हार्टफार्डको आधिकारिक वितरकमा इग्निसन अटो नियुक्त, काठमाडौंमा ‘टुरिङ्ग र्याली’ गर्दै
काठमाडौं । हार्टफार्ड इण्डष्ट्रीयल कम्पनी लिमिटेडको ताईवान (चाइना) बाट उत्पादित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक वितरकमा इग्निसन अटो प्रालि नियुक्त भएको छ । इग्निसन अटो प्रालिले नेपाल भरी नै आफ्ना डिलर नेटवर्क मार्फत हार्टफार्ड (भीआर) मोटरसाइकल तथा स्कुटरहरु को बिक्री एवं बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ । हार्टफार्ड (भीआर) नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक डर्ट बाईकका रुपमा स्थापित ब्राण्ड हो । नेपाल मात्र होइन विश्वमानै कोरोनाको प्रभावले थिलथिलो भएको यस अवस्थामा इग्निसन अटो प्रालिले आफ्ना ग्राहकलाई कोरोना कालमा दैनिक जीवनयापन, व्यवसयिक गतिशिलताका विषयमा अन्तक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ २०७७ फागुन २९ गते “भीआर एक्स्प्लोरिङ एडभेन्चर” नामक “टुरिङ्ग” कार्यक्रम आयोजना गर्न गईरहेको छ । नेपालको टु व्हील कम्पनीहरु मध्येमा यस कोभिड-१९ लाई मध्यनजर गर्दै “टुरिङ्ग” कार्यक्रम सोसियल मिडियामा सर्वप्रथम घोषणा गरि आयोजना गर्ने कम्पनी इग्निसन अटो प्रालि रहेको छ । “टुरिङ्ग र्याली” २०७७ साल फागुन २९ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित हार्टफार्ड शोरुमबाट आरम्भ हुने छ । सुन्धारा-वीर अस्पातल-जमल-लैनचौर-लाजिम्पाट-महाराजगन्ज-बुढानिलकण्ठ-तारेभिर जहाँ मनमोहक दृश्यका साथ नास्थाको लागि रोकिने छ र पुन सुन्दरीजल डाम चिसापानी हुँदै भोटेचौर पुगेर खाना र मनोरन्जनका कार्यक्रमहरु गरिने छ । त्यसपछि साखु-थली-जोरपाटी-बौद्धको सर्भिस सेन्टरमा पुगि सम्पन गरिने कम्पनीले बताएकाे छ ।
टाटा मोटर्सले इटहरीमा सार्वजनिक गर्यो पाँच वटा नयाँ गाडी
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले इटहरीमा पाँच वटा नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु फागुन २८ गते शुक्रबार पुर्वाञ्चलको ईटहरीमा सार्वजनिक गरेको हो । जसको उद्घाटन नाडा एशोसियशन पुर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले गरेका हुन् । यी गाडीहरु (टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ) बि एस सिक्स प्रविधिले सम्पन्न छन् । योसँगै टाटा कम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ । यस्ता छन् टाटा मोटर्सका गाडीहरू नयाँ टियागो १२०० सीसी ईन्जिन क्षमताको नयाा टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएको छ । यसको सुरुवाती मूल्य २८ लाख रुपैयाँ रहेको छ । नयाँ टिगोर १२०० सीसी ईन्जिन क्षमताको नयाा टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पााचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । यसको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ । नयाँ नेक्सन १२००सीसी ईन्जिन क्षमता भएको नयाा नेक्सनमा इरा (इरा) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहााउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाा बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ । नयाँ अलट्रोज १२०० सीसी ईन्जिन क्षमता भएको टाटाको नयाा अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा (अल्फा) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । यसको मूल्य ३५ लाख ५० हजार रुपैयाँ रहेको छ । नयाँ एच फाईभ २००० सीसी ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट ओएमईजीएआरसी वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ । एच फाईभ विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ । सम्बन्धित समाचार २८ लाख देखि ८४ हजार रुपैयाँ पर्ने टाटा मोटर्सका नयाँ गाडीहरू यस्ता छन्
फोर्डको ईकोस्पोर्ट एसई सार्वजनिक, मूल्य साढे ४७ लाख रुपैयाँ
काठमाडौं । फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिईएको छ र यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन । ‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाईन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्धितिय वस्तुको चाहना राख्छन्, जस्तो कि ईकोस्पोर्ट,’ फोर्ड ईन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क-३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पुर्याउनेछ ।’ नयाँ सुरुचिपूर्ण डिजाईन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन् आकर्षक बनाईएको छ । यसका अलावा यस विशेष संस्करणको ईकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । ईकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्ने कम्पनीले जनाएकाे छ । टाइटानियम ईकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क-३ सूचना र मनोरञ्जन प्रर्णालीलाई एप्पल कारप्ले र एन्ड्रोईड अटोसँग एकीकृत गरेको छ । नयाँ ईकोस्पोर्ट एसईमा विश्वसनीय १.५ लिटर टीआईभीसीटी पेट्रोल ईन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ । डिजेल ईन्जिन ईकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल ईन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ । भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार ईन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिन्छ ।