पाँच दिनभित्र उखु किसानलाई भुक्तानी नदिए उद्योगीलाई थुन्ने आदेश
काठमाडौं । पाँच दिन भित्र उखु किसानहरुले भुक्तानी पाउने भएका छन् । कृषि विकास मन्त्रालयले पाँच दिनभित्र उखु किसानको भुक्तानी दिन उद्योगीहरुलाई निर्देशन दिएको हो । सोमबारदेखि लागु हुने गरि पाँच दिनभित्र उखु किसानको भुक्तानी नदिए प्रहरी लगाएर असुल्ने निर्णय कृषि मन्त्रालयले गरेको हो । विभिन्न चीनी मिलहरुले एक अर्ब ५० करोड रुपैंयाँ किसानलाई बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ । संसदको सार्वजनिक लेखा समिति अन्तर्गत गठित उप समितिको बैठकमा कृषि विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले सो जानकारी दिएका हुन् ।
कार्की र श्रेष्ठले जिते ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’
काठमाडौं । स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ मा २०० सीसीतर्फ प्रशान्त जङ्ग कार्की र १५० सीसी तर्फ विवेश श्रेष्ठले जित हासिल गरेका छन् । सो च्याम्पियनसिपमा २०० सीसीतर्फ आशुतोष धन्जु फस्र्ट रनर अप र सुजन थापा सेकेन्ड रनर अप भए भने १५० सीसी तर्फ आशिक लामा फस्र्ट रनर अप र पविन कार्की सेकेन्ड रनर अप भए । गत शनिबार सम्पन्न २०० सीसी क्याटागोरीमा बेस्ट राइडर रवि साह, मिस्टर प्रोपर सेफ्टी गियर्स गौराङ्ग प्रताप सिंह र मिस्टर पब्लिक च्वाइस राजकुमार कार्की भएका छन् । त्यसैगरी, १५० सीसी क्याटागोरीमा बेस्ट राइडर च्यान्जी राजा जोशी, मिस्टर प्रोपर सेफ्टी गियर्स रितेश श्रेष्ठ र मिस्टर पब्लिक च्वाइस निसान न्यौपाने भएका छन् । मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो च्याम्पियनसिपलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का साथै नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत समर्थन रहेको थियो । गुर्जधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा च्याम्पियनसिप हुने भएको थियो । सो रेसिङ प्रतियोगितामा १५० र २०० सीसीका स्ट्रिट बाइक कुँदाइएको थियो । ६ सय मिटरको ट्रयाकमा फाइनल प्रतियोगिता ५ ल्यापमा सम्पन्न भएको थियो । प्रतियोगिताको २०० सीसी क्याटागोरीमा ४७ जना र १५० सीसी क्याटागोरीमा ४८ जना राइडरको सहभागिता थियो । च्याम्पियनसिपमा प्रथम, द्वितीय र तृतीय हुने राइडरलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । च्याम्पियनसिप विजेता मध्ये एक जना आगामी दिनमा हुने एसिया रोड रेसिङ च्याम्पियनसिपमा सहभागी हुने छन् । टीभीएस अपाचे आरटीआर सिरिजको मूख्य प्रायोजनमा सम्पन्न सो प्रतियोगिताका सहभागी खेलाडीहरुलाई टीभीएसका कुनै पनि बाइक खरिद गर्दा २० हजार रुपैयाँ छुट प्रदान गरिनुका साथै एक्सचेन्ज सुविधा समेत उपलब्ध गराउने बताइएको छ ।
किसानले पनि पेन्सन पाउने, आयोगले बनायो कार्यविधि
काठमाडौ । राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न आयोगले कार्यक्रमको कार्यविधि तयार गरेको हो । कार्यविधिभित्र मुख्यरुपमा किसानका वर्गीकरण, परिचयपत्र वितरण तथा योगदानमा आधारित पेन्सन सहुलियतसम्बन्धी व्यवस्था रहेको बताइएको छ । साथै पेन्सन कार्यक्रमभित्र मुख्यतः किसानलाई सहुलियतरुपमा मल, बीउबिजन, नगद अनुदान, बीमाजस्ता क्षेत्रलाई सम्बोधन हुने छ । विसं २०७३ माघ ६ गते आयोगको गठन भएको थियो । आयोगका गतिविधिबारे जानकारी दिन सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसानलाई परिचयपत्र वितरणपछि के कस्ता सुविधा प्राप्त गर्न सक्नेछन् भन्ने विषयलाई कार्यविधिले सम्बोधन गरेको जानकारी दिए । कार्यविधि स्वीकृतिका लागि कृषि तथा पशुपक्षी मन्त्रालयमा रहेको आयोगले जनाएको छ । आयोगको विशेष पहलमा मन्त्रालयले हालै धान र उखुको न्यूनतम समर्थन मूल्य तय गरेको थियो । यसैगरी मकै र गहुँको समर्थन मूल्य निर्धारण हुने क्रममा रहेको छ । “बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्छ ।” उनले भने। सरकारबाट किसानका लागि सञ्चालित विकासका आयोजनाको अनुगन तथा नीति निर्माणमा किसानको प्रतिनिधित्व शुरुआत आयोगमार्फत् नै भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । “अनुगमन टोलीमा किसानको सहभागिताले उनीहरुले नयाँ कुरा सिक्ने तथा नीति निर्माणमा सहभागिता हुँदा आफ्ना समस्या सम्बोधन गर्न बल मिलेको छ ।” अध्यक्ष श्रेष्ठले भने। आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन कार्यक्रमको स्थलगत अवलोकन गरी थप सुधारका लागि सुझाव दिएको, उखु उत्पादन किसान र चिनी उद्योग व्यवसायीबीच चिनीको मूल्य निर्धारण गर्न समन्वय गरेको, किसानलाई मल, बीउबिजन सहजरुपमा उपलब्ध गराउन समन्वय गरेको, कृषि बीमा पहुँच ग्रामीण तहसम्म पु¥याउनेलगायतका कार्य सम्पादन गरेको जनाएको छ । साथै कृषि ऋणको वर्तमान अवस्थाबारे अध्ययन, कृषि उत्पादन निर्यात प्रवद्र्धन समस्या र थप सम्भाव्यता अध्ययन, बाँझो जग्गा व्यवस्थापन अध्ययन, कृषि व्यवसायीकरण तथा करार खेतीका लागि करार ऐन अध्ययन भएको आयोगले जनाएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले कृषि विकास रणनीतिको सफल कार्यान्वयनबाट मात्र आर्थिक समृद्धि हुने बताए । आयोगका प्रवक्ता रवीन्द्र केसीले किसानको आर्थिक समृद्धिलाई माथि उठाउन आयोगले काम गरिरहेको जानकारी दिए । रासस
माधव नेपाललाई भेटे फ्रान्सका नवनियुक्त राजदुतले
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि नव नियुक्त फ्रान्सेली राजदूत फ्रान्स्वां जाभिए लेजेबीच भेट भएको छ । नेकपाको केन्द्रिय कार्यालयमा नेपाल र लेजेबिच भेट भएको हो । भेटमा नेपाल फ्रान्स सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । त्यस्तै, नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि गर्न नेता नेपालले आग्रह गरेका थिए भने राजदुत लेजेले सहमति जनाएका थिए । नेकपाको विदेश विभाग प्रमुख समेत रहेका बरिष्ठ नेता नेपाललाई भेट्न राजदुत लेजे पार्टी कार्यालय धुम्बाराही पुगेका थिए ।
बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म १ अर्ब ५० करोडमा केवल कार बन्ने, २ वर्षभित्र सञ्चालनमा आउने
काठमाडौं । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म ३ किलोमिटर लामो केवलकार बन्ने भएको छ । लुम्बिनी केवलकार कम्पनीले अायाेजना निर्माण सुरु गर्न लागेको हो । याे वर्षदेखि निर्माण सुरु हुने लुम्बिनी केवलकार कम्पनीले जानकारी दिएको छ । केवलकारकाे अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ छ । अाउँदाे २०२० को जनवरी सम्ममा केवलकार सञ्चालनमा आउने छ । करिब ३ किलोमिटर लामो सो केबलकारको निमार्णका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति सहमत भइसकेको छ । तिनाउ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले केबलकारको लागत खुलाउने बितिकै गाँउपालिकाबाट अायाेजना पारित हुने बताए । उनले केवलकार सञ्चालनका लागि कुनै समस्या नभएको जानकारी दिए । उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १५० जनाभन्दा बढीले रोजगारी प्राउने कम्पनीले जनाएको छ । केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको कम्पनी जानकारी दिएको छन् । देशभर विभिन्न स्थानमा झण्डै ३ दर्जन केवलकार निर्माण सुरु हुन लागेको छ । हालसम्म मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालनमा आइसकेका छन् । यस्तै केही महिनभित्र पोखराको फेवातालदेखि सराङकोटसम्म केवलकार सञ्चालनमा आउने भएकाे छ ।
केएल टावरको दशैंतिहार उपहार योजना, बम्पर प्राइज मोटरसाइकल
काठमाडाैं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजया दशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि रमाईलो दशैं तिहार उपहार योजना संचालनमा ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । हरेकदिनउपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाचीआरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतकाउपहार राखिएका छन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ । यसका साथै साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन् । उपहार जित्नको लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमाएक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्तगर्ने छन् । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताहीक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ । ५० वटा पसल,मिनीशौ, लाउञ्ज, कफिबार, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हबलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिदमा ग्राहकले एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोहीकुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १९ गतेदेखि शुरु भएको योजना कात्तिक ३० गतेसम्म संचालन हुने छ ।
८ अंकले बढेको बजारमा नाडेप लघुवित्तका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको बजार दोश्रो दिन करिब ८ अंकले बढेको छ । सोमबारको नेप्से परिसूचक ७.९९ अंकले बढेर १२२२.३५ अंकमा पुगेको छ । सो दिनको बजार कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रममा रहेको थियो । बजारमा १६३ कम्पनीको ३७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४ लाख ५१ हजार ५७२ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको ९ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया, एनसीसी, हिमालयन डिष्टिलरी र मेगा बैंकको एक करोड भन्दा बढी सेयर कारोबार भएको छ । एकल अंकले बढेको बजारमा सबैभन्दा बढी नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सोमबार उक्त संस्थाका सेयरधनीले ९.९६ प्रतिशत कमाएका छन् । सोमबार होटल समूहको सूचक ४८ अंकले बढेको छ । सो दिन जलविद्युत समूहको सूचक ३ अंकले घटेको छ भने कारोबारमा आएका बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।
नेपालको अर्थतन्त्रमा यस्ताे छ धानको महत्व, ‘प्रिमनसुन’ले चैते धानलाई फाइदा हुने
काठमाडौं । नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले रोपाइँ बढी भएको छ । गत वर्ष ८३ दशमलव ९७ प्रतिशत जमिनमा रोपाइँ भएको थियो भने यस वर्ष ९२ दशमलव २५ प्रतिशतमा रोपाइँ भएको छ । यस वर्ष नेपालमा जेठ ३१ देखि मनसुन शुरु भएको थियो । त्यसभन्दा अघिको ‘प्रिमनसुन’ले चैते धानलाई फाइदा पुर्याएको थियो । पर्याप्त वर्षाका कारण टारटुक्रा जमीनमा समेत सिँचाइ भएकाले उत्पादनमा बढोत्तरी हुने भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता तेजबहादुर सुवेदीले धानलाई पानी चाहिएका बेला पर्याप्त वर्षा हुनु, मलखाद र कीटनाशक विषादीको अभाव नहुनाले धानको उत्पादन उत्साहजनक देखिएको बताए । नेपालमा सन् १९७० मा २३ करोड, सन् १९८० मा २४ करोड ६० लाख, सन् १९९० मा ३० करोड ५० लाख, सन् २००० मा ४० करोड २२ लाख र सन् २०१० मा ४० करोड दुई लाख केजी धान उत्पादन भएको थियो । यस वर्ष झण्डै पाँच मिलियन टन अर्थात् ५० करोड केजी धान उत्पादन हुने अनुमान गरिएको छ । सरदर प्रतिकेजी रु ४५ का दरले हिसाब गर्दा उक्त धानबाट यस वर्ष २२ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । कृषि गणना २०६८ मा नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ । त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । गत वर्ष नेपालले लगभग २४ अर्ब रुपैयाँको चामल आयात गरेको थियो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती हुँदै आएको छ । आव २०६०/०६१ देखि २०७४/०७५ सम्म को तथ्याङ्क केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसमै निर्भर भएको देखिन्छ । जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको र मौसम प्रतिकूल भएका बखत उत्पादन घटेको देखिन्छ । नेपालमा कूल खेतीयोग्य जमीनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार-साउन) मा वर्षा भएन भने सिफारिश भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन । नेपालमा २०६०/०६१ देखि २०७४/०७५ अर्थात् १५ वर्षमा सबैभन्दा धेरै धानखेती भएको आव २०६०/०६१ हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा रोपाई भएकामा ४४ लाख ५५ हजार ७७२ मेट्रिक टन धान फलेको थियो । त्यसैगरी यहाँ सबैभन्दा कम ११ वर्ष पछि ०७२/०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धानखेती भएकामा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । पन्ध्र वर्षको सेरोफेरोभित्रमा सबैभन्दा धेरै धान फलेको वर्ष ०७३÷०७४ साल हो । उक्त वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो । नेपालको कूल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा खेतीमध्ये लगभग ५० प्रतिशतमा धान खेती हुन्छ । सिँचाइ मन्त्रालयको तथ्याङ्कनुसार ६० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । धान रोपाइँ हुने असार-साउन महीनामा वर्षा भएन भने सिफारिश भए जति क्षेत्रफलमा धान रोपाइँ हुन सक्दैन । प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । २०६०/०६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धान खेती भएकामा १५ वर्षपछि (२०७४/०७५) मा १४ लाख ६९ हजार ५४५ हेक्टरमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । वरिष्ठ कृषि अर्थशास्त्री शङ्कर सापकोटाका अनुसार नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको ‘सुपार जोन’ घोषणा गरेकोे छ । संसारका आधा जनसङ्ख्याको मुख्य खाना भात हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन हुनाका साथै खपत पनि हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दाबढि देशमा ८६४ थरीका धानका बीउ सिफारिश भएका छन् । नेपालमा ८६ उन्नत र सात रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषण गरेको छ । आगामी पाँच वर्षमा अर्थात् विसं ०७८/०७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ । रासस