हिमालय एअरलाइन्सले पायाे आईएसओ ९००१–२०१५ प्रमाणीकरण
काठमाडौं । हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको छ । यस प्रमाणीकरणले हिमालय एअरलाइन्सकाे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जीनियरिङ्ग सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गर्दछ । आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्धारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो जसले एक प्रभावकारी गुणस्तर प्रणाली मार्फत उत्पादन र सेवाहरुले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न सुनिश्चित गर्दछ । हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय टीमका लागि याे ठुलै उपलब्धी भएकाे र यसले ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताए । प्रमाणीकरण पश्चात, एअरलाइन्सले हालसालै गत महिना मलेशियन एअरलाइन्स् बरहाड (एमएच) सँग सम्झौता गरेको छ । मलेशियन एअरलाइन्स् एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित रहेको छ । यस सहकार्यको साथ अब हिमालय एअरलाइन्स् लाइन स्टेशन स्थापनाका लागि सुसज्जित भएको छ र वर्कशप क्षमताको वृद्धिसँगै अन्य एअरलाइन्सबाट आय आर्जन गर्न इन्जीनियरिङ्ग व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिनेछ ।
दिगोद्वारा नेपालमा ई–मोबिलिटीको ३ वटा विद्युतीय व्यावसायिक गाडी सार्वजनिक
काठमाडौं । दिगो ग्रुप अफ कम्पनिजले नेपालमा विद्युतीय सवारी साधनको क्रमिक विकासलाई पुनः परिभाषित गर्दै विश्व विद्युतीय सवारी साधन दिवस (वल्र्ड इभी डे) को अवसर पारेर आफ्ना तीनवटा विद्युतीय गाडी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सवारी साधनमा दिगो ई–बस, दिगो ई ६–मिनीबस र दिगो डाँफे–माइक्रोबस छन् । यी गाडीहरुको प्रारम्भिक मूल्य क्रमशः दिगो ई–बसको १ करोड २६ लाख ५० हजार, दिगो ई६–मिनीबसको ९० लाख र दिगो डाँफे–माइक्रोबसको ४४ लाख रुपैयाँ पर्ने कम्पनिले जनाएकाे छ । सवारी साधन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै दिगोका सिइओ हेमन्त पुरानिकले उच्चस्तरीय कार्यक्षमताका विद्युतीय बसहरु नेपालका ग्राहक र मूलधारका व्यवसायीको चाहनासँग अतुलनीय रुपमा मेल खाने र विद्युतीय बाहनलाई नेपालको मूलधारको सवारी साधन बनाउने बताए । ‘यी परिवर्तनकारी उत्पादनहरुले नेपालका लागि दिगो र जिम्मेवार मोबिलिटी समाधान दिने हाम्रो प्रतिबद्धतालाई अझ अगाडि लैजान मद्दत गर्नेछन् भन्नेमा हामी विश्वस्त छौं ।’, पुरानिकले भने । दिगो ई–बस दिगो ई–बस प्रिमियम विद्युतीय बस हो । यसका विशेषतामा एबिएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सन बार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी ३ प्लस रेडियो, चार्जिङ रिसेप्टेकल, एयर कन्डिसनर, हेड रेल लगायत समावेश छन् । यो बसलाई ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिन्छ । सुरक्षाको दृष्टिले यो बस आगो निभाउने फायर एक्सटिङ्ग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामेरा, ढोकाको अनुगमन गर्ने प्रणाली जस्ता उपकरणले सुसज्जित छ । यसलाई सार्वजनिक यातायात, अर्बन फ्लिट, सहरभित्रको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल लगायतमा प्रयोग गर्न सकिन्छ । १२९ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र १४० किलोवाटको मोटर रहेको यो बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २०० किलोमिटरसम्म गुड्छ । यसको प्रतिकिलोमिटर बिजुली खर्च ७ रुपैयाँ १ पैसा पर्छ, जुन करिब २२ रुपैयाँ प्रतिकिलोमिटर पर्ने डिजेल बसको सञ्चालन खर्चको तुलनामा ७० प्रतिशत कम हो । दिगो ई६ (मिनीबस) प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई६ मिनीबस सुविस्ता, सुविधा र बसभित्र उपलब्ध हुने अन्य सम्पूर्ण व्यवहारिक विशेषताको मिश्रण हो । यसले २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउँछ । आफ्नो व्यवसायलाई अगाडि बढाउन यो एउटा उत्कृष्ट सवारी साधन हो । दिगो ई६ सबै प्रकारका र दीर्घकालीन लचकता प्रदान गर्न र सहन विकास गरिएको सवारी साधन हो । यो उच्चतम सुविधा, लागत न्यूनीकरण र कार्बन निष्प्रभावी बनाउन पुनः परिभाषित बिलासी यात्रुबाहक सवारी साधन हो । पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७ र २० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहरभित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको रुपमा प्रयोग गर्न सकिन्छ । ८० किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनीबस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २१० किलोमिटरसम्म गुड्छ (एनइडिसी २८० किलोमिटर )। यो बसको प्रतिकिलोमिटर बिजुली खर्च ३ रुपैयाँ २ पैसा मात्र पर्न आउँछ, जुन डिजेलको करिब १३ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ७० प्रतिशत कम हो । दिगो डाँफे (माइक्रोबस) बारे ११ सिटको दिगो डाँफे डिजाइन, सुविधा र विश्वसनीयताको प्रतीक हो । यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रोबस यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढीभन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ । डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको लागि उत्तम विकल्प हो । ४२ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो सवारी साधन एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलको करिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।
डिएफएसकेले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी, मूल्य ५७ लाख ५० हजार रूपैयाँ
काठमाडौं । कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ । कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो । नयाँ वर्षको अवसरमा बिक्री सुरु गर्ने लक्ष्य रहेको ग्लोरी ५६० कोभिड १९ को कारण केही ढिला बिक्री गर्न लागेको हाे । ‘नेपाली अटोमोबाइल बजार निकै सानो छ । यद्यपी पछिल्ला दिनमा सरकारको नीति, असहज बैंकिङ जस्ता अवस्थामा पनि हामीले पहिलो वर्ष सफल रुपमा पार गरेका छौं । नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुदपनि हामीले डिएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्याउन सकेका छौं । यसले भोलिका दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडी बढ्ने हौसला प्रदान गरेको छ’, कुजु नेपालका संचालक उमिद श्रेष्ठले भने । यस्तो छ ग्लोरी ५६० साइज ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी रहेको छ । इन्जिन ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ । सुरक्षा फिचर ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिब प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिब अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ । इन्टेरियर र फिचर ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिब इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट/स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ । वारेन्टी कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ । मूल्य यसलाई प्रतिस्पर्धी मूल्य बनाउने कम्पनीको योजना अनुसार ५७ लाख ५० हजार रुपैयाँ तोकेर यसको बिक्री वितरण सुरु गरेका छौं ।