सिप्रदीले ल्यायो युवालक्षित योजना, १२ लाखमै टाटा सुमो दिने

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले आइतबारदेखि युवालाई लक्षित गरि निःशुल्क तालिम र रुटको व्यवस्था सहितको टाटा सुमोगोल्ड जिप नेपाली बजारमा ल्याएको छ । सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने भएको छ । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने जनाएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो गाडी आफै सवारी नामक व्यबसायिक अभियान सुरु गरेको हो । सो अभियानमा सहभागी हुनेलाई सस्तो दरमा पुँजीको पनि ब्यवस्था गरिदिने भएको छ । यसले स्वदेशमा नै रोजगारीको सृजना गर्न सिप्रदीकाे भनाइ छ । राजनबाबु श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सिप्रदी ट्रेडिङ प्रा. लि. सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालीलाई विदेश जान रोक्न र विदेशबाट आएकाले पनि सो अभियानमा भाग लिएर मासिक १ लाख रुपैयाँसम्म कमाउन सकुन भन्ने उद्धेश्यले अभियान सुरु गरेको बताए ।  यो अभियानमा २०० भन्दा धेरै सहभागी गराउने लक्ष्य रहेको उनले जानकारी दिए । सो अभियानमा कम्पनीले पत्रकार रवि लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । हाल नेपालमा टाटाको ५७ वटा वर्कसप, ४५ वटा सोरुम र २४ वटा मोवाइल भ्यानहरु संचालनमा रहेका छन् । साथै मोवाइल वर्कसप पनि संचालनमा ल्याउदै छ । नेपालमा हाल ७० भन्दा बढि रुटमा ५ हजार टाटा सुमोहरु संचालन भैरहेको छ ।    

हुण्डाईले ल्यायो ‘हुण्डाई परिवार’ योजना

काठमाडौं । नेपालको लागि हुण्डाई गाडिको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ‘हुण्डाई परिवार’ योजना ल्याएको छ । ग्राहकहरुको जिवनमा थप खुशी पुर्याउनको लागि हुण्डाईले ग्राहकहरुको जिवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता गरेको छ । यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् । यो योजनाबाट हुण्डाई परिवार ग्राहकहरुको जीवनमा थप खुशी पुर्याउनको लागि तयार रहेका छन् । साथै, हुण्डाई देशको चार पाङग्रे गाडिको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ ।

‘रेनो सर्भिस क्याम्प’ साउन ८ गतेसम्म हुने, सहभागिलाई विभिन्न छुटको सुविधा

काठमाडौं । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्राइभेट लिमिटेडले आयोजना गरिरहेको ‘रेनो सर्भिस क्याम्प’ आगामी साउन ८ गतेसम्म हुने भएको छ । नेपालका विभिन्न शहरहरुमा आयोजना हुने उक्त क्याम्पमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् । साउन ६ गतेदेखि शुरु भएको उक्त क्यापको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ रहेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने हामीले विश्वास लिएका छौं । यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा संचालन हुने छ ।साउन ६ गते देखि ८ गतेसम्म झापाको बिर्तामोडमा रहेको शाहारा अटोमोवाईल्स एण्ड कम्पनी प्रा. ली, महाबिर अटोमोवाइल्स बिराटनगर, युनाइटेड अटो कन्र्सन नारायणगढ, जुपिटर ह्वल्स बुटबल, भैरहवा अटो कम्पनी भैरहवा र जोन्छेन ट्रेर्डस पोखरा यी विभिन्न शहरमा आयोजना हुदैछ । यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निःशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निःशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइने छ ।