प्रभु लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा विहीबार होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले कम्पनीका सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ । सो साधारण सभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा संचालन भएको थियो ।
युवा उद्यमशीलता सम्मेलनको सह-आयोजकमा आइएमई फाउण्डेसन
काठमाडौँ । आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ मा आइएमई ग्रुप अन्तर्गत रहेर संस्थागत सामाजिक उत्तरदायित्वमा विभिन्न भूमिका निर्वाह गर्दै आइरहेको आइएमई फाउण्डेसन सह–आयोजक रहने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर पारेर आयोजित उक्त सम्मेलनमा नेपाल सरकारअन्तरगर्तको राष्ट्रिय युवा परिषद्, प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथाबातावरण मन्त्रालय रबिशाल मिडिया ग्रुपआयोजककारुपमा र आइएमई फाउण्डेसन सह–आयोजकका रुपमा रहने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्मेलनमा सह–आयोजक रहने सम्वन्धमाबिहिवार आइएमई ग्रुपकाप्रवन्धनिर्देशक हेमराज ढकाल र सम्मेलन मूल आयोजक समितिका संयोजक बिशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गर्नु गरेका छन् ।
एनआईसी एशियाका ग्राहकलाई विराटनगर अस्पतालमा विशेष छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रालि मुनालपथ, विराटनगरबीच सम्झौता भएको छ । बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्णलाई विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील परियारले हस्ताक्षर गरेका छन् ।
ठमेल र झम्सिखेलमा कुमारी बैंकको शाखा बिस्तार
काठमाडौँ । कुमारी बैंक लिमिटेडले असार २६ गते एकैदिन काठमाडौँ उपत्यकामा दुई नयाँ शाखा बिस्तार गरेको छ । ललितपुरको झम्सिखेल र काठमाडौँको ठमेलको (छायाँदेवी कम्प्लेक्स) मा शाखा उद्घाटन गरेको हो । ठमेलमा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबरा तथा ठमेल पर्यटन बोर्डका अध्यक्ष प्रकाश नरसिंह राणाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष राणाले शाखा उद्घाटन गरे । उक्त शाखा विस्तारपछि कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल संख्या ९६ पुगेको छ ।
हिमालय एअरलाइन्सले साउन ६ गतेदेखि ढाका उडान सुरु गर्दै
काठमाडौँ । हिमालय एअरलाइन्सले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं/ ढाका/ काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०-२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०-२०० को तीनवटा जहाज रहेको छ । व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बङ्गलादेश जाने दुवै प्रकृतिका यात्रुहका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बङ्गलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई÷आबु धावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।
बैंक अफ काठमाण्डूको सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गरेका उनले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एशियामा १३ वर्ष कार्य सम्पादनको अनुभव हासिल गरेका छन् । बैंक अफ काठमाण्डूमा नियुक्ती प्राप्त गर्नु अघि बैंकिङ्ग तालिम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआईमा तालिमकर्ताको रुपमा सक्रिय रहेका थिए । दिल्लीको श्रीराम कलेजबाट स्नातक साथै काठमाडौँ विश्व विद्यालयबाट एमबिए गरेका उनको नियुक्ति पछि बैंकले आगामी दिनमा कर्जा व्यवसाय र जोखिम व्यवस्थापनमा थप सुधार हुने विश्वास व्यक्त गरेको छ ।
यासुदा र सानसुई ब्राण्डद्वारा ६ जनालाई पुरस्कार वितरण, सिंगापुरदेखी दुवईसम्मको भ्रमण
काठमाडौं । नेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनी र यासुदा ब्रान्डले सिगापुर र दुवई भ्रमणको विजेता लगाएत ४ जनलाई पुरस्कार वितरण गरेको छ । त्रिवेणी व्यापार कम्पनीले २०७५ चैत १५ गते देखी २०७६ जेठ १५ गते सम्म ग्राहकाहरु मध्यबाट विजेता घोषणा गरेको छ । नेपालभरी सञ्चालीत यासुदा ‘नयाँ वर्षको शुभारम्भ’ ग्राहक योजना र सान्सुइको ‘सान्सुइ न्यू इयर ग्रान्ड अफर’ अन्तरगत सान्सुइ र यासुदाको सामान खरिदामा लक्की ड्र कुपन प्रधान गरि ति मध्य लक्की ड्र मार्फत असार १७ गते विजेता घोषडा गरेको थियो । विहिवार विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । यासुदाले कृष्णबहादुर बुद्ध प्रथम, ललित ओली द्धीतीय र ताहासिंह थापा तृतीयलाई क्रमश सिगापुर भ्रमण, यासुदा सिक्स्टीफाइब ४ के स्मार्ट एलसिडी टिभी, यासुदाको एक थान एसी र सान्सुइले तपतबहादुर विष्टलाई प्रथम पुरस्कारमा दुवई भ्रमण, फैयाज अहमद द्धीतीयलाई सान्सुइ फिप्टीफाइब स्मार्ट एलसिडी टिभी र निशा विष्ट तृतीयलाई एक थान एसी पुरस्कार वितरण गरेको छ । कम्पनीका म्यानेजिङ ड्राइरेक्टर शैलेस साग्राइले भने यासुदाको सामान नेपाली बजारमा सस्तो मूल्यामा विद्युतीय सामान खरिद गर्न सकिने बताए । उनले भने हाम्रो सेवा र सुविधामा कुनै कमि नहुने बताए ।
वाणिज्य बैंक र उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य सम्बन्धि सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघको सिफारिसमा बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीलले बैंकसंगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुग्ने जानकारी दिए । हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुंदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने जनाएको छ । त्यस्तै वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृत केशवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सभापति बासुदेब गिरी, महासचिव डम्बरप्रसाद रेग्मी लगायत महासंघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।