आँखुखोला जलविद्युतको आईपीओमा माग भन्दा बढी आवेदन, शुक्रबार अन्तिम दिन

<p>काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आज शुक्रबारसम्म मात्र हुने भएको छ । गत मंगलबारदेखि सार्वजनिक निष्कासन गरेकोमा माग भन्दा बढी आवेदन परेपछि आज शुक्रबारदेखि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड [&hellip;]</p>

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आज शुक्रबारसम्म मात्र हुने भएको छ । गत मंगलबारदेखि सार्वजनिक निष्कासन गरेकोमा माग भन्दा बढी आवेदन परेपछि आज शुक्रबारदेखि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ बराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

आईपीओ न्युनतम ५० कित्ता र अधिकतमा ६ हजार कित्तासम्म आईपीओ भर्न पाइने छ । कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्दा बिक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गरेको हो । कुल निष्कासन मध्ये ६८ हजार ८०१ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५२० कित्ता कर्मचारीलाई छुट्टाइएको सिभिलले जानकारी दिएको छ ।

कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रुपमा बिजुली उत्पादन गरेको हो । आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ ।

आयोजनामा ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ संस्थापक र २५ प्रतिशत अर्थात २० करोड रुपैयाँ सर्वसाधारणको लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । चुत्तापुँजी ८० करोड रुपैयाँ पुग्ने छ । आयोजनाबाट ९ वर्षमा लगानी फिर्ता हुने छ ।

Share News