जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक गरेको छ । नयाँ मेसिनलाई नेपाल इट्टा उद्योग महासंघका कोषाध्यक्ष कृष्ण अवाले र हिरा ब्रिक्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हिराकाजी श्रेष्ठले संयुक्त रुपमा भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन् । जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ ७ र ११ मिटर गरी दुई भेरियन्टमा उपलब्ध छ । यस नयाँ मेसिनमा साइड इन्जिन, साँघुरो च्यासिस, ग्लास डोर, क्याबमुनिको फ्युल ट्यांक, ब्याट्री कम्पार्टमेन्ट, लिफ्ट यार्मजडित सिंगल बुम जस्ता फिचर छन् जसले हाइड्रोलिक साइकल टाइममा २८ प्रतिशत सुधार गर्नुका साथै उत्पादकत्वमा ३३ प्रतिशत वृद्धि गर्छ । यसमा इन्जिनलाई साइडमा सारिएको छ जसले ध्वनीलाई काम गर्नुका साथै अपरेटरलाई सहज बनाउँछ । त्यसैगरी, हाइड्रोलिक ट्यांकलाई पनि पछाडि सारिएको छ जसले मेसिनको सन्तुलनलाई राम्रो बनाउँछ । यस नयाँ मेसिनमा ‘क्विक हिच्’ रहेको छ जसले बकेट परिवर्तन गर्न र एट्याचमेन्टहरु परिवर्तन गर्न सहज बनाएर मेसिनको पर्फर्मेन्समा तीव्रता ल्याउँछ । कम्पनीकाे अनुसार यी विशेषताहरुका कारण नयाँ जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ले ग्राहकको अपेक्षा पुरा गर्नुका साथै नेपाली निर्माण उपकरण बजारमा गेम चेन्जर साबित हुनेछ । कम्पनीकाे अनुसार यस नयाँ मेसिनको डिजाइन र पर्फर्मेन्स जेसीबीको ग्लोबल मापदण्डमा आधारित रहेकाे छ । अत्याधुनिक प्रविधिमा आधारित यो मेसिनलाई जेसीबीको ‘फ्युचरिस्टिक मेसिन’ मान्न सकिन्छ ।

भक्तपुरकाे सूर्यविनायकमा अग्नि ग्रुपकाे नयाँ सर्भिस सेन्टर

काठमाडौं । अग्नि ग्रुपले भक्तपुर सूर्यविनायकमा सर्भिस सेन्टर खोलेको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस प्रालिले सूर्यविनायक–१०, भक्तपुरमा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर खोलेको हो । कम्पनीका अनुसार सेवा केन्द्र “भक्तपुर मोटो टेक“ त्यस क्षेत्रका लागि बालाजु अटोवक्र्सको अधिकृत सुसज्जित डिलर हो । बालाजु अटोवर्कस प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरू ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका केन्द्रित रहेकाे बताए । उक्त सर्भिस सेन्टरले ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने शर्माले बताए ।  

यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटो फिचरसहित)

काठमाडाैं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय ८० एसयूभी विक्री गर्दै आएको कम्पनीले अब नयाँ मोडल आई-अटो थप भएको छ । आई-अटोलेएक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई-अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभिहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेको एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् । इन्टेलिजेन्ट एसयूभी ग्लारी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालका कार्य गराउन सकिन्छ । यसको प्रयोगले मुख्य फोन कल एसेस सिस्टम, मिडिया कामण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ । यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटोफिचर) सम्बन्धित समाचार डिएफएसके ग्लोरी आई-अटो सार्वजनिक, यस्ता छन् गाडीका विशेषता