फोटन पिकअपका लागि एमएडब्लु वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम

काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकलले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ । यो योजना अन्तर्गत टुनल्यान्ड ई पिकअप बिक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैले निश्चित मूल्यमा किन्नेछ । नेपालमा फोटनका उत्पादनको विश्वसनीयताको परीक्षण सन् २०१९ देखि हुँदै आएको छ । ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले यस्तो विशेष योजना ल्याएको हो । फोटन पिकअपको उच्च विश्वसनीयताले रिसेल बजारमा पनि यसको भ्यालु दमदार रहनेछ । ‘हाम्रा उत्पादनमाथि हाम्रो विश्वासकै कारण हामीले हाम्रो ब्रान्डलाई अँगाल्न यो अभुतपूर्व योजना ल्याएका हौं । ‘हामीलाई विश्वास छ, आउँदा वर्षहरुमा हाम्रो पिकअपको भ्यालु उच्च रहनेछ । यसलाई विश्वस्त तुल्याउन हामीले बाई ब्याग स्किम ल्याएका हौं,’ एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले भने । याेसँग एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रुपमा तीन लाख रुपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्ट्यान्स र पाँच वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा गरेको छ । २.८ लिटरको इनलाइन ४ सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड हाई प्रेसर कम रेलसहितको टर्बोचार्ज र इन्टरकुल फोरवाइड र ५ स्पिड म्यानुअल ट्रान्समिसन इन्जिन भएको टुनल्यान्ड ईले ३६०० आरपीएममा ८५ किलोवाट र २४०० आरपीएममा २८० एनएम टर्क उत्पन्न गर्छ । एक टन पेलोड क्यापासिटी भएको टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर रहेको छ जुन क्लासमै सर्वोत्कृष्ट हो । फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।

भेष्पा कस्टमर रिक्रियसन राइड सम्पन्न

काठमाडौं । दुगड ब्रदर्स एंड संसकाे शनिबार सय कस्टमर रिक्रियसन राइड सम्पन्न भएकाे छ । भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बिचसम्म सय कस्टमर रिक्रियसन राइड सम्पन्न भएकाे हाे । भेष्पाको लागि नेपालको आधिकारिक विक्रेता हाे दुगड ब्रदर्स एंड संस । ‘राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको छ,’ कम्पनीका उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।  

आइएमई मोटर्सको गाडी किन्न समृद्धि फाइनान्सबाट सहुलियपूर्ण कर्जा पाइने

काठमाडौं । आइएमई मोटर्सका गाडि किन्न समृद्धि फाइनान्सबाट सहुलियपूर्ण कर्जा पाइने भएको छ । सो सम्बन्धी आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त पत्रमा आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यसै अनुरुप फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा विक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । प्रधान कार्यलय हेटौडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौडा सहित नारायणघाट, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यालयहरु रहेका छन् । एलसीभी सेगमेन्ट अन्तर्गत दोस्त मोडलका सवारी साधनहरु विभिन्न प्रयोजन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल-टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।