विकासन्युज

जनतालाई जलविद्युतमा जोड्ने कार्यक्रम आउदैछ : मन्त्री पुन

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताएका छन् । समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले त्यसका लागी छिट्टै नयां कार्यक्रम ल्याउने घोषणा गरेका हुन् । सिंचाई दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री पुनले नेपालको पानी जनताको लगानी भन्ने नारा भएपनि जनतालाई जलविद्युतमा नजोडिएको बताए । उनले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिए । ‘देशमा नया व्यवस्था लागु भएको छ,यसलाई सफल बनाउने दायित्व तपाई हामी सबैको हो,तपाईहरुले ईमान्दारीतपुर्वक सरकारको निर्देशन पालना गर्नुहोस् ।’ मन्त्री पुनले भने । मुलुकको समृद्धी शुसासन कायम गरेर मात्र आउने भन्दै सवै कर्मचारीले कार्यशैली परिवर्तन गर्न जरुरी रहेको सुझाए ।‘तपाईहरुले आफ्नो आनिवानी र कार्यशैली परिवर्तन गर्नुहोस्,अहिले हाम्रो सामु काम गरेर देखाउनुपर्ने चुनौती छ ।’ मन्त्री पुनले भने ।  

लिक्वर्स प्रालिको रोयल च्यालेन्ज ह्विस्की बजारमा

काठमाडौं । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले नेपालको अल्को–बेभरेज उद्योग तिब्र गतिमा बिस्तार भैइरहेको बताइएको छ । द्रुत गतिमा वृद्धि भैइरहेको बजारमा राजेश वीर सिंह तुलाधरले युनाइटेड स्पिरिट्स प्रालिबाट नेपाल लिक्वर प्रालि (विगतमा युनाइटेड स्पिरिट्स नेपाल प्रालिको रूपमा परिचित) को शेयर प्राप्त गरेका समेत जानकारी गराएको छ । उनले नेपाल लिक्वर्स प्रालिमा रहेको युनाइटेड स्पिरिट्स लिमिटेड, इण्डिया (डाएजिओ पिएलसीअन्तर्गतको कम्पनी) को सबै शेयर प्राप्त गरेको जानकारी दिए । कम्पनीले आफ्नो बजार थप बिस्तार गर्दै रोयल च्यालेन्ज ह्विस्की प्रस्तुत गरेको जानकारी दिएको छ । कम्पनीका बिक्री तथा बजार प्रबद्र्धन महाप्रबन्धक राजेशप्रकाशले रोयल च्यालेन्ज ह्विस्की अमेरिकी क्यास्कहरूमा राखी, पूर्णरूपमा परिपक्व बनाई तयार पारिएको उनको भनाइ छ । ह्स्किी अनाजयुक्त ह्विस्की रहेको जनाइएको छ । रोयल च्यालेन्ज ह्विस्की स्कच र उच्चगुणस्तरीय भारतीय अनाजहरूको गहन तथा सघन मिश्रण भएको बताइएको छ । कम्पनीको अनुसार सिंह र एउटा गोलाकार पदक सहितको प्रतीक नै रोयल च्यालेन्जको निशानी रहेको कम्पनीको भनाइ छ । ब्राण्डको प्याकेजिंगले उच्चस्तरीय, उत्कृष्ट गुणस्तरको, साहसी र पौरखी प्रकृतिको छनक दिने कम्पनीको भनाइ छ । रोयल च्यालेन्जको ७५० मिलिलिटर प्याक मूल्य रु १ हजार ३६० रुपैयाँ हरेको छ । त्यस्तै ३७५ मिलिप्याकको मुल्य रू ६८० र १८० मिलिप्याकको मुल्य ३४० रुपैयाँ तोकेको छ । नेपाल लिक्वर्स प्रालि अन्तर्गत विभिन्न लोकप्रिय ब्राण्डहरू समेटिएको बताइएको छ । जसमा एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, म्याक्डोवल्स नम्बर वन ह्विस्की, म्याक्डोवल्स नम्बर वन सेलेब्रेसन रम र ब्लु रिवाण्ड जिन रहेको छ ।

जिससका सबै स्थायी कर्मचारी सिधैं स्थानीय तहमा समायोजित हुन सामान्य प्रशासनकाे निर्देशन

काठमाडौं । जिल्ला समन्वय समितीमा कार्यरत रहेका कर्मचारीहरु सिधै स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितीको कर्मचारी सिधैं स्थानीय तहमा समायोजन गर्न लागेको हो । कर्मचारी व्यवस्थापन ऐनको दफा १४ १ अनुसार समन्वय समितीको सम्पुर्ण स्थाई कर्मचारी स्वत स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ । यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दुरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितीले बुझाउनु पर्नेछ ।  

माछापुछ्रे बैंकले भिसा चिप कार्ड प्रयोगकतालाई १० प्रतिशत क्यास ब्याक दिने

काठमाडौं । माछापुछ्रे बैंकले नयाँवर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा रु. १००० ग्राहकको खातामा फिर्ता गर्ने कम्पनीले बताएको छ । कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकले जनाएको छ । ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था मिलाएको बैंकको भनाइ छ । बैंकको अनुसार अफर सीमित अवधिको लागि ल्याइएको हो । अफरबाट ग्राहकले अत्याधिक लाभ लिन सक्नेछन् । अफर चिप कार्डमा मात्र लागू भएकोले बैंकले चिप कार्ड नभएका ग्राहकहरुलाई आफ्नो कार्डलाई चिप कार्डमा परिवर्तन गर्न समेत आव्हान गरेको छ । नयाँ वा पुराना ग्राहकले नजिकको शाखाबाट तुरुन्त चिप कार्ड पाउने व्यवस्था समेत मिलाइएको बैंकको भनाइ छ । बै‌कको मुलुकभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बैंकिङ सेवा गरि ८० स्थानबाट ग्राहकहरुलाई सम्पूर्ण सेवा प्रदान गरिरहेको छ । साथै ८६ वटा एटीएमबाट समेत बैंकको सेवा प्रवाह भइरहेको जानकारी दिइएको छ ।  

बीमासहित सिजीमोबाइल्सले ल्यायो आकर्षक ओमेगा सिरिजको स्मार्टफोन, मुल्य १३ हजार

काठमाडौं । सिजी मोबाइल्स प्रालि चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी इलेक्ट्रोनिक्स ब्राण्डले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ । स्मार्टफोनमा २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिंग सिस्टम समावेश गरिएको छ । जसमा ५.५ इन्चको एचडी–आईपीएस डिस्प्ले रहेको छ । डिस्प्ले १८ः९ रेसियो फुल भ्यूमा छ । फोटोग्राफीका लागि फोनमा रहेको उत्कृष्ट क्यामरा मध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ । सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको कम्पनीको भनाइ छ । त्यस्तै फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज हुने जनाएको छ । १६ जीबीको आन्तरिक स्टोरेज (रोम) मा प्रयोगकर्ताहरुले आफूले माइक्रो एसडी कार्डको सहयोगले फोनको स्टोरेज १२८ जीबीसम्म थप गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीकोअनुसार फोनमा ३ हजार एमएएचको ब्याट्री ब्याकअप रहेको छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ माजी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर राखिएको छ । स्टेट अफ आर्टमा आधारित आकर्षक देखिने फोनलाई १८ः९ फुल भ्यू डिस्प्लेले थप सुन्दर बनाएको जनाएको छ । फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गुगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु रहेको बताइएको छ । उक्त स्मार्टफोन ओमेगा ८ को मूल्य कम्पनीले १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीले सेट एक वर्षको बीमासहित उपलब्ध गराएको जानकारी दिएको छ । सिजी मोबाइल्सका सर्भिस सेन्टर नेपालभर रहेको कम्पनीको भनाइ छ ।

घरमै बसेर डिग्री पढ्न ६०० विद्यार्थीले दिए खुला विश्वविद्यालयमा आवेदन, चाप बढेपछि थपियो समय

  काठमाडौं । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ६०० विद्यार्थीले आवेदन दिएका छन् । धेरै विद्यार्थीबाट समय थप गर्न अनुरोध आएपछि विश्वविद्यालयले फारम बुझाउने मिति थप गरेर वैशाख ५ गते सम्मलाई तोकेको हो । विश्वविद्यालयले चैत २१ गतेसम्म फारम बुझाउने अन्तिम दिन तोकेपनि विद्यार्थीको चासो धेरै बढेपछि म्याद थप गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माले बताए । खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विधार्थीले भर्ना हुन इच्छा देखाएपछि म्याद थपिएको उनले जानकारी दिए । विश्वविद्यालयले घरमै बसेर अनलाइनमार्फत स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न भर्ना खुलाएको छ । एमफील इन आईसीटी, मास्टर्स इन ई–गर्भनेन्स, एमफील इन सोसल साइन्स, एमफील इन एजुकेसन, डिप्लोमा इन लाइबे्ररी एन्ड इन्फरमेसन म्यानेजमेन्ट, पोस्ट ग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई–लर्निङ मा भर्ना खुलाएको हो । भर्ना फारमका लागि विश्वविद्यालयले १ हजार रुपैयाँ दस्तुर लिएको छ । यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे र विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षिय लागि भर्न खुला गरेको हो । उनकाअनुसार विश्वविद्यालयले वैशाख १५ गते प्रवेश परीक्षा लिने कार्यतालिका तय गरेको छ । प्रवेश परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पसमा हुनेछ । ई–सेवाबाट पनि भुक्तानी गर्ने व्यवस्था मिलाएका विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीमा स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिने व्यवस्था गरेकाे छ ।

हुवावेको फेस अनलगसहितको वाइ९ र वाइ ७ प्रो स्मार्टफोन सार्वजनिक, शुरुवाती मुल्य २० हजार ९००

काठमाडौं । हुवावेले नेपाली बजारमा वाइ सिरिजको दुई परिमार्जित स्मार्टफोनहरु सार्वजनि गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोनहरु आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो । हुवावेले  सार्वजनिक गरिएका फोनहरु वाइ रेन्ज बिधाका  उत्कृष्ट  भएको बताएकाे छ । पहिलाे वाइ ९ -२०१८ मध्ये रेन्ज विधाको ज्यादैनै उत्कृष्ट फोन भएको कम्पनीको दावी छ । यसमा अगाडी पछाडी गरि इन्टलिजेन्ट ४ क्यामेरा जडान गरिएका छ । क्यमेराको इफेक्ट फिचर र सुरक्षित स्मार्ट फेस रेकग्नायजेशन छ । यसमा १३ र २ मेगापिक्सेलको पछाडी भने, १६ र २ मेगापिक्सेल भएको अगाडी सेल्फी क्यामेरा जडान गरिएको छ । ती क्यामेराहरुबाट कम उज्यालोमा पनि सेल्फी टोनिङ फ्ल्यासको प्रदान गर्दछ । क्यामेराहरु उत्कष्ट फोटो लिन सकिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार सो फोन ठूलो स्क्रीनको साथ ४ हजार एमएएच शक्तीशाली ब्याट्री रहेको छ । साथै ३ जिबी र्र्याम, ३२ जिबी रोम, इएमयुआइ ८.० अपरेटीङ सिस्टम रहेको फोनमा ट्रिपर स्लट रहेको छ । जसमा डुवल सिमको विशेषताका साथ मेमोेरी कार्डको लागि छुट्टै स्लट छ । सार्वजनिक गरिएकाे दोस्रो  वाइ७ प्रो २०१८ लाई कम्पनीले डुवल क्यामेरा एक्स्पर्ट फोनको रुपमा बजारमा ल्याएको छ । युवाहरुलाई फोकस गरेर सार्वजनिक गरेको सो मोबाइल आकर्षक डिजाइनको साथै इन्टेलिजेन्ट डुअल रिअर क्यामेरा सेटअप र टोनिङ फ्ल्यासको साथमा ल्याइएकाे छ । वाइ ७ प्रोमा १३ र २ मेगापिक्सेलको डुअल रिअर क्यामरा भने ८ मेगापिस्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । क्यामेराले लाईट पहिचान गरि होशियारीपपूर्वक ब्राईट्नेसको स्तरलाई मिलाएर प्राकृतिक देखिने सेल्फी खिच्न मद्दत गर्दछ । साथै उक्त फोनमा सबैभन्दा सुरक्षित फेस अनलकको समेत व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । जसमा अत्याधुनिक सेक्युरिटी एलगोरिद्म समावेश गरिएको छ । फोनको अन्य विशेषतामा ट्रिपल सिम स्लट, ५.९९ इन्चको एचडी प्लस, फुल भ्यु डिस्प्ले लगायत रहेको छ । कम्पनीले पहिलो वाइ ९ को बजार मुल्य २५ हजार ९ सय भने, दोस्रो वाइ७ प्रोको मुल्य २० हजार ९०० रुपैयाँ तोकेको छ ।

लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिए, यस्तो छ कारण

काठमाडौं । सेयर बजार बढेपछि लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिएका छन् । आइतबार सबैभन्दा बढी नविल बैंकको कारोबार भएको छ । नविलको प्रतिकित्ता ९९९ मा ३ करोड १४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पछिल्लो केही सातायता नविल बैंकको सेयर बढी किनबेच भइरहेको छ । आइतबार मात्रै नविलको सेयर प्रतिकित्ता २९ रुपैयाँ बढेको छ । गत बिहीबार बैंकको सेयर मूल्य ९७० रुपैयाँ थियो । कारोबार रकम बढेसंग सेयर मूल्य पनि वृद्धि भएको हो । वित्तीय अवस्था मजवुत भएको र लगातार राम्रो प्रतिफल दिदै आएकोले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने अनुमानका आधारमा नविलको सेयर कारोबार बढेको हो । नविलको सेयर मूल्य सस्तो हुनुका साथै आगामी दिनमा बढ्ने अनुमान गर्दै लगानीकर्ताले होल्ड गरेका हुन् । नविलको सेयर मूल्य बढ्नुमा राम्रो प्रतिफल र सस्तो सेयर मूल्य मुल कारण भएको लगानीकर्ताको भनाई छ । नविलपछि प्रभु इन्स्योरेन्स कम्पनी लिमिटडको कारोबार बढी भएको छ । प्रभुको प्रतिकित्ता ६५२ रुपैयाँमा २ करोड ६६ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । प्रभुले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदनपछि सेयर किन्नेको संख्या बढेको हो कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस्तै एभरेष्ट बैंकको प्रतिकित्ता ८०७ रुपैयाँमा सेयर सेयर किनबेच भएको छ । आइतबार एभरेष्टको २ करोड ४३ लाख १५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।