एस्कर्टसकाे नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा
काठमाडौ । नेपालको लागि एस्कर्टसकाे मसिनहरुको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्सले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । यस नयाँ मसिन अत्याधिक कार्यक्षमता सहितको डिजाईनमा अन्यभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर यस मेसिनमा ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा विशेष ध्यान दिएइको छ । डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी आकर्षक बनाइएको छ । यस्तै रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ । यसमा अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको छ । साथसाथै यसमा अगाडी र पछाडी दुवैतिर क्याबिनको झयाल खोल्न र आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग रहेको छ । सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको यो मसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । नेपालमा एस्ककर्टसकाे झण्डै ११०० युनिट भन्दा पनि बढि मसिनहरु छन् । आइएमई अटोमोटिम्सले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एस्ककर्टसकाे कन्सट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताए ।
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्सकाे अध्यक्षमा सुशिल तण्डुकार
काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएकाे आईएई नेपालको तेस्रो साधारण सभाले अध्यक्षमा सुशिल तण्डुकार, उपाध्यक्षमा पवित्र विक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेकाे हाे । त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् भने सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास रहेका छन् । नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ । आईएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । ।
टिभिएस् ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा हुँदै, सवारी खरिदमा आकर्षक छुट
काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि फागुन १३ गतेबाट टिभिएस ग्राण्ड एक्स्चेञ्ज मेलाको आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा हुन लागेको उक्त मेला फागुन १३ गतेबाट १७ गतेसम्म ५ दिनसम्म आयोजना हुने छ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ ग्राहकले कुनै पनि कम्पनीकाे मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन् । यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजार रूपैयाँसम्म मुल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा १२ हजार रूपैयाँसम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ । यसैगरी सुरुवाती १८ महिनासम्म शुन्य व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । किस्ताबन्दीको ई.एम्आ.इ चाहिँ ५१९१ रूपैयाँदेखि सुरु राखिएको छ । साथै, यस मेला अन्तर्गत मेला अघावै बुकिङ्ग गर्ने ग्राहकले २ हजार रुपैयाँ बराबरको सामान सितैमा प्राप्त गर्नेछन् । यस मेलामा ग्राहकले टेस्ट राइड मात्र गर्दा खेरि समेत बिभिन्न आकर्षक स्यरसट उपहारहरु सहित बम्पर उपहार स्वरुप थाइल्याण्ड भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।