन छ । जसले ९६ पीएस पीक पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार गाडीमा कनेक्टीभीटी र सेफ्टी फीचर्स समावेश गरिएको छ । जसमा हाई रिसोलुशन ६.५ इन्च टक स्क्रीन र ६ वटासम्म एयरब्याग्स उपलब्ध छ । ग्राउण्ड क्लियरेन्स १९० रहेको कारका टायर १५ इन्चको राखिएकाे छ । त्यस्तै कारमा एन्टी लक ब्रेकिङ, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, रियरभ्यू क्यामेर, इमरजेन्सी असिस्टेन्स, पुस बटम स्टार्ट, कि–लेस इन्ट्री, अटो हेडल्याम्पस्, रेन–सेन्सिङ वाईपर लगायत फिचर्सहरू राखिएकाे छ । ह्वाइट गोल्ड, मुनडस्ट स्लीभर, अक्सफोर्ड ह्वाइट, स्मोक ग्रे लगायत कम्पनीले विभिन्न ६ कलरमा कार बजारमा उपलब्ध गराएको छ । शुरुवाती मुल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको उक्त फोर्ड फ्रीस्टाइल सीयूभी मोडलअनुसार ३२ लाख ४९ हजार रुपैयाँ सम्म मुल्यमा बजारमा कम्पनीले प्रस्तु गरेकाे छ ।
विराटनगरको बरगाछीमा पियाजियो थ्री ह्विलर्सको पहिलो शाखा खुल्याे
काठमाडौं । नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता औधोगीक तथा ब्यापारीक घराना एमभी दुगड़ ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले बिहीबार बिराटनगरको बरगाछीमा आफ्नो पहिलो पियाजियो शोरुमको उद्घाटन गरेको छ । नेपालको विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ । सो सवारी सानो पूँजी लगानी बाटै सञ्चालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधाका लागि पियाजियो थ्रि ह्विलर्सको पहिलो साखा बिराटनगरको बरगाछीबाट शुरु गरेको कम्पनीले जानकारी गराएको छ । शाखाको उद्घाटन पियाजियो भेइकल्स इण्डियाका मेनेजर दिपककुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेशन विजय महतोले सम्युक्त रुपमा गरेका थिए ।
अब न्युरोडमा स्मार्ट पार्किङ, पहिले नै बुकिङ गर्न सकिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ, कोही व्यक्ति न्यूरोड जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिलेनै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कुनै कारणवस अन्य व्यक्तिले पहिलेनै बुक गरिसकेको भए सो स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन । दर्ता गरेको सवारीको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारीसाधन मात्र पार्क सर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले जानकारी दिए । यस पार्किङ निर्माणबाट सहजरुपमा सवारीसाधनको व्यवस्थापन गर्न सकिने कामपाले विश्वास लिएको छ । न्यूरोडमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ निर्माण गर्ने तयारी कामपाको छ । रासस