टाटा मोटर्सकाे कार अनलाइनबाटै बुकिङ्ग गर्न सकिने, स्वास्थकर्मीलाई विशेष छुट

काठमाडौं । टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको छ । कोरोना महामारीको यो समयमा टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहने ग्राहकले यो वेब पोर्टलबाट बुकिङ्ग गर्न सक्नेछन् । लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट यो वेब पोर्टलकाे शुरुवात गरेका हुन् । त्यसबाहेक इच्छुक ग्राहकले यस पोर्टलमा सिप्रदीका दक्ष कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीहरुको बारेमा विस्तृतमा जानकारी लिन र फोनपे या इ-सेवाको माध्यमबाट सवारीको बुकिङ्ग समेत गर्न सक्नेछन् । प्रयोगकर्ताहरुलाई सजिलो होस् भन्ने हेतुको साथमा यो पोर्टल दुबै कम्प्युटर र मोबाइलमा समेत हेर्न सहज हुने कम्पनीले जनाएकाे छ । यो पोर्टलको मुख्य विशेषताहरु अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ्ग, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरु रहेका छन्। साथै, यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यस पोर्टलबाट गाडी बुकिङ्ग गरेमा एक वर्ष नि:शुल्क सर्भिसिङ्ग र कन्सुमेवल प्रदान गरिनेछ । त्यस्तै, फ्रन्ट-लाइनमा काम गर्ने सम्पूर्ण स्वास्थकर्मीहरुलाई अहिले चलिआएको योजना भन्दा थप ५० हजार रूपैयाँ छुटको व्यवस्था गरिएको छ ।

भन्सार वृद्धिपछि विद्युतीय गाडी प्युजोको नयाँ मूल्य ५५ लाख रूपैयाँ

काठमाडौं । साँग्रिला मोटर्स प्रा.लिले प्युजो पार्टनर इलेक्ट्रिकको गाडीको मूल्य ५५ लाख रुपैयाँ तोकेको छ । सरकारले बजेट भाषणमा इलेक्ट्रिक गाडीको करका दर वृद्धि गरेपछि कम्पनीले प्युजो पार्टनस् टेपी इभी ५५ लाखमा बिक्री गर्ने जनाएको छ । प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ जसले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३० देखि ६० किमि प्रति घण्टाको रफ्तार तथा ११० कि. मी. प्रति घण्टासम्म गति लिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै यसमा जडित २२ किलोवाट लियोन व्याट्रीले एक पटक चार्जमा १७० किलो मिटरसम्म गुड्न सक्छ । पार्टनर टेपी इभी ५ सिटे एमपिभीले वास्तवमै कम खर्चमा स्वचालित हुन्छ । यसमा भएको पछाडिका सिटहरु छुटाउन मिल्ने, फोल्ड गर्न मिल्ने तथा पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् । पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ । साथै सिट पछाडि फोल्ड गरी १३५० लिटर सम्म स्पेस पाउन सकिन्छ । सिटहरु झिकी यसले ३००० लिटर सम्म कार्गो /वुट स्पेस दिन्छ । यसको दुबै साइडमा भएको स्लाइडिङ्ग ढोकाले गर्दा चढ्न सजिलो हुनको साथै टाइट पार्किङ्ग एरिमा पनि पार्क गर्न सजिलो हुन्छ । २०० मि. मि ग्राउण्ड क्लियरेन्स भएको कारण कुनै पनि सडकमा गाडिको व्याट्रीले भुइ छोला भन्ने डर नलिई ढुक्क भई चलाउन सकिन्छ । यसलाई तपाईले व्यापारिक प्रयोजन जस्तै ट्रान्सपोर्ट तथा अन्य व्यवसाय जस्तै ट्राभल्स तथा टुर्समा पनि प्रयोग गर्न सकिन्छ । सुरक्षित एविएसस ब्रेक असिस्ट तथा पेसेन्जर र ड्राइभर को लागि साइड तथा कर्टेन एअर व्याग स्टानडर्डको रुपमा नै फिट गरिएका हुन्छन् । अरु फिचरहरुमा क्रुज कन्ट्रोल म्यानुअल एअर कन्डिसनिङ्ग तथा लिड डे टाइम रनिङ्ग लाइट्स, टच स्व्रिmन इन्फोटेन्मेन्ट सिस्टम डि ए बी डिचिटल रेडियो तथा रियर भ्यू क्यामरा सहित पार्किङ्ग, सेन्सर अटोमेटिक हेड लाईट्स् तथा रेन–सेसिङ्ग वाइपरस्, यस्को बहु आयामिक पाटो तथा ड्राइभिङ्ग अनुभवले बजेट मितव्ययी सबैको यो उचित रोजाइ बनेको छ । बजेट पूर्व ल्याएको यी गाडी स्टक रहुन्जेलको लागि यो मूल्य भएको कम्पनीले जनाएको छ । परिवार, होटेलहरु, ट्राभल एजेन्सीहरु, व्यापारिक प्रयोजनका उपयोगि भएको कम्पनीले जनाएको छ । प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिव्रmी वितरण शुरु भएको थियो र संसारभरी यसले सफलता हासिल गरेको थियो ।

गाडीमा कर बढाएको विषयमा अर्थमन्त्रीको अर्काे अभिव्यक्ति, ‘महामारीको बेला कर धेरै चाहियो बढाएँ’

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बिजुली गाडीमा कर बढाएको बारे फरक अभिव्यक्ति दिएका छन् । उनले बुधबार संसदमा बोल्दै कोरोना महामारीको समयमा कर धेरै चाहिएकोले विजुलीको गाडीमा कर बढाएको बताएका छन् । यो भन्दा अगाडि केही सैद्धान्तिक कुराहरु गर्दै आएपनि आज भने उनले सरकारलाई कर धेरै चाहिएकोले बढाएको धारणा राखेका हुन् । आर्थिक विधेयकबाट कर बढाएपछि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिंदै खतिवडाले अहिले संकटको समयमा सरकारलाई केही राजश्व धेरै चाहिएकाले पनि कर बढाइएको जानकारी दिएका हुन् । बिजुली गाडीमा लगाइएको थप करको प्रतिरक्षा गर्न आफू सक्षम भएपनि यो दीर्घकालिन नभएको र आवश्यकता पर्दा सरकारले हेरफेर गर्नसक्ने संकेत पनि उनले गरेका छन् । ‘हामीले पहिला नविकरणीय उर्जा प्रयोग बढाउनका लागि निजी बिजुली साधनमा १० प्रतिशत भन्सार लगायौं, त्यस्तै अहिले कोभिड १९ को संकट छ, यतिबेला केही राजश्व पनि हामीलाई चाहिएको छ, त्यसैले अहिले कर बढाएका छौं,’ उनले भने । उनले कर बढाउनु पहिले सूचना चुहावट गरेको भन्ने आरोप निराधार भएको पनि बताएका छन् । सांसदहरुले कर बढाउने भएपछि सरकारले सूचना पहिलै दिएर बिजुली गाडी बजेट अघि धमाधम आयात भएको भन्दै प्रश्न उठाएका थिए। खतिवडाले जेठ १ देखि १४ गतेसम्म ७५ओटा गाडी आयात भएको र १४ गते २ गाडीमात्र भन्सार पास भएकाले उक्त आरोप भ्रम भएको बताएका स्पष्ट पारेका छन् । सम्बन्धित समाचार: विद्युतीय गाडी सस्तो नहुँदासम्म कर घटाइँदैनः अर्थमन्त्री (भिडियाे सहित)