विकासन्युज

भद्र सहमति कार्यान्वयन गर्दै वाणिज्य बैंक, सुचना प्रकाशित गरेर निक्षेपको ब्याजदर घटाए

काठमाडौं । मुद्धति खाताको ब्याजदर घटाउने सहमति गरेको भोलिपल्टै वाणिज्य बैंकहरुले नयाँ ब्याजदरको सुचना प्रकाशित गरेका छन् । २८ मध्ये अधिकांश वाणिज्य बैंकहरुले सुचना प्रकाशित गरी मुद्धती निक्षेपमा नयाँ ब्याजदर कायम भएको जानकारी गराएका छन् । नेपाल बैंकर्स एसोसियसनको पहलमा बिहीबार बसेको २८ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकमा मुद्धती निक्षेपमा १० प्रतिशत ब्याजदर कायम गर्नेे भद्र सहमति भएको थियो । सहमतिअनुसार शुक्रबारदेखि कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, नेपाल बंगलादेश बैंक, सेन्चुरी कमर्शियल बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक, लक्ष्मी बैंक, कुमारी बैंकलगायत सबैले मुद्धतीको ब्याजदर घटाएको सुचना प्रकाशित गरेका हुन् । राष्ट्रिय वाणिज्य धेरै कम भएकाले उसले सुचना प्रकाशित गरेको छैन । बिहीबारकाे एसाेसिएसनकाे बैठकमा संस्थागत मुद्धतीमा ९ र व्यक्तिगत मुद्धतिमा १० प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति भएको थियाे । यस्तै बैंकहरुले साधारण बचतमा ७ प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति भएको थियाे । यसअघि बैंकले व्यत्तिगतलाई ११ र संस्थागतलाई साढे १० प्रतिशत ब्याज दिँदै आएका थिए । बैंकहरुले निक्षेप बढाउन मुद्धतिमा साढे १० प्रतिशत भनेपनि यसअघि भएको भद्र सहमति तोडेर केही बैंकले १२ प्रतिशतसम्म ब्याज दिएपछि बैंकले नयाँ सहमतिका लागि प्रयास गरेका थिए । बैंकहरु ब्याजदर बढाउदा कर्जा महंगो हुने र यसले मूल्यवृद्धि गराउने र अर्थतन्त्रलाई पनि समस्यामा पार्ने निष्कर्षमा बैंकर पुगेका छन् । हाल बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । गत साउनमा याे अाकार १ खर्ब १५ अर्ब रुपैयाँ थियो । पछिल्ला २ महिनामा बैंकले लगानी बढाएपछि प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिएको हाे । तर कर्जाको मागअनुसार बैंकले निक्षेप परिचालन बढाउन सकेका छैनन् । मौद्रिक नीतिमा अनिवार्य नगद अनुपात घटाएपछि बैंकिङ प्रणालीमा थप ४८ अर्ब रुपैयाँ तरलता बढेको थियो ।

आँखुखोला जलविद्युतको आईपीओमा माग भन्दा बढी आवेदन, शुक्रबार अन्तिम दिन

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आज शुक्रबारसम्म मात्र हुने भएको छ । गत मंगलबारदेखि सार्वजनिक निष्कासन गरेकोमा माग भन्दा बढी आवेदन परेपछि आज शुक्रबारदेखि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ बराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ न्युनतम ५० कित्ता र अधिकतमा ६ हजार कित्तासम्म आईपीओ भर्न पाइने छ । कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्दा बिक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गरेको हो । कुल निष्कासन मध्ये ६८ हजार ८०१ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५२० कित्ता कर्मचारीलाई छुट्टाइएको सिभिलले जानकारी दिएको छ । कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रुपमा बिजुली उत्पादन गरेको हो । आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ । आयोजनामा ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ संस्थापक र २५ प्रतिशत अर्थात २० करोड रुपैयाँ सर्वसाधारणको लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । चुत्तापुँजी ८० करोड रुपैयाँ पुग्ने छ । आयोजनाबाट ९ वर्षमा लगानी फिर्ता हुने छ ।

निजगढको विकल्प सोच्नै सकिन्न तर रुख काटेर कमिसन खाने सपना नदेख्नुस्: माधव नेपाल

माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) काठमाडौं । नेपालका उत्कृष्ठ पर्यटन गतव्यमध्ये काठमाडौ उपत्यकांका तीन वटा शहर टपमा आउँछन् । त्यसकारण पर्यटक नेपाल आउनका लागि काठमाडौं आसपासमै हुनुपर्छ । बिराटनगर, नेपालगञ्ज वा दाङमा ठूलो बिमानस्थल पुर्याउला भन्ने कुरालाई दिमागबाट हटाईदिए हुन्छ । संसारभर शहरभित्रबाट बिमानस्थल हट्दै गएका छन् । शहरबाट ७० देखि ८० किलोमिटरको दुरीमा बिमानस्थल बनाइएको हुन्छ । शहरबाट एक देखि २ घण्टाको दुरीमा बिमानस्थल बनाउनुपर्छ । बेईजिङ, फ्र्यांकफर्ट, टोकियो लगायतका शहरहरुमा पनि एकाध घण्टाकै आसपासमा बिमानस्थल बनाईएका छन् । त्यसकारण काठमाडौंबाट ७६ किलोमिटरको दुरीमा रहेको निजगढ नै दोश्रो अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त ठाउँ हो । हामीले जहाँ पायो त्यहि विमानस्थल बनाउन सक्दैनौं । नेपालको जमिन उतार चढावयुक्त छ । हिमालय र पहाड धेरै छन् । छिमेकी देशसँगको दुरी नि छोटो छ, त्यसकारण लुम्बिनी, धनगढी, नेपालगञ्ज, बिराटनगरमा उपयुक्त हुन्न । पर्यटकहरु राजधानी आउन चाहान्छन्, त्यसकारण निजगढमा बनाईयो भने काठमाडौं आउन पनि छिटो हुन्छ र लुम्बिनी, जनकपुर, चितवन, पोखरा लगायतका ठाउँमा जान सक्छन् । नेपालका लागि काठमाडौंका ३ वटा पुरातात्विक शहर, पोखरा, चितवन, लुम्बिनी अहिलेका आकर्षक पर्यटन गन्तव्य हुन् । अब रारा लगायतका नयाँ गन्तव्य थपिनेछन् । आगामी २५ बर्ष, ५० बर्षमा कति पर्यटक आउन सक्छन् र के के पूर्वाधार बनाउन सकिन्छ भनेर विज्ञहरुले अध्ययन गर्नुपर्छ । काठमाडौं, पोखरा, लुम्बिनी, रारा, चितवन लगायतका ठाउँमा के के पूर्वाधार बनाउन सकिन्छ योजना बनाउनुपर्छ । पर्यटकको नेपाल बसाई लामो होस, धेरै खर्च गरुन भनेर सोच्नुपर्छ । अब अर्काे कुरा, हामी कहाँ कुनै निर्माण गर्नु पर्यो भने वनलाई दाह्री खौरिए जस्तो गर्नुपर्ने ? सबै रुख काट्नै पर्छ भन्ने नजिर बस्दैछ, त्यो बन्द गर्नुपर्छ । साँखुमा पोलिटेक्निकल इन्स्टिच्युट बनाईयो तर त्यहाँ सबै रुख काटेछन् । भारतको हिमाञ्चल प्रदेशको सिम्लामा नकाटी नहुने बाहेक घर बनाउँदा पनि बीचमै रुख छाड्ने रहेछन् । पर्खालमा पनि रुख राख्दा रहेछन् । हामी कहाँ त रुख सिध्याउनै पर्ने, यो के बानी भएको हो ? न्युनतम रुख काटेर, नकाटी नहुने मात्रै काट्नुपर्छ । रुखको विनास अत्यन्तै तिब्र छ, त्यसमा हाम्रो ध्यान गएको छैन् । निजगढ विमानस्थलकै छेउमा पनि रुख काटेर बस्ती बसिरहेको छ । रौतहटमा त झन बाहिर वन देखिन्छ, भित्र भित्र सबै रुख काटेर तस्करी भैसकेको छ । चुरे र त्यसको फेदमा वन मासेर बस्ती बसाउनेक्रम जारी छ । त्यहाँ त वन जोगाउनुपर्ने हो । जनकपुरको गोष्टीमा पनि हामीले चुरेको संरक्षण र वस्ती स्थानान्तरणबारे व्यापक छलफल गरेका थियौं । चुरेका बस्तीहरुलाई नयाँ शहरहरु बनाउन सार्न सकिन्छ । अनधिकृत बस्तीहरुमा पानी र विजुली दिनुपर्ने ? हामीले देश र बहुसंख्यक नागरिकको हितमा काम गर्नु पर्छ । फेरी नेपालमा कुनै पनि ठुला प्रोजेक्टहरु बन्न नदिने खतरनाक स्थीती छ । अब हामीले विकासका कुरामा ढिला गर्नु हुन्न । १२ लाख मानिस र १३ वटा शहर विस्थापित गरेर पनि चीनले थ्री गर्जेज परियोजना निर्माण भयो । ६ सय किलोमिटरको जलासय निर्माण गरेर पनि परियोजना सम्पन्न भयो । हामी कहाँ त सिन्धुलीमा ५ हजारको ४ आना जमिनलाई १० लाख मागेर हैरान पारिरहेको छ । अहिले त करोड माग्न थालेको होला । हामीले विकास र वातारण दुबै प्रेमी हुनुपर्छ । जनप्रेमी हुने नाममा विकासमा बाधा गर्नु हुन्न । नत्र राज्य नामको चीज नराखे पनि हुन्छ । राज्यले त आम जनताको भविष्य र हितलाई ध्यानमा राखेर काम गर्ने निकाय हो । अधिकतम नागरिकको चित्त बुझाएर न्यायोचित काम राज्यले गर्नु पर्छ । निजगढ विमानस्थल बनाउने निर्णय मैले नै प्रधानमन्त्री बनेका बेला गरेको थिए । कसैले बिराटनगर भन्थे, कतिपयले लुम्बिनी र नेपालगञ्ज पनि भन्थे । मैले नै सबै भन्दा उपयुक्त ठाउँ भनेर निजगढमो बिमानस्थल बनाउने निर्णय गरेको थिए । निजगढ विमानस्थल क्षेत्रिय केन्द्र बन्न सक्छ । भारतका केहि राज्यका नागरिक दिल्ली वा कलकत्ता गएर जहाज चढ्नु भन्दा निजगढ आउन सहज हुन्छ । त्यसकारण निजगढले देशको विकासमा धेरै योगदान दिन सक्छ । जहाँ अन्तराष्ट्रिय विमानस्थलसँगै आन्तरिक विमानस्थल पनि हुनुपर्छ । काठमाडौंबाट आन्तरिक उडान बनेपा सार्ने भन्ने सुन्दैछु । त्यो गलत छ, बन्द गर्नुस । यो पैसा राख्ने अनि विज्ञलाई पैसा खुवाउने खेल हो । कुन चाँही मन्त्री आउँछ, जील्लामा विमानस्थल बनाउने भन्ने गर्छ । के उदयपुरमा सम्भव छ, के सिराहमा सम्भव छ, अहँ छैन् । नदि किनार, सडक किनार, नयाँ बस्तीहरुमा रुख रोप्न सकिन्छ । जंगलहरुका बीचमा पनि बस्ती बसाउन सकिन्छ । दिल्लीमा हरियाली बढेको छ, केरला त जंगलकै बिचमा छ । लाओस भन्ने देश पनि जगलै जंगल भएको देश हो । अब हामीले पनि वन विकासमा ध्यान दिनुपर्छ । हिजो वन विनास भएका देशहरुमा धमाधम वन विकास भैरहेको छ । हामीले पनि वन विकासमा ध्यान दिनुपर्छ । पर्यावरणको पक्षलाई पनि ध्यान दिएर विकासका कामलाई अघि बढाउनु पर्छ । यहाँ जमिन अधिग्रहण पनि जटिल छ । एक लाखको जमिनलाई २५ लाखसम्म मुआब्जा माग्ने चलन छ । वनमा आयोजना बनाऔं भने पनि समस्यै छ । निजगढ बिमानस्थलमै पनि वन काटेर रोप्न २१ अर्ब लाग्ने भनिएको छ, त्यत्रो पैसा कसरी लाग्छ ? मान्छेलाई संका के छ भने वन काट्ने अनि त्यहाँ कमिसन खाने । रुख पहिले सिध्याईदिने अनि कमिसन खाने ? त्यसमा कुनै संका छैन । अर्काे कुरा भनेको वनको कुरा अघि सारेर आयोजना बन्न नदिनेहरु पनि छन् । खाली अध्ययन भन्ने, छलफल भन्ने आयोजना बन्न नदिने खेल चलाउनेहरु पनि छन् । हरेक प्रधानमन्त्रीका पालामा १२ बर्षदेखि अध्ययन मात्रै कति गर्ने ? अब नो मोर स्टडी(अब धेरै अध्ययन हुन्न) । के निष्कर्ष आएको छ, त्यसकै आधारमा अघि बढ्नुस् । यो त अनन्त हुन्छ यस्तो अवस्था रहे । भए भरीका रुख काट्नै पर्छ भन्ने छैन् । कति रुख काट्नु पर्ने हो त्यसको हिसाब किताब गरेर अघि बढ्नु पर्छ । (अन्तराष्ट्रिय श्रम सम्बन्ध समिति अन्तर्गत गठित उप समितिको बैठकमा संयोजकका रुपमा नेपालले व्यक्त गरेको विचार)

अपांगता मैत्री भ्यान सेवा सुरु

काठमाडौं । अपांग मैत्री भ्यानको सेवा आरम्भ भएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले एक समारोहका बीच अपांगतामैत्री भ्यानको सेवा आरम्भ गरेका हुन । अपांगता भएका व्यक्तिहरूका लागि स्वालम्बन जीवन पद्धति केन्द्र काठमाडौं (सिआइएल) ले टोयोटा हायस भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गरी अपांगता मैत्री बनाएको हो । अपाङ्गता भएका व्यक्तिहरु निर्बाध रुपमा आफुले चाहेको स्थानमा आवतजावत गर्न सहज होस भन्ने उदेश्यका साथ उक्त भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गर्न अष्ट्रेलियन स्वयंसेवक कार्यक्रम, अष्ट्रेलियन राजदूतावास मार्फत करिब ८ लाख सहयोग प्राप्त भएको थियो । उक्त समारोहमा अष्ट्रेलियन राजदूतले अपांगतामैत्री भ्यान नेपालको पहिलो भएको र यसले अपांगता भएका व्यक्तिहरूको आवागमनको अधिकारलाइ थोरै भएपनि सुनिश्चत गर्ने बताए । उनले नेपालमा अपांगतामैत्री पर्यटन प्रबर्धन गर्नमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । त्यसैगरी अर्का वक्ता मुकुन्द दाहालले उक्त भ्यान नमूनाको रूपमा हुने र यस्तो प्रविधिलाइ विस्तार गर्नु पर्ने बताए । अर्का वक्ता सूर्यभक्त प्रजापतिले यसको दीगोपनामा ध्यान दिनु पर्ने कुरा बताए । अपांगतामैत्री पर्यटन प्रबर्धनमा लामो समय देखि लागेका पर्यटन कर्मी पंकज प्रधानाङ्गले नेपालमा आउने अपांगता भएका व्यक्तिहरूलाइ सहज हुने बताए । हालसम्म अपांगता भएका पर्यटकहरूले नेपालमा यातायातमा समस्या भएको कारण खुशी हुन नसकेको, नेपालमा अपांगतामैत्री यातायात नहुँदा लज्जित हुनु परेको बताए । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष गणेश केसीले भ्यानलाइ सहयोग गर्ने कोरियाको इन्डिपेन्डेन्ट लिभिङ सेन्टर र अष्ट्रेलियन स्वयंसेवक कार्यक्रमलाइ धन्यबाद दिए ।

चिनीको मूल्य ६३ रुपैयाँलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति (सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुले सुलभ रुपमा यात्रा गर्न सक्ने गरी बस, माइक्रोबस तथा यातायात साधन र हवाई यातायातलाई सर्वसुलभ बनाई थप कडाइका साथ लागू गर्न समेत सरोकार पक्षलाई निर्देशन दिएको छ । त्यसैगरी समितिको यही असोज १५ को निर्णयानुसार खाद्यलगायत दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा उपभोक्ताले प्राप्त गर्ने गरी व्यवस्थापन गर्न र अस्वाभाविक मूल्यवृद्धि, एकाधिकार गर्ने र उपभोक्ता ठगी गर्नेलाई कडाइका साथ कारवाही गर्न थप निर्देशन दिएकोे छ । समितिका सभापति भरतकुमार शाहले सालेसअन्तर्गत चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले विभिन्न सुझावसहित बिहीबार समितिसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमाथि थप अध्ययन गरी कार्यान्वयन गर्ने जानकारी दिएका छन् ।

माइक्रोम्याक्सको नयाँ मोबाइल नेपाली बजारमा, मूल्य ८ हजार ८०० रुपैयाँ

काठमाडौं । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक हप्ता २५० एमबी एनसेल डाटा १२ हप्तासम्म निःशुल्क प्राप्त गर्नेछन् । बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू४००२ बोल्ट ४ मा १.० गिगाहर्जको क्वायकोर प्रोसेसरका साथै १ जीबी र्याम रहेको छ । यसमा ५.० इन्च एफभीजीए एचडी स्क्रिन रहेको छ जसमा ७२० बाई १२८० पिक्सेल रहेको छ । यसमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ । यसमा ५एमपी हाई रेजुलेसन प्राईमरी क्यामरा र अगाडि पट्टी २ एमपी सेल्फी क्यामरा रहेको छ । यसमा रहेको १.० जीएचजेड क्वाड कोर प्रोसेसरले यो सेग्मेन्टको सबैभन्दा उपयुक्त फोन हो, यो फोन चलाउन धेरै सजिलो र छिटो छ । यसमा ५एमपी प्राइमरी र २ एमपी फ्रण्ट क्यामेरा जडित हुने हुनाले ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ८.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ । यसमा १ जीबी र्याम र ८ जीबी रोम रहेको छ जसलाई माइक्राे एसडि कार्डको माध्यमले ३२ जीबीसम्म बडाउन सकिनेछ । यो फोनमा शक्तिशाली २००० एमएएचको रिमुभेवल शक्तिसाली व्याट्री रहेको छ जसले धेरै गेम्सहरु खेल्न, भिडियोहरु हेर्न तथा अन्य विभीन्क कामहरु एकैसाथ गर्न सकिन्छ । यो फोनले फोजी नेटवर्क सहित दुईवटा माइक्रो सिम सपोर्ट गर्छ । क्यिू४००२ बोल्ट ४ फोनको बजार मूल्य ८ हजार ८०० रुपैयाँ रहेको छ ।

रातीमा पनि आन्तरिक उडान सञ्चालन गर, यस्ता छन् समितीले मन्त्रालयहरुलाई दिएको निर्देशन

काठमाडौं । रातीमा पनि आन्तरिक उडान सञ्चालन गर्न सार्वजनिक लेखा समितीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । दशैं नजिकिदै जादा यात्रुहरुले हवाई टिकटको अभाव झेल्नु परेपछि समितीले सो निर्देशन दिएको हो । मन्त्रालयलाई दिइएको ३ बुँदे निर्देशनमा हवाई भाडामा हुने मूल्य बृद्धि र टिकट अभावको समस्यालाई तुरुन्त समाधान गर्न भनिएको छ । यस्तै क्षेत्रिय विमानस्थलमा थप विमानहरु राखी दुर्गम गाउँमा उडान थप गर्न, अत्याधुनिक प्रविधिको प्रयोग गरी उडानलाई थप सुरक्षित बनाउन निर्देशन दिएको हो । हाल रातीको समयमा बुद्ध एयरको पाइलटले मात्र उडान भर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ । यस्ता छन् समितिले अन्य मन्त्रालयलाई दिएको निर्देशन समितिले सरकारलाई चिनीको मूल्य ६३ कायम गर्न पुन निर्देशन दिएको छ । १२ वटा चिनी उद्योगको कार्टेलिङ हुनेगरी करोडौं आर्थिक अनियमितता गरेको समितीले आरोप लगाएको छ । सरकारले हचुवाको भरमा चिनी आयतमा बन्देज लगाई ७० रुपैंया मूल्य निर्धारण गरेको भन्दै आर्थिक चलखेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानविन गर्न निर्देसन दिनुपर्ने गठित उपसमितीले ठहर गरेको छ । अर्थ मन्त्रालयलाई दिने निर्देशन १. चिनी पैठारीमा लगाइएको बन्देज हटाउने २. समयमै किसानको उखु उद्योग मार्फत किन्न लगाउने ३. उखु किसानको बक्यौता तत्काल भुक्तानीको व्यवस्था मिलाउने आपुर्ति मन्त्रालयलाई दिएको निर्देशन १. सुपथ मूल्य पसल भर्षैभरी सञ्चालन गर्नुपर्ने २. दैनिक उपभोग्य बस्तुको मूल्य मोबाइल एप्स बनाई राख्नु पर्ने ३. उखु किसानको बक्यौता दशैंअघि उपलब्ध गराउनु पर्ने ४. साल्ट ट्रेडिङ मार्फत चिनीको मौजात राख्नुपर्ने ५. सञ्चालनमा नआएका उखु उद्योगलाई सञ्चालनमा ल्याउनुपर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई दिएको निर्देशन १. २० वर्षे पराना सवारी बन्देज लगाउनु पर्ने २. यातायातमा बृद्धि गरिएको १० प्रतिशत भाडा फिर्ता गर्नुपर्ने ३. टिकट बुकिङमा रहेको कालो बजारी नियन्त्रण गर्नुपर्ने ४. समयमा काम नसक्ने ठेकदारलाई कारबाही गर्नुपर्ने

त्रिचन्द्र क्याम्पसको गुरुयोजनासहित पुनर्निर्माण गरिने

काठमाडौं । नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुख सहितको टोलीबीच छलफल भएको छ । बिहीबार प्राधिकरणमा भएको छलफलमा त्रिचन्द्र क्याम्पसको एउटा वृहत् गुरुयोजनासहित पुननिर्माण गर्नेबारे छलफल भएको हो । त्यसक्रममा रानीपोखरीसँगै रहेको त्रिचन्द्र क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउने बारे पनि छलफल भएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा चित्रन्द्र क्याम्पसको पुनर्निर्माणलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रस्ताव गरेका छन् । छलफलमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीपबहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचनाहरुको पुनर्निर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राखेका छन् ।