विकासन्युज

संस्थापकले समेत नेपाल बैंकको एफपीओलाई पत्याएनन्, अब ८ वटा अण्डरराइटरले २३२ करोड सकार्ने

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) लाई संस्थापकले पनि पत्याएनन् । गत मंगलबारदेखि बिहीबारसम्म ३ दिन संस्थापक लगानीकर्तालाई एफपीओ खरिदका लागि खुला गरिएकोमा आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । सोमबारसम्म २३ हजार ६२२ आवेदकबाट २ अर्ब ६२ करोड ३६ लाख ७० हजार रुपैयाँ बराबरको एफपीओ मात्र बिक्री भएको सिद्धार्थका मर्चेन्ट बैंक प्रमुख सुजन अधिकारीले बताए । उनले एफपीओ बाँडफाँडपछि बाँकी ८ अण्डरराइटरले सकार्ने जानकारी दिए । “आस्वा प्रणालीमार्फत परेको भए आजसम्म विवरण बुझाउन भनेका छौं” उनले भने “अहिलेसम्म संस्थापकले एफपीओ खरिद गरेको देखिएन् ।” अझै २ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ बराबरको एफपीओ बिक्री हुन बाँकी छ । सरकारले आफनो स्वामित्व ६२.२१ प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा ल्याउन एफपीओ निष्कासन गरेकाले खरिद गरेन । एफपीओ बाँडफाँडपछि बैंकमा सर्वसाधारणको ३७.७९ बाट ४९ प्रतिशत हिस्सा रहने छ । कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ बैंकको एफपीओमा लगानी गरेको छ । संगठित संस्थाबाट सबैभन्दा बढी एफपीओ किन्नेमा संचय कोष भएको छ। बाँडफाँडबाट बाँकी रहेको एफपीओ ८ वटा अण्डरराइटरले खरिद गर्नेछन् । सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड , एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।

कम्पनी ऐन संशोधनपछि ७२ कम्पनी खारेजीमा, (सुचिसहित)

काठमाडौं । कम्पनी ऐन संशोधन भएपछि ७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् । खारेज कम्पनीको विवरण हेर्न यहाँ क्लिक गर्नुस  खारेजीमा जाने कम्पनीका सञ्चालकहरुले चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर बन्द गर्न बाटो खुल्ने कम्पनी रजिष्टार कार्यालयले जनाएको छ ।पुराना कम्पनी बन्द गर्न चाहनेहरुका लागि तयार पारेको आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने राजिष्टार कार्यालयका आशिष श्रेष्ठले बताए । स्थानीय तहदेखी नै चरणबद्ध भएर मन्त्रालयसम्म आइपुग्नु पर्ने भएकाले पनि तत्काल ७२ कम्पनी मात्र खारेजीमा गएका हुन् । अहिलेसम्म ७२ वटा मात्रै खारेजीको पत्र मात्र आएको उनले बताए । कम्पनी खोल्न भन्दा पनि बन्द गर्न समस्या हुदै आएको थियो । कम्पनी ऐन संशोधन भएपछि चुक्तापुँजी ०.५ प्रतिशत शुल्क बुझाएपछि खारेजीमा जान सक्ने व्यवस्था गरिएको छ । अब विविध कारणले सञ्चालन हुन नसकेको उद्योग प्रतिष्ठाले स्वेच्छिक खारेजीमा जान सक्ने छन् ।

सेयर मूल्य बढेपछि एप्पल इंक बन्यो सर्वाधिक महंगो कम्पनी, बजार मूल्य १० खर्ब डलर

एजेन्सी । आईफोन निर्माता कम्पनी एप्पल इंकको बजार मूल्य बढेर १० खर्ब अमेरिकी डलर पुगेको छ । विश्वको अगुवा प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण बढ्नुमा सेयर मूल्य मुल कारण रहेको छ । एप्पलको सेयर मूल्य बढेर २०७ डलर कटेको छ । यो हालसम्मको सबैभन्दा बढी मूल्य हो । एप्पलको नाफा ३० प्रतिशत बढेको छ । उसको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले बताएको छ ।गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ । ४२ वर्ष पुरानो एप्पल बुधबार अमेरिकाको सर्वधिक महंगो कम्पनी भएको हो । चीन सरकार स्वामित्वको पेट्रोचाइनाको रेकर्डलाई एप्पलले तोडेको फाइनान्सियल एक्प्रेसले जनाएको छ । पेट्रो चाइनाले सन् २००७ मा साधारण सेयर (आईपीओ) निष्कासन गरेपछि उसको बजार पुँजीकरण १० खर्ब १ अर्ब डलर नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । एप्पलको १ अर्ब डलरबाट १० खर्ब डलरको यात्रा सन् १९८० मा एप्पलको बजार पुँजीकरण १ अर्ब डलर थियो । सोही वर्षको डिसेम्बरमा एप्पलको सेयर नासाडकमा कारोबारका लागि सुचिकृत भएको थियो । सन् २००७ मा एप्पलको बजार पुँजीकरण १ खर्ब डलर पुगेको थियो । ११ वर्षको अवधिमा एप्पलको सम्पत्ति ९ खर्ब डलर बढेको छ । र, अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी एप्पल भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार ३२ गते बसेको साधारणसभाले १० बराबर ७ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनः हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्ने छ । जसअनुसार सर्वसाधारणको ५७ करोड ७२ लाख ६९ हजार रुपैयाँ र संस्थापकको १ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ पुग्ने छ । सभाले अघिल्लो आर्थिक वर्षमा गरेकोन नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १२ प्रतिशत १२ करोड १२ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । नियामक बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्तापूँजी न्युनतम २ अर्ब रुपैयाँ तोकेको छ ।

एभरेष्ट बैंकको नाफा २७० करोड, कति देला लाभांश ?

काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब ७० करोड नाफा कमाएको छ । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा २ अर्ब ७० करोड नाफा कमाएको हो । पुरानो वित्तिय प्रणाली अनुसार भने बैंकको नाफा २ अर्ब ५४ करोड मात्रै हुन्थ्यो । नयाँ लेखा प्रणाली अनुसार बैंकको नाफा १६ अर्बले बढि देखिएको हो । आर्थिक बर्ष २०७३।७४ मा २ अर्ब ६ करोड नाफा कमाएको बैंकको एनएफआरएस अनुसार भने २ अर्ब २९ करोड देखिएको छ । नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरिएको वित्तिय विवरणले ३३.३३ प्रतिशत लाभांश वितरण गर्न सकिने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड रहेको छ । ११४ अर्ब निक्षेप संकलन गरेको बैंकले ९२ अर्ब कर्जा लगानी गरेको छ । १० अर्ब ब्याज आम्दानी गर्दा ५ अर्ब ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशतमा झार्दा प्रति सेयर आम्दानी ३४.३७ रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ५५ करोड, लगानीकर्ताले कति पाउदैछन लाभांश ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७४/०७५ मा ५५ करोड रुपैयाँ नाफा गरको छ । समीक्षा अवधिमा कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ बराबरको निर्जीवन बीमा शुल्क आर्जन गरेको छ । यस्तै लगानी तथा कर्जाबाट ७४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेपछि नाफा बढेको कम्पनीले जनाएको छ । गत वर्ष सबैभन्दा बढी बोनस सेयर दिएको कम्पनीको नाफा बढेकाले यो वर्ष पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउने भएका छन् । गत आर्थिक वर्षमा लगानीकर्तालाई कम्पनीले १५ प्रतिशत बोनस सेयर दिएको छ । गत वर्ष १४ करोड २२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो । कम्पनी ५ औं वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक गरिएको विवरणमा बीमा व्यवसायमा आम्दानी र नाफा दुबै बढेको छ । गत असारसम्म कम्पनीको वाणिज्य र विकास बैंकमा गरी ३ अर्ब ३५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी रहेको जानकारी दिएको छ । कम्पनीको नाफा वर्षेनी बढ्दै गएको छ । कम्पनीले नविल बैंकको ७७ लाख ७८ हजार ५१६ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ३२ लाख २६ हजार १७९ र नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको १९ लाख ३२ हजार ५२२ कित्ता सेयर खरिद गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरिरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीमा सरकारको ४१, कर्मचारी संचय कोषको १९.३७, नेपाल बैंकको ९.६० र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व छ ।

सिटिजन बैंकको एफपीओ माग भन्दा बढी आवेदन, दरखास्त दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) शुक्रबारसम्म मात्र भर्न पाइने भएको छ ।माग भन्दा बढी आवेदन परेपछि शुक्रबार बैंकिङ समयपछि आवेदन लिने काम बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ ।एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते शुक्रबार र ढिलोमा भदौ १४ गतेसम्म हुने भनिएकोमा माग भन्दा बढी आवेदन परेपछि पहिलो ४ कार्यदिनमा एफपीओ बन्द हुन लागेको हो । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ

शनिबारदेखि के एल मोबाइल मेला शुरू, एक्सचेञ्जसँगै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाईल

काठमाडौं । चाबहिल स्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ । मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो । केएल मोबाइल हबले साउन १९ गते शनिबारदेखि २ साता चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गर्दैछ । मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबकाबिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ । शुन्य प्रतिशत डाउनपेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ । अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजन मोबाइल सिटिसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ । ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ् ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिनेछ । यसका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमापाइने योजना पनि मेला अवधिमा लागू गरिएको छ । यसका अलावा मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको उप्रेतीले जानकारी दिए । ‘मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा बिक्री हुनेछ । मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले मोबाइल मेलाबाट फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले भने । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।