यामाहाले इण्डोनेसियाबाट भित्र्यायो नयाँ स्कुटर, यस्ता छन् विशेषता
काठमाडौं । यामाहा नेपालले इण्डोनेसीयन सिरिजको आफ्नो नयाँ प्रस्तुति ‘एनम्याक्स १५५’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । यामाहाको आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि.ले केही ग्राहकहरुको मागमा यस स्कुटरलाई इण्डोनेसियाबाट नेपालमा आयात गरेको हो । कम्पनीका अनुसार एनम्याक्स १५५ मा जडित फ्युल इन्जेक्टेड इन्जिनको विकास यामाहाको अत्याधुनिक प्रविधि ब्लु कोर प्रविधि प्रयोग गरेर गरिएको छ । यो नवीनतम डिजाइनको लक्ष्य बाइकको दहन र चिसोपन दक्षता वृद्धि गर्न तथा, साथै सोही समयमा पावर क्षति कम गर्छ । जसले ग्राहकलाई उच्च द्रूत गतिसहितको तीव्र बेग र इन्धनको खपत कम गर्नमा केन्द्रित गर्ने छ । यो स्कूटरमा दिइएको स्लीक ढाँचाको स्पोर्टी बनौट र प्रिमियम डिजाइन हाम्रो स्पोर्टी स्कूटरहरुबाट अत्यन्त प्रभावित भएको पाइन्छ । यसको एकीकृत पृष्ठभागको समाप्तीले एनम्याक्स १५५ लाई स्पोर्टी एवं परिष्कृत बनौट प्रदान गरेको छ जबकि यसमा रहेको बूमराङ्ग साइडको परिकल्पना र केन्द्रीय टनेलले यसको मजबुत यामाहा म्याक्स विरासतको उर्जागर गरिदिन्छ । एनम्याक्स १५५ लाई त्यसप्रकारको स्पोर्टी प्रस्तुतकर्ता बनाउनमा यसमा भएको परिवर्तनशील भल्भ प्रवर्तन (भिभिए) प्रणाली नै यसको एक प्रमुख विशेषता हो । फोर भल्भ सिलिण्डर हेडले एक विशेष क्यामशाफ्ट प्रयाेग गर्दछ जसले इन्जिनलाई न्यून र उच्च इन्जिन गतिहरुमा अझ अधिक दक्षताका साथ संचालन हुन, सबै रेभ दायराहरुमा बलियो तीव्रतापूर्ण बेग दिन,र सँगसँगैं राम्रो इन्धन खपत प्रदान गर्न सक्षम बनाउँछ । एनम्याक्स १५५ एक अत्यन्त मजबुत र हल्का तौलको ट्युबलर फ्रेमका साथ निर्मित छ, जसले स्पोर्टी सवार र सहज ह्याण्डलिङ्गकासाथ स्थिर ह्याण्डलिङ्ग प्रदान गर्ने कम्पनीले बताएको छ । यसमा दोहोरो सक रियर सस्पेन्सन प्रणाली र मिहीन-कार्यको टेलिस्कोपिक फ्रन्ट फोक्र्स, उच्च विशिष्टिकरण च्यासिस जस्ता विशेषताहरु रहेका छन् । बलियो र असरदार रोक्ने कार्य प्रदर्शनको लागि एनम्याक्स १५५ मा २३० मिमि फ्रन्ट डिस्क र २३० मिमि रियर डिस्क सुसज्जित गरिएको छ जसले सहज ब्रेक लगाउनका लागि पर्याप्त अवसर प्रदान गर्दछ । यो उच्च कल्पनाको स्कूटर एबिएस मापदण्ड अनुरुप उपलब्ध छ, जसले तपाईंलाई अझ बढी नियन्त्रणयोग्य ब्रेकिङ्ग पावर प्रदान गर्छ र विभिन्न परिस्थितिहरुमा आत्मविश्वास बढाइदिन्छ । सार रुपको एनम्याक्स १५५ अति कसिलो पार्किङ्ग स्थलमा समेत फिट हुनेछ । लामो आकारको दोहोरो सीटको डिजाइन सुविधाको उच्चतम स्तरको सुनिश्चित्ता दिन गरिएका छ र यसमा पूरा मुहार डाक्ने हेलमेट राख्ने भण्डारण स्थल पनि छ । स्कूटरमा भएको कम तौलको कास्ट एलो १३ इन्चको पाङ्ग्राहरुले यसको स्पोर्टी स्टाइल र प्रिमियम स्पेसिफिकेसन र फराकिलो ११०/७०-१३ को अग्र टायर र ठूलो १३०/७०-१७ को पछाडी टायरको खण्डलाई रेखाँकित गर्दछन् । हाल कम्पनीले यस स्कुटरकाे मूल्य भने सार्वजनिक गरेकाे छैन ।
वाणिज्य विभागको आँखा गाडी व्यापारीमा, विभाग भन्छः कमिसन नखुलाई नवीकरण हुँदैन
काठमाडौं । अटोमाेबाइल्स विक्रेता कम्पनीले गाडी बिक्री गरेवापत ग्राहकसगँ लिएको कमिसन नखुलाई गाडी बिक्रेता कम्पनीहरुको नवीकरण नहुने भएको छ । कानुन बमोजिम नवीकरण गर्दा विक्रेताले कमिसन खुलाउनुपर्ने भन्दै बाणिज्य विभागले गाडी विक्रेता कम्पनीको नवीकरण रोकेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यापार गर्दा कति प्रतिशत कमिसन खाएको छ देखाउनुस् भनेको बताए । उनले ग्राहक ठगिएका छन् कि भनेर गाडी बिक्रेतासगँ कमिसन खुल्ने कागजपत्र मागिएको बताए । ‘नेपालको कानुन अनुसार वस्तु बिक्री गर्दा २० प्रतिशतसम्म मात्रै कमिसन खाएर बस्तु बिक्री गर्न पाइन्छ, तर गाडी बिक्री गर्दा कति प्रतिशत कमिसन लिएका छन् भनेर कागजपत्र मागिएको हो,’ सुवेदीले भने । एजेन्सी ऐनमै कमिसन खुलाउनुपर्ने व्यवस्था छ । एजेन्सी ऐन २०१४ अन्तर्गत जारी भएको नियमको अनुसूची १ मा एजेन्ट हुन चाहने व्यक्तिले दर्ताका लागि निवदेन दिँदा कमिसन खुलाउनुपर्ने सुवेदीको भनाइ छ । नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफुहरुले कर कार्यलयमा सबै कागजपत्र बुझाएको बताए । उनले गाडी विक्री गर्दा २० प्रतिशतभन्दा कम कमिसन खाएको बताए । सरकारले व्यापारीलाई प्रोत्साहन गर्नु पर्ने ठाउँमा निरुत्साहित गरेको उनको भनाइ छ । एजेन्सी ऐन २०१४ को कानुनले नै फर्महरु नवीकरण भइरहेका छन् । पुरानो कानुन भएकाले पनि कानुन संशोधन गर्नु पर्ने दुलालको भनाइ छ । ‘सरकारले कानुन संशोधन नगरी व्यापारीलाई समस्यामा पारिरहेको छ, हामीले सम्बन्धित मन्त्रालयसगँ कुरा गरिसकेका छौं,’ दुलालले भने । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अटोमोबाइल्स डिलर एसोसिएसन नेतृत्व र विभागलाईसँगै राखेर छलफल भैइसकेको बताए । नवीकरणको समस्यालाई समाधान गर्न मन्त्रालय लागिरहेको उनको भनाइ छ । यस्तो छ सवारी साधनमा कर सवारी साधन आयात गर्दा भन्सार, अन्तशुल्क र मूल्य अभिवृद्धि कर गरी २ सय ५६ प्रतिशतसम्म कर लिइने गरेको छ । गाडीमध्येमा सबैभन्दा बढी निजी सवारी साधनमा कर लाग्छ । पार्टपूर्जा खरिदमा पनि ५ देखि ३० प्रतिशतसम्म कर लाग्ने गरेको छ ।
टुटल र पठाओको सेवा सञ्चालनबारे अझै लागेन टुङ्गो
काठमाडाैं । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताए । उनले भने, “अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन ।” यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ । यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो । विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि/निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिएका थिए । गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिएका हुन् । रासस