रनर मोटर्सको २०० सिसीको हक मोटरसाइकल नेपाली बजारमा
काठमाडौँ । बंगलादेशको प्रतिष्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रालिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । १ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको जनाएको छ । यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ । नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रका अफ्ठ्यारोे र समथल भूभागमा परीक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीको भनाई छ । रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ बिक्री गर्ने योजनाका साथ सर्विस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पूरा भएको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले बताए । रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल सजिलै पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने खालको भएको बताए । हाल २०० सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भएपनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । रमन मोटर्सले यो मोटरसाइकल ३ लाख ९९ हजार रुपैयाँमा विक्री वितरण सुरू गरेको छ । बंलादेशको प्रतिष्ठित मोटरसाइकल कम्पनी रमन मोटर्सले नेपालमा रनर कम्पनीका विभिन्न २०० सिसी सम्मका बाइकहरु विक्रि वितरण गर्दै आएको छ ।
भक्तपुर र पश्चिम रुकुममा जेसीबीको आधिकारिक बिक्री केन्द्र खुल्यो
काठमाडौँ । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ । भक्तपुरको आउटलेटको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट गोपालकुमार अग्रवाल र बी एन्ड के इन्टरप्राइजेजका अध्यक्ष बिकुलाल सुवालले संयुक्त रुपमा गरेका थिए । भक्तपुर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बी एन्ड के इन्टरप्राइजेजका प्रबन्ध निर्देशक केशव सुवालले बताए । उद्घाटन समारोहमा जेसीबी इन्डियाका एरिया सेल्स म्यानेजर बाल कृष्ण बस्याल, जेसीबी इन्डियाका राजकुमार मुदालायर, युसेप नेपालका कार्यकारी निर्देशक विपिन आचार्य, भक्तपुर इटा व्यवसायी संघका अध्यक्ष नातीभाइ हेम्बा र एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ डिजिएम दिपकराज गिरी लगायतको उपस्थिति थियो । एमएडब्लुले गत साता पश्चिम रुकुममा पनि एआरओ शुरु गरेको थियो, जसको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरेका थिए । उद्घाटन समारोहमा सल्यान, पूर्वी रुकुम र पश्चिमी रुकुममा ग्राहकहरुको उपस्थिति थियो । यी सहित जेसीबीले नेपालमा १२ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् ।
एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता नियुक्त
काठमाडौं । एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ । बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्री–वितरण गर्न शुरु गरेको छ । बहराइन सरकारको स्वमित्व रहेको ब्याप्को उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रुपमा बिश्वभर प्रख्यात छ । नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलव्ध गराइएको उक्त मोटर्सकी प्रवन्ध निर्देशक लक्ष्मी झाले बताइन् । हाल नेपाली बजारमा उपलव्ध अन्य लुब्रिकेन्ट्सका तुलनामा उच्च गुणस्तरिय बिशेषताका कारण यो लुब्रिकेन्ट्स छिट्टै लोकप्रिय बन्ने उनको विश्वास छ । उनले भनिन्, ‘यसमा भएको बिशेष गुणका कारण यो लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पर्फमेन्स दिनुको साथै इन्जिनको आयु समेत बढाउँछ ।’ नेपाली बजारमा यसको पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल बेशका लुब्रिकेन्ट्स उपलव्ध गराइएको छ । ब्याप्कोलाई बिश्व प्रख्यात अटोमोबाइल ब्राण्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्स लगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको छ ।