एक साताका लागि बाटो इजाजत खुला, सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने

काठमाडौँ । दशैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन आजदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएएको छ । सरकारले यही असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी खुला गरेको हो । आइतबारदेखि १० चक्के वा सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन चितवनको नारायणघाटदेखि काठमाडौँ आगमनमा रोक लगाइएको यातायत व्यवस्था विभागले जनाएको छ । खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायतमा भने सो नियम लागू नहुने बताइएको छ । शुक्रबार सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्ने गरी सडक अवरुद्ध हुँदा दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र परेका थिए ।

टिभिएसको ‘अपाचे आरआर ३१०’ मोटरसाईकलका यस्ता छन् विशेषता, कति पर्छ मूल्य ?

काठमाडौँ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले अपाचे आरआर ३१० लाई केहि महिना अघि नेपाल भित्र्याएको थियो । कम्पनीले टिभिएसको प्रिमियम मोटरसाइकलको रुपमा ल्याएको यस मोटरसाइकलको मूल्य नेपाली बजारमा ७ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ । यो स्पोर्ट बाइक हेर्दा हेभी देखिन्छ, जसको एग्रेसिभनेसलाई बढाउनमा ट्वीन एलइडि प्रोजेक्टर, फ्रन्ट फेयरिङ्ग, विन्ड स्क्रीन लगायतले मद्दत पुर्याएका छन् । अपाचे आरआर ३१० मा भएको इञ्जिन एउटा ३१२.२ सीसी लिक्विड कुल्ड सिङ्गल–सिलिण्डर इञ्जिन हो, जसले ३४ एचपिको पावर र २७.३ एनएमको टर्क प्रोड्युस गर्छ । कम्पनीले यसको टप स्पिड १६० र त्यसैगरी यसले ० देखि ६० को स्पिड २.९३ सेकेण्डमै कभर गर्न सक्छ भनेर क्लेम गरेको छ । टिभिएसका इञ्जिनियरहरुले विभिन्न एक्सपेरिमेन्ट पश्चात फाइनलाइज गरेको एरोडाइनामिक्स सेपले गर्दानै यो कुरा सम्भव भएको हो । दुबै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा सेफ्टि फिचरको रुपमा डुअल–च्यानल एबीएस दिइएको छ जसले यो बाइकलाई सुरक्षित बनाएको छ । सुरुमा यो बाइक बजारमा आउँदा यसमा स्लिपर क्लच थिएन, तर व्यापक आलोचना पछि हालसालै मात्र टिभिएसले यस बाइकमा अर्को सेफ्टि फिचरको रुपमा स्लिपर क्लच समावेस गरेको छ । स्लिपर क्लचले गियर डाउनसिफ्टलाई स्मूथ बनाउने काम गर्छ र त्यसैगरी एग्रेसिभ डाउनसिफ्टको वेला चक्कालाई लक पनि हुन दिँदैन । हाल रेड, म्याट ब्ल्याक र फ्यान्टम ब्ल्याक गरी यो बाइक ३ कलर अप्सन्सहरुमा उपलब्ध छ ।

अटो एभ प्रालिले मनायो दशौँ वार्षिकोत्सव, कर्मचारी र ग्राहक सम्मानित

काठमाडौँ । सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टरको रुपमा स्थापित अटो एभ प्रालिले शनिबार दशौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा लामो समयदेखि कार्यरत कर्मचारीका साथै विशिष्ट ग्राहकहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा अटो एभलाई शुभकामना प्रदान गर्दै प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले अटो एभको व्यवसाय देशभर व्यवसाय देशभर फैलियोस् भन्ने कामना गरे । उनले अटोमोबाइल व्यवसायले प्रदान गर्ने राजस्वका कारण नै सरकार सञ्चालन गर्न सहज भएको बताउँदै अटोमोबाइल व्यवसायीहरुलाई समेत राज्यले सम्मान गर्ने वातावरण बनाउनु पर्ने बताए । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नाडाका सचिव अनुप बराल र अन्य विभिन्न महानुभावहरुले वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्नुका साथै भविष्यमा समेत सफलताको शुभकामना प्रदान गरे । सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पका आफ्टर सेल्स सर्भिसका डीजीएम श्याम श्रेष्ठले अटो एभमा हाल मासिक रुपमा औसत ४ सय गाडी सर्भिसिङ हुने गरेको बताउदै यसको सबै श्रेय अटो एभको व्यवस्थापन र कर्मचारीहरुलाई जाने बताए । अटो एभले ९१ प्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिदै उनले यहाँ उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स देखि लिएर विभिन्न इक्विपमेन्ट मात्र नभएर दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको धारणा ब्यक्त गरे । अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले ग्राहक र मेकानिक्सहरुको साथ सहयोगले नै दशौं वार्षिकोत्सव मनाउन सफल भएको बताउदै सबैलाई धन्यवाद ज्ञापन गरे । अटो एभका डाइरेक्टर दीपेन्द्र डंगोलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा अटो एभमा लामो समय देखि कार्यरत टेक्निसियनका साथै मूल्यवान ग्राहकहरुलाई सम्मान गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोल र अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले अनाथहरुको सेवाका लागि कार्यरत प्रणवानन्द आश्रमलाई २१ हजार १ रुपैयाँको चेक हस्तान्तरण गरे ।