उन्नति माइक्रोफाइनान्सको अध्यक्षमा अनिता ढुङ्गाना, सञ्चालकमा चार जना नियुक्त
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा अनिता ढुङ्गाना शाह नियुक्त भएकी छिन् । असार ९ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई संस्थाको अध्यक्षको पदमा नियुक्त गरेको हो । साथै, बैठकले सञ्चालकमा चार जनालाई नियुक्त गरेको छ । संस्थाको सञ्चालकमा खड्गबहादुर राना, लोकनाथ नेपाल, मनोज उपाध्याय र तुलसीराम खनाल नियुक्त भएका छन् । संस्थाले आगामी साधारणसभासम्मका लागि तुलसीराम खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
केरुङ-काठमाडौं रेल मार्ग माओत्सेतुङको सपना थियो, सि जिनपिङले पुरा गर्छन: ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केरुङ–काठमाडौं रेलमार्ग समाजवादी चीनका संस्थापक माओत्सेतुङकै सपना भएको बताएका छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा रेल पुर्याउने सपना माओत्सेतुङले नै देखेको र त्यसलाई सि जिनपिङले पुरा गर्ने प्रतिवद्धता जनाएको बताएका हुन् । ओलीले केरुङ–काठमाडौं रेलमार्गका सम्बन्धमा सञ्चारकर्मीले राखेको प्रश्न दिईरहका बेला परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले ओलीलाई कानमै पुगेर माओत्सेतुङकै सपना भएको बताएका थिए । ‘ चेयरम्यान माओले पनि यो कुरा भन्नु भएको थियो, अहिले जिनपिङले पुरा गर्र्छु भन्नु भएको छ ।’, ओलीले भने । ओलीले जोसँग पैसा छ उसैले केरुङ–काठमाडौं रेलमार्गमा लगानी गर्ने पनि स्पष्ट पारे । ‘जोसँग पैसा छ उसैले लगानी गर्ने हो, पैसा नहुनेले लगानी गर्नु पर्दैन् । पहिले पुर्व सम्भाव्यता अध्ययन गरौं । त्यसपछि लगानीको कुरा गरौँला ।’, ओलीले भने । ओलीले रेलमार्गको निर्माण विश्वकै जटिल प्रोजेक्ट भएकाले हतार भन्दा पनि परिपक्क ढंगले काम गर्न चाहेको बताएका थिए । ‘हामीलाई थाहा छ हिमाली भागमा रेल सहज छैन् । तिब्बति पठार उचाईमा भए पनि अलि लामो छ । हामी तिर एकै पटक उचाईबाट तल आउनु पर्छ । त्यसकारण केहि समय लाग्छ । रेलमा हतारो भन्दा परिपक्क ढंगले काम गर्नु पर्छ ।’, ओलीले भने । उनले विस्तृत अध्ययन गरेर केहि बर्षभित्र रेल बनाउन लागिपर्ने जानकारी पनि दिए । ‘राष्ट्रपति सिले वार्ताका क्रममा काठमाडौं रेल पुर्याउने योजना सुनाउनु भएको छ, संयुक्त वक्तव्यमा पनि त्यो कुरा समेटिएको छ’, ओलीले भने । चिनियाँ राष्ट्रपति सि जिनपिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएको पनि ओलीले जानकारी दिएका थिए ।
बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १३.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७३.७३ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता ३६८.३७ रुपैयाँ रहेको थियो ।
तरलतामा राष्ट्र बैंक र बैंकरको जुहारी, किन घट्यो अन्तर बैंक ब्याजदर ?
काठमाडौं । असार सुरु भएयता बैंकिङ प्रणालीमा तरलता बढेपछि अन्तर बैंक ब्याजदर २.६ प्रतिशतमा झरेको छ । बैंकमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदरमा भारी गिरावट आएको हो । आइतबार बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर घटेपछि राष्ट्र बैंकले आज आइतबार मुद्धति निक्षेप उपकरणबाट बैंकबाट १० अर्ब रुपैयाँ उठाउदै छ । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजमा बैंकबाट सो रकम उठाउन लागेको हो । यो रकम असार २४ गते आइतबार परिपक्व हुनेछ । असारमा विकास गतिविधी बढी हुने भएकाले सरकारको खर्च बढी हुदा बैंकिङ प्रणालीमा तरलता बढ्ने गरेको छ । असार लागेपछि बैंकिङ प्रणालीमा पैसा छ्यालब्याल भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । तरलता बढेर अन्तर बैंक ब्याजदर तल्लो बिन्दुमा पुगेपछि आज आइतबार बजारबाट पैसा तान्न लागेको उनले बताए । बजारमा तरलता बढेकाले बैंकले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाउनु पर्ने उनको भनाई छ । अन्तर बैंक ब्याजदर औसत २.८ प्रतिशत रहेको उनले बताए । केन्द्रीय बैंकले यसअघि ३ पटक गरे झण्डै ८ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ । यता सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुल्सीराम गौतम बाहिर हल्ला भएको जस्तो तरलताको अवस्था सहज नभएको बताउछन् । बजारमा सुनिएको जस्तो बढेको पनि छैन र अप्ठेरो पनि नभएको उनले जानकारी दिए । “राष्ट्रिय वाणिज्य बैंकलगायत अन्य केही बैंकमा बढी भएको होला तर हाम्रो बैंकमा त्यस्तो अवस्था छैन्” उनले भने । खर्च हुने अन्तिम महिना भएकाले बढ्ने उनको भनाई छ । मुद्धतिको ब्याजदर बढेर १२.५ प्रतिशत नाघेपछि राष्ट्र बैंकको दवावमा बैंकहरुले भद्र सहमति गरेका छन् । जसअनुसार व्यक्तिगत मुद्धतिमा ११ र संस्थागत १० प्रतिशत कायम गरेका छन् । यस्तै साधारण वचतमा ७ प्रतिशत दिने भएका छन् । ब्याजदर करिडोर नीतिअन्र्तगत अन्तर बैंक ब्याजदर ५ प्रतिशत कटेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र बढी भएमा उठाउने गर्छ ।
विद्यासुन्दर शाक्यको स्मार्ट सिटी योजना, अब ठमेलसहित ४२ स्थानमा फ्रि वाईफाई
काठमाडौं । काठमाडौं महानगरपालिकाले फ्रि वाइफाई सेवालाई ४२ स्थानमा पुर्याउने तयारी गरेको छ । ३६ स्थानमा फ्रि वाईफाइ सेवा प्रदान गर्दै आएको महानगरले सेवा विस्तार गरी ४२ स्थानमा सेवा दिने तयारी गरेको हो । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्ने अन्तिम तयारी गरेको महागरका सार्वजनिक महाशाखा प्रमुुख महेश काफ्लेले बताए । अब मेयर विद्यासुन्दर शाक्य चीन भ्रमण सकि नेपाल आएपछि सेवाको उदघाटन हुने काफ्लेले जानकारी दिए । फ्री वाइफाई उपलब्ध हुने क्षेत्रहरु हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्ध, बालाजु र शंखपार्क क्षेत्रमा सबै प्राविधिक काम सकिइसकेको वल्र्ड लिकंका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिए । उनका अनुसार ६ स्थानमै परिक्षण समेत भैसकेकोले अब महानगरको सहकार्यमा उद्घाटन हुनेछ । निशुल्क वाइफाइ सेवा उपलब्ध गराउन काठमाडौं महानगर र इन्टरनेट सेवा प्रदायक वल्र्ड लिकं कम्युनिकेसनबीच गत चैत १८ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा ६० दिनभित्रमा सेवा शुरु गर्ने भनिए पनि तोकिएकै समयमा सेवा शुरु गर्न नसकिएको महानगरका ध्रुब काफ्लेले बताए । उनका अनुसार रााजधानीको पर्यटकिय क्षेत्र ठमेल, नारायण चौर र नयाँ बसपार्कमा सेवा विस्तार गर्ने तयारी गरेको छ । यस आयोजनामा महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्ने छैन । आर्थिक तथा प्राविधिक पक्ष सबै वल्र्ड लिकंले व्यवस्था गरेको हो ।यी क्षेत्रका वासिन्दा प्रत्येकले दिनमा ३० मिनेट फ्रि वाइफाई चलाउन पाउनेछन् । वाइफाई मोबाइलमा अटोमेटिक कनेक्ट हुनेछ । वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् । अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् । प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंख पार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् । सेवामा सवैको पहुँच पुगोस् भन्ने दृष्टिले एक पटक वाइफाइ चलाउनेले ३० मिनेट सेवा लिइसकेपछि सिस्टमले उसलाई त्यसदिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाइन्टबाट सेवा लिन सक्नेछ ।
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आईपुगेका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए। रासस
सुर्या लाइफले १०ः०७ कित्ता हकप्रद सेयर जारी गर्ने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० बराबर शुन्य ७ हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको असार ८ गते बसेको २१६ औं सञ्चालक समिती बैठकले १०ः ०७ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल बाडफाँटको चरणमा रहेको ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनल् १०ः ०७ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बीमा समितिको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा हकप्रद सेयर पाउनेछन् ।
मौद्रिक नीतिको चुनौति
सरकारले गत जेठ १५ गते ल्याएको बजेटलाई टेकेर नेपाल राष्ट्र बैंकले पनि आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै छ । केन्द्रीय बैंक अहिले सघन रुपमा मौद्रिक नीतिको तयारीमा जुटेको छ । विभिन्न सरोकारवालासंग छलफल गरिरहेको छ । मौद्रिक नीतिको मूल दुई कार्यभार हुने गरेको छ । पहिलो सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्नका लागि आवश्यक पुँजीको व्यवस्थापन र अर्को मूल्यवृद्धिलाई वान्छित सीमा भित्र राख्नु । यही दुई पक्षलाई केन्द्रविन्दुमा राखेर केन्द्रीय बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यो लक्ष्य पुरा गर्न थप ५०० अर्ब रुपैयाँ लगानी विस्तार हुनुपर्ने छ । पछिल्ला २ वर्षको अवस्थालाई हेर्ने हो भने दोस्रो त्रैमाशदेखि बैंकिङ प्रणालीमा तरलता न्युन भएर बैंकहरुले लगानीयोग्य पुँजीको चरम अभाव खेप्नु परेको छ । लगानीयोग्य पुँजीको माग यति बढेको छ की नेपालको बैंकिङ प्रणालीले धान्न सकेको छैन् । १० महिनाको कर्जा लगानी र निक्षेप परिचालनको अवस्था हेर्दा १०० अर्ब रुपैयाँ हाराहारीमा निक्षेप भन्दा बढी कर्जा लगानी भएको छ । अधिकाँश बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात ७८ माथि नै छ । यस्तो अवस्थामा थप लगानी गर्न सक्ने अवस्थामा बैंक छैनन् । कर्जा विस्तार रोकिएपछि स्वभाविक रुपमा यसको असर अर्थतन्त्र विस्तारमा परेको छ । लगानीयोग्य पुँजीको अभावलाई टार्न केन्द्रीय बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशबाट ऋण लिन खुला गरेको छ । यो व्यवस्थाअनुसार बैंकहरुले ७८ अर्ब रुपैयाँसम्म ऋण लिन सक्ने देखिन्छ । तर परिवत्र्य मुद्रा जोखिम व्यहोर्ने हेजफण्ड नहुदा बैंकले अहिले डलरमा हैन भारुमा विदेशी लगानी ल्याउने वातावरण बनाउन केन्द्रीय बैंकलाई गुहारीरहेका छन् । आधा दर्जन बैंकले ऋण ल्याउन विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगमसंग प्रारम्भिक सम्झौता समेत गरिसकेका छन् । ब्याजदर चुलिएको र अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ उकालो लागेको अवस्थामा आगामी वर्ष मुद्रास्फिती साढे ६ प्रतिशतको सीमाभित्र राख्न चुनौतिपूर्ण हुनेछ । यो वर्षसम्म मुद्रास्फिती वान्छित सीमा भन्दा तल रहेपनि आगामी वर्ष बढ्ने संकेतहरु देखिईसकेको छ । अर्को कुरा मौद्रिक नीति मार्फत चुुलिँदो व्यापार घाटा न्यूूनीकरण, वित्तीय क्षेत्रमा देखिएको असन्तुलन हटाउन, दीर्घकालीन ब्याजदरमा देखिएको उतारचढावलाई न्यूूनीकरण, साना तथा मझौला उद्योगहरुमा कर्जा बढाउने, वित्तीय पहुँच तथा वित्तीय समावेशीता अभिवृद्धि गर्न, सबै स्थानीय निकायमा बैंक स्थापना, सबै नेपालीको बैंक खाता, मुद्रा बजार र पुुँजी बजारबीच तालमेल मिलाउनु कम चुनौतीपूण छैन् । यस्तै सहकारी संस्थाहरुको सुुपरिवेक्षण व्यवस्थापन कसरी गर्ने ? भन्ने कुरा आगामी मौद्रिक नीतिले सम्बोधन गर्ने अपेक्षा छ । विगत २ वर्षको वित्तीय असन्तुलनले नेपालको बैंकिङ क्षेत्रलाई असन्तुलित बनाएको छ । असार लागेपछि तरलता हुने र केन्द्रीय बैंकले रिभर्स रिपो उपकरणमाफर्त तरलता प्रसोचन गर्ने र मंसिर लागेपछि तरलतामा कमी आई लगानी गर्न पुँजी नहुने अवस्थाले ब्याजदर वृद्धिमा चाप परेको छ । २ वर्षको तुलनामा कर्जाको ब्याजदर दोब्बर भएको छ । यसले गर्दा आयोजनाको लागत बढेको छ भने कतिपय परियोजना आर्थिक रुपमा संभाव्य नदेखिएपछि अघि बढन सकेका छैनन् । आगामी वर्षदेखि लगानीयोग्य पुँजीको अभावको समस्या नआउने मौद्रिक नीति तर्जुमा हुनु जरुरी छ । कृषिलगायत उत्पादनमुलक र बढी रोजगारी दिने क्षेत्रमा कर्जा विस्तार गर्न ध्यान दिनुपर्ने देखिन्छ ।