नेपालका सबै शोरुममा अब जावा पेराक, मूल्य साढे ७ लाख , यस्ता छन् बाइकका विशेषता
काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले शुक्रबारबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बिक्री शुरू गरेको छ । कम्रपनीले साे माेटरसाइकलकाे बिक्री शुरू गरेसँगै अब मोटरसाइकलका शोखिनहरूले पेराक बुक गर्न सक्ने भएका छन् । अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन्ज । समा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् । जावा मोटरसाइकल नेपालमा गत असोज २७ गते सार्वजनिक गरिएको थियो । यसको डिजाईन र प्रदर्शनको कारण मोटरसाइकल शोखिनहरूको मन जित्न सक्षम भएको कम्पनीले जनाएको छ । अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक सम्पूर्ण शाखा र डिलरमा पाउन सकिन्छ । जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ, । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ । स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ । पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ । जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रहेको छ । बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू पूर्ववर्ती मोडेलहरू – जावा र जवा फोर्टी टु–भन्दा बिलकुलै फरक देखिने बताए । यसले ग्राहकको मन जित्न सफल हुने उनको दावी छ । उनले भने, ‘यो सहर र राजमार्गहरूमा हाँक्नको लागि बाइक निकै रोमाञ्चक छ । ती व्यक्तिहरूका लागि जो भीडबाट बाहिर निस्कनु भन्दा बढी केही चाहँदैनन् र आफ्नो मोटरसाइकललाई अनुकूलित गर्न ठूलो पैसा खर्च गर्ने विचार गर्दै छन्, उनीहरूका लागि, पेराक एक रोचक विकल्पको अगाडि आउँदछ । पेराक नेपाली बजारमा सफल हुनेछ, विशेष गरी युवाहरू र मोटरसाइकिलप्रेमीहरूमाझ सफल हुनेमा हामी विश्वस्त छौं । ” के हो जावा पेराक ? जावा चेक गणतन्त्र, पूर्व चेककोस्लोभाकियाको मोटरसाइकल ब्रान्ड हो । जसको ९० वर्ष लामो विरासतसहित जुन आफ्नो उत्कर्षका समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रो ईन्जिनियरिङ गरिएका र फरक संरचनाका मोटरसाइकलहरू निर्यात ग¥यो । यो १९६० को े प्रारम्भमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दुईवटा पक्षहरू – यसका सुन्दर डिजाइन र सबल पर्फमेन्सको चरित्रले यसले न केवल मन जित्यो तर धेरै विश्व उपाधी÷पद्वीहरू पनि जित्यो । पेराकको इतिहास पेरक नामको प्रयोग सबैभन्दा उत्प्रेरक पनि छ किनकि यो पछिल्लो शताब्दीको सबैभन्दा अन्धकारमय समयतिर फर्कन्छ जतिबेला चेकोस्लोभाकिया नाजीहरूको कब्जामा थियो र जावाको काम खतरानाक एसएसको कमान्डमा तिनीहरूका कर्मचारीका कार, डिस्प्याच बाइक र मोटरसाइकल–साइडकारको संयोजनका साथ भारी सैन्य सवारीसाधनका साथ शीर्ष अवस्थामा राखिएको थियो । यी सबैमा, गेस्टापोको नाकैमुनि जावा इन्जिनियरहरू जोसेफ जोजिल र रुडोल्फ व्यकोकलले डा. जे. फ्रेको समूह नेतृत्वमा आफ्नो टिम (गोप्यताको शपथ) बनाइ युद्धका कालो बादलहरू सधैंभरि रहन सक्दैन भन्ने बुझेर आफ्नो नयाँ मोटरसाइकल विकास गरेका थिए । चेकहरूले आफ्नो उपकेन्द्र यति प्रभावकारी ढंगले काम गरेका थिए कि उनीहरूले आफ्नो नयाँ मोटरसाइकल विकास गर्न सक्षम नभइ यसको परीक्षण पनि गरिरहेका थिए (वेहरमाच फेग्टिस् र डीकेडब्लू ब्याज लगाएर) ताकि शत्रुताको युग समाप्त भएपछि, युद्धपछि युरोपमा पूर्णत नयाँ बाइकका रूपमा जावा पहिलो हुन तयार थियो । यस बाइकलाई पेराक नाम दिइएको थियो र यसले त्यहाँबाट चेक मोटरसाइकलका लागि सफलताको लागि जग बसाल्यो । क्लासिक लिजेन्ड्भित्र डिजाइन टोलीद्वारा अधिकांश त्यही विधिहरू प्रयोग गरिएको थियो जुन क्लासिक मोल्डभन्दा अलि पर रहेर एकभन्दा अधिक तरिकाबाट सुक्ष्म ढंगले जाभाका लागि बनाइएको थियो । यो लामो छ, स्क्वाटर र यसका क्लासिक जोडीदार मोटरसाइकलहरूको तुलनामा यसमा पूरै फरक रुप छ । यसको पछाडिको डिस्क ब्रेक (रेयर डिस्क ब्रेक) पनि मानकको रूपमा आउँदछ जबकि साइड प्यानल र कस्टम श्राउडहरू फरक छ, जस्तो कि अगाडि र पछाडि मडगार्डहरू फरक हुन्छन् । म्याट ब्ल्या र ग्रे फिनिस प्लसका साथ ती गोल्डन पिनस्टे प्सले जावा परम्परालाई अगाडि बढाउँछन्, जबकि, तैरिँदो छालाको सिट (फ्लोटिङ लेदर स्याडल) कलाको वास्तविक काम भएजस्तो देखिन्छ । ट्यांकीमा रहेको परेका शब्द, एउटा स्पष्ट कलात्मक स्क्रिप्तमा नामांकित गरिएको छ, जुन नाम बनाउने पाँचमध्ये दुई अक्षर उल्मायुटमुनि छन् । कन्सेप्त बाइककमा अत्याधिक ध्यान दिइने स्ल्यासकट टेल सीधै खुल्ला निकास पाइपहरूमा समाप्त हुन्छ, अझै जुन शोरुम बाइकहरुमा देखिन्छ ।
शुरु भयो यामाहाको एक्स्चेञ्ज मेला, एक्स्चेञ्जमा नगददेखि टेष्ट राईडमा हेलिकोप्टर यात्रासम्मको अवसर
काठमाडौं । यामाहा नेपालले आज (चैत ५ गते) देखि महा एक्स्चेञ्ज मेला शुरु गरेको छ । यामाहाले काठमाडौंको भृकुटीमण्डपमा आजदेखि चैत ११ गतेसम्म उक्त मेला गर्न लागेको हो । मेलामा यामाहाले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकलहरुका लागि प्रचलित बजार मूल्यमा १५ हजार रुपैयाँ थप मुल्यांकन गर्नेछ । यसका अतिरिक्त यामाहाले यामाहा बाइक तथा स्कुटरहरुको खरीदमा कम मासिक किस्ता, शुन्य प्रतिशत ब्याजदर र कम डाउनपेमेन्ट लगायतका विशिष्ट अफरहरुका साथ “अन द स्पट फाइनान्सिङ्ग” को सुविधा समेत उपलब्ध गराएको छ । साथै यस मेलाका आकर्षणहरुमा यामाहा ब्राण्डका बाइकहरु तथा स्कूटरहरु खरीद गर्दा स्योर शट नगद छुटमा १० हजार रुपैयाँ र चलाउँदा लगाउने सामग्रीहरु जित्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, टेष्ट राईड गर्ने भाग्यशाली विजेताहरुले हेलिकोप्टर यात्राको अवसर पनि पाउन सक्ने छन् । त्यसैगरी, यामाहा नेपालले अवलोकनर्ताहरुलाई निःशुल्क बाइक चेकअप र निःशुल्क सफाईको अफर पनि दिएको छ, यो अफर जुनै ब्राण्डका बाइकहरुका लागि खुला गरिएको छ । महामेलाको थप आकर्षणमा राइडिङ्ग प्रतियोगिता, डोर पुरस्कारहरु, दैनिक क्वीजहरु, र अवलोकनमा आउनेलाई अपूर्व अनुभूति प्रदान गर्न नेपाली मनोरन्जन क्षेत्रका धेरै चर्चित हस्तीहरुसँग भेट गर्ने अवसर पनि प्रदान गर्नेछ । यसका साथै अवलोकनकर्ताहरुले एक्स्चेञ्ज मेलाको दौरान प्रदर्शनीका लागि राखिने सुपर बाइकहरु पनि हेर्न पाउनेछन् । ”हामी यो मेलाको आयोना गर्न पाएकोमा हर्षित छौं । यो बाइकधनीहरुका लागि एफआइ इन्नि बाइकमा स्तरोन्नति गर्ने र आफ्नो स्वामित्वको बाइक तथा स्कूटरहरुको उत्कृष्छ मुल्य प्राप्त गर्ने स्वर्णिम अवसरको मेला हो । हामी विश्वस्त छौं कि यो एक्स्चेञ्ज मेलाले हाम्रा आदरणीय ग्राहकहरुलाई उत्कृष्ट डिलहरु गर्ने अवसर प्रदान गर्नेछ ।”, मेलाको बारेमा जानकारी दिँदै यामाहा मोटर्सका सीईओ चिरञ्जीवी शाहले भने ।
नेपालमा केटिएम २५० एड्भेन्चर बाइक लन्च, मूल्य ७ लाख ४९ हजार ९ सय रूपैयाँ पर्ने
काठमाडौं । केटिएमले बहु प्रतिक्षित केटिएम २५० एड्भेन्चर बाइक लन्च गरेको छ । देशभरका केटिएमका डिलरमा यसको बुकिङ्ग खुला गरिएको छ । कम्पनीले केटिएम विश्वको एक नम्बर मोटरसाइकल दावी गरेको छ । यसको मूल्य ७ लाख ४९ हजार ९ सय रूपैयाँ तोकिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक लन्च गरेको हो । कम्पनीले यस अघि केटिएम ३९० एड्भेन्चर लन्च गरेको थियो । एड्भेन्चर बाइकिङ्गका लागि नयाँ मोडलको मोटरसाइकल लन्च गरिएको हो । उत्कृष्ट ह्यान्डलिङ र ईञ्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटिएमको नवीनतम एडिसन हो । यसको वृहत डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर निर्मित गरिएको छ । केटिएम २५० एड्भेन्चरमा २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन छ । यसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डेलिभरी प्रदान गर्दछ । इलेक्ट्रोनिक फ्यूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कमा प्रदर्शन संख्या बढाउन मद्दत गर्छ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (पास्क) ले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्छ । यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिङ र डाकार र्याली हेरिटेज अपनाउछ । उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटिएम २५० एड्भेन्चर, डब्ल्युपि एपेक्स सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने WP APEX अपसाइड–डाउन ४३ mm अगाडिको फोर्कमा १७७ mm ट्राभल रेन्ज हुन्छ । ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक BYBRE ब्रेक्समा ४–पिस्टन र्याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० mm रियर ब्रेक डिस्क र लार्ज ३२० mm फ्रन्ट ब्रेक डिस्क हुन्छ । बोशको अत्याधुनिक ABS प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साघुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ । १४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने BS6 ईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ । ‘भर्खरैका वर्षहरूले हामीले एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएका छन् । बाह्य अन्वेषणमा रुचि बढ्दो छ ।’ हन्सराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडका ए.जी.एम बिजय मोक्तानले भने, ‘हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको छ ।’ यसमा नवीनतम प्रविधिको साथ टप–स्पेक कम्पोनेन्टहरूको संयोजन गरेर निर्मित केटिएम एड्भेन्चर २५० ले द्रुत गतिले बढ्दै गरेको एड्भेन्चर क्षेत्रमा आफ्नो छुट्टै मापदण्ड तय गर्दछ ।