जडीबुटी उत्पादन बढाउने मन्त्रालयको तयारी, ‘५८ अर्बको कारोबार र ३ लाखले रोजगारी पाउने’
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जडीबुटीको उत्पादन वृद्धि र व्यावसायिकरणका लागि जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानमा सुपरजोन, जोन, ब्लक र पकेट क्षेत्र निर्धारणको तयारी गरेको छ । मन्त्रालयले पहिलो चरणमा नमूना परियोजनाका रुपमा कर्णाली प्रदेशमा सो कार्यक्रम अघि बढाइएकोे र यसपछि क्रमशः सबै प्रदेशमा परियोजना अघि बढाइने जनाएको छ । नेपालबाट कूल निर्यात हुने जडीबुटीको ५० प्रतिशतभन्दा बढी हिस्सा कर्णाली प्रदेश एक्लैले ओगटेको छ । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका सबै जिल्लामा जडीबुटीअनुसार खेती हुने सम्भावित स्थानमा सुपरजोन, जोन, ब्लक र पकेट क्षेत्र निर्धारण शुरु गरिएको मन्त्रालयको वनस्पति विभागका उपमहानिर्देशक मोहनदेव जोशीले जानकारी दिए । “गत माघ १७ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत गरिएको उक्त प्रस्ताव कार्यान्वयनका लागि मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु साढे सात करोड बजेट विनियोजन भएको छ । जसअनुसार अतिस, कुट्की, जटामसी, टिमुर र काउलो प्रजातिका जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानमा त्यस्ता क्षेत्र निर्धारण गर्न लागिएको हो”, उनले भने । जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनका लागि खास क्षेत्र तोकी उत्पादन/उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आयआर्जन वृद्धिसम्बन्धी एकीकृत कार्य गर्न सो प्रस्ताव तयार गरिएको हो । क्षेत्र निर्धारणपछि दुई महीनाभित्र किसानका समूह बनाई तालीम प्रदान गर्ने, बीउबिजन र आवश्यक औजार तथा सामग्री वितरण गर्ने र आर्थिक सहयोगसमेत गरिने उनले बताए । तयारीपछि शुरुमा करीब ४०० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा जडीबुटी उत्पादन गरिनेछ । सरकारले महत्वपूर्ण जडीबुटीको व्यावसायिक खेती प्रोत्साहन गरी प्राकृतिक अवस्थामा रहेका जडीबुटीजन्य स्रोतको दोहनलाई कम गर्न तथा कृषि विविधीकरणमा टेवा पुर्याउने उद्देश्यले ‘जडीबुटी विकासका लागि अनुदानसम्बन्धी कार्यविधि, २०७५’ समेत जारी गरेको छ । कानूनी चुनौती कायमै सरकारले जडीबुटी खेती प्रवद्र्धन र व्यवसायिकरणका लागि विभिन्न कानूनी व्यवस्था र सुविधा प्रदान गरेको दाबी गरे पनि यस क्षेत्रका व्यवसायीले भने निर्यातमा कानूनी अड्चन रहेको बताएका छन् । नेपाल जडीबुटी उत्पादक सङ्घका अध्यक्ष गोविन्द घिमिरेले झन्झटिलो कानूनी प्रक्रिया र केही कानूनी अभावमा जडीबुटीको व्यावसायिकता र विस्तारका लागि अपेक्षाअनुसार काम हुन नसकेको गुनासो गरे । उनले भने, “मन्त्रालयले एक वर्षदेखि जडीबुटीको विषादी परीक्षणसम्बन्धी व्यवस्था गर्न नसक्दा नेपालको जडीबुटीको विश्व बजार खुम्चिँदै गएको छ ।” जसका कारण भारत निर्यात हुने १०५ प्रकारका जडीबुटीमध्ये गत कात्तिकदेखि २६ प्रकारका जडीबुटी मात्र निर्यात भइरहेका छन् । जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनका लागि खास क्षेत्र तोकी उत्पादन/उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आयआर्जन वृद्धिसम्बन्धी एकीकृत कार्य गर्न सो प्रस्ताव तयार गरिएको हो । जडीबुटीका क्षेत्रमा कार्यरत संस्था एन्साबका कार्यकारी निर्देशक डा भीष्मप्रसाद सुवेदीले पनि जडीबुटी व्यवसायमा कानूनी अड्चन काममै रहेको गुनासो गरे । उनले भने, “साइटिस ऐन जारी भए पनि त्यसको नियमावली र कार्यविधि समयमै बन्न नसक्दा कतिपय महत्वपूर्ण जडीबुटीहरु निर्यातमा कठिनाइ देखिएको छ ।” सङ्घीयता लागू भएपछि जडीबुटी कारोवारमा करको भार थपिएको र यस सम्बन्धमा तीन तहका सरकारबीच केही अन्योलता समेत देखिएको उनले बताए । खेतीका लागि उपयुक्त जमीन, पराम्परागत ज्ञान, संलग्न जनशक्तिको अवस्था हेर्दा नेपालमा जडीबुटीको राम्रो सम्भावना भए पनि सोचेअनुसार जडीबुटीको व्यावसायिकरण हुन नसकेको कार्यकारी निर्देशक डा सुवेदीको तर्क छ । नेपालबाट निर्यात हुने जडीबुटीको परिमाण धेरै भए पनि प्रशोधन नगरिएका कारण मूल्य कम हुने गरेको छ तर आयात हुने जडीबुटीजन्य वस्तु अन्तिम उत्पादन भएकाले परिमाण थोरै भए पनि मूल्य बढी हुन्छ । आयातनिर्यातको स्पष्ट तथ्याङ्क छैन जडीबुटीको आयातनिर्यातका सम्बन्धमा सरकारसँग सम्पूर्ण तथ्याङ्क देखिँदैन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आवमा मुलुकबाट रु एक अर्ब ४३ करोड मूल्य बराबरको जडीबुटी निकासी भएको थियो भने रु ३४ करोड बराबरको जुडीबुटी आयात भएको देखिन्छ । नेपाल जडीबुटी उत्पादक सङ्घले भने जडीबुटी र त्यसबाट बनेका कस्मेटिक तथा औषधिजन्य वस्तु गरी झण्डै रु छ अर्बको आयात भएको जनाएको छ । जडीबुटीको आयातनिर्यातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतसँग रहेको छ । सङ्घका अध्यक्ष घिमिरेले भारतबाट मात्र वार्षिक रु चार अर्बको जडीबुटीबाट बनेका कस्मेटिक वस्तु, औषधि र औषधिजन्य वस्तु आयात भएको बताए । नेपाल जडीबुटी उत्पादक सङ्घले भने जडीबुटी र त्यसबाट बनेका कस्मेटिक तथा औषधिजन्य वस्तु गरी झण्डै रु छ अर्बको आयात भएको जनाएको छ । यसबाहेक खुला सिमानाबाट अवैध रुपमा हुने आयातनिर्यातको कुनै लेखाजोखा छैन । यस क्षेत्रमा उत्पादन, सङ्कलन र प्रशोधनका लागि मुलुकभर दुई हजारभन्दा बढी उद्योग दर्ता छन् तर यसमा क्रियाशील भने आधा जति मात्रै रहेको अनुमान छ । मुलुकभर उपयुक्त जमीनमा उत्पादनको व्यवस्थापन र प्रशोधन गरेर निर्यात गर्न सके जडीबुटीमा वार्षिक करीब रु ५८ अर्बको कारोवार र तीन लाखले रोजगारी पाउने सम्भावना रहेको एन्साबको तथ्याङ्क छ । हाल जडीबुटी क्षेत्रमा ४८ हजार व्यक्ति प्रत्यक्ष संलग्न रही जीवन निर्वाह गरिरहेको देखिन्छ । नेपालमा अधिक कारोवार हुने जडीबुटीमा अलैँची, यार्सागुम्बा, जटामसी, सुगन्धित तेल, टिमुर, तेजपात, रिट्ठा अखनवेद, कुटकी, सतुवा, दालचिनी, सेतकचिनी, पदमचाल, कुरिलो, अमला, हर्रो, बर्रोलगायत रहेका छन् । नेपालमा हालसम्म करीब ७०० प्रकारका जडीबुटी पहिचान गरिएका छन् भने त्यसमध्ये करीब ३०० जडीबुटीको व्यापार हुने गरेको छ । रासस
जनता बैंकको नाफा ३४ प्रतिशतले बढेर एक अर्ब ३४ करोड पुग्यो
काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा जनता बैंकको नाफा १ अर्ब ३४ करोड पुगेको छ । बैंकले अघिल्लो आवमा एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब १८ करोड रुपैंयाँ रहेको छ । ८ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड रुपैंयाँ रहेको छ । बैंकले ७५ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो ७७.३४ प्रतिशत कायम गराएको छ । बैंकको आधार ब्याजदर ९.९५ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.५३ प्रतिशत छ । बैंकको स्प्रेड दर भने ४.४२ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी १६.८१ रुपैंयाँ छ भने प्रति सेयर आम्दानी १३३.५४ रुपैंयाँ छ ।
थानकोट नाकाः लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
काठमाडौं । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउँछन् । उनले भने “थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ” । यस्तै, भक्तपुरको जगाती, काठमाडौँको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौँ प्रहरीले आव २०७५/०७६ मा मात्र लागुऔषधसम्बन्धी ५२५ विरुद्ध मुद्दा दायर गरेको छ । आव २०७५/०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली लागुऔषध ओसारपसारमा तराई–मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको बताउँछन् । “छिमेकी मुलुक भारतको खुला सिमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागुऔषध उपत्यका भित्रिने गरेको छ”, उनले भने । लागुऔषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागुऔषध विदेशबाट आयात हुने गरेको प्रहरीले बताएको छ । रासस
नेपाल बंगलादेश बैंकको नाफा १ अर्ब ६१ करोड, ४१.२२ प्रतिशतले नाफा वृद्धि
काठमाडौं । नेपाल बंगलादेश बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गएको आवमा ४१.२२ प्रतिशतले नाफा वृद्धि गरेकोे छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बैंकले १ अर्ब १४ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । ८ अर्ब ८ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा भने ३ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । बैंकले ५९ अर्ब निक्षेप संकलन गरेर ५२ अर्ब कर्जा लगानी प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.५६ प्रतिशत रहेको छ । बैंकको सीडी रेसियो ७२.८८ प्रतिशत कायम गरेको छ । बैंकको आधार ब्याजदर १०.२० प्रतिशत छ । कस्ट अफ फण्ड ७.६० प्रतिशत छ । बैंकको स्प्रेड दर भने ४.६४ प्रतिशत कायम छ । प्रति सेयर आम्दानी २०.०२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५३.९१ रुपैंयाँ रहेको छ ।
सेञ्चुरी बैंकको नाफा ८६ करोड
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा घटेको छ । बैंकले गएको आर्थिक वर्ष २०५५/७६ मा ८६ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बैंकले ९१ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा ५३ करोड रुपैंयाँ कायम भएको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमो १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । बैंकले ५७ अर्ब निक्षेप संकलन गरेर ५६ अर्ब कर्जा लगानी गरेको छ । सेञ्चुरी कमर्सियल बैंकको सीडी रेसियो ७८.०९ प्रतिशत कायम भएको छ । आधार ब्याजदर ११.२९ प्रतिशत छ । कस्ट अफ फण्ड ८.१९ प्रतिशत छ । बैंकको स्प्रेड दर भने जम्मा ४.२० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १०.२३ रुपैंयाँ कायम हुँदा प्रति सेयर नेटवर्थ १२० रुपैंयाँ छ ।
अन्तराष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठीमा बैंक र बीमा क्षेत्रको अवस्थाबारे छलफल
काठमाडोँ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लि.(बीएफआईएन)को प्रथम वार्षिकोत्सव बुधबार राजधानीमा एक समारोहका बीच सम्पन्न भएको छ । वार्षिकोत्सव कै अवसरमा संस्थाले होटलको रिजेन्सी हलमा अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी २०१९ सम्पन्न गरेको छ । उक्त अवसरमा बीएफआईएन र भारतका प्रतिष्ठित संस्थाहरु बिर्ला इन्स्टिच्यूट अफ म्यानेजमेन्ट तथा केयर एड्भाइजर रिसर्ज एण्ड ट्रेनिङ लिमिटेड(सीएआरटी) वीच आगामी दिनहरुमा मानव संसाधन विकास तथा क्षमता अभिवृद्घि सम्वन्धी संयुक्त कार्यक्रम गर्ने समझदारी पनि भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले वर्तमान परिप्रेक्ष्यमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन अत्यन्त सान्दर्भिक र चुनौतिपूर्ण भएको तथा बीएफआईएनले अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिए । केन्द्रीय बैंकले आवश्यक नीति नियम र निर्देशनहरु जारी गरेको र तिनलाई पालना गरेर तथा संस्थागत सुशासन कायम गरेर नै जोखिम व्यवस्थापन गर्न सकिन्छ–गभर्नर नेपालले भने । उक्त अवसरमा बीआईएमटीईसीएचका प्राध्यापक चंचल कु््शवाहा, सीएआरटीका सीईओ संजीतकुमार तथा एक्जिम बैंक इण्डियाका डीजीएम दीपक भाटियाले बीएफआईएनसँग मिलेर काम गर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरुका करीव २५० जना प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा जोखिम, वित्तीय क्षेत्रको आधुनिकिकरण र जोखिम व्यवस्थापन सम्वन्धी छलफल गरिएको थियो । उक्त कार्यक्रममा गोष्ठीमा जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोणबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरुबारे सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस श्रीधर तथा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी, यान्त्रिक परिवर्तन र वित्तीय एवम् बीमा क्षेत्रमा देखा पर्ने जोखिमहरुबारे बिर्ला इन्स्टिच्यूट अफ म्यानेजमेन्ट टेक्नोलोजीका प्राध्यापक मनोकुमार पाण्डे र एक्जिम बैंकका सहायक महाप्रबन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रसंग सम्वन्धित जोखिमहरुबारे नेपाल इन्भेष्टमेण्ट बैंक लि.का नायव महाप्रवन्धक विजेन्द्र सुवाल र मेगा बैंक नेपाल लि.का नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा वीमा क्षेत्रसंग सम्वन्धित जोखिमहरुबारे नेपाल लाईफ इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले आ-आफ्नोे धारणा राखेका थिए । सो कार्यक्रमलाई प्रमुख सुत्रधारका रुपमा बीएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले संचालन गरेका थिए भने भारतबाट आएका बैंक तथा वित्तीय क्षेत्रका विज्ञ एस.श्रीधरले बैंक तथा वीमा क्षेत्रको जोखिमहरुबारे चर्चा गरेका थिए । केयर रेटिङ्गस् नेपाल लि.का प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जोखिम र रेटिङ्ग बीचको अन्तरसम्वन्धवारे जानकारी गराएका थिए ।
हिमालयन बैंकको नाफा २ अर्ब ८४ करोड, ५२ प्रतिशत बढ्यो नाफा
काठमाडौं । हिमालयन बैंकले नाफामा ५० प्रतिशतभन्दा बढी नाफा गरेर सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा गठन भएको छ । बैंकले गएको आवमा नाफामा ऐतिहासिक छलाङ २ अर्ब ८४ करोड नाफा आर्जन गरेको छ । बैंक अघिल्लो आव २०७४/७५ मा १ अर्ब ८७ करोड नाफा कमाएको थियो । बैंकले गएको आवमा २ अर्ब २ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकले गएको आवमा ५ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा ४ अर्ब २ करोड रुपैयाँ रहेको छ । ८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । हिमालयनले यो अवधिमा १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.१२ प्रतिशत रहेको छ । बैंकको सीडी रेसियो पनि ७५.५९ प्रतिशत मात्रै छ । बैंकको आधार ब्याजदर ९.०५ प्रतिशत छ । कस्ट अफ फण्ड ६.५५ प्रतिशत रहेको छ । बैंकको स्प्रेड दर ४.४७ प्रतिशत छ भने बैंकको प्रति सेयर आम्दानी ३३.४१ रुपैंयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैंयाँ रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा उत्साहजनक, एक वर्षमै बैंकले कमायो ५ अर्ब ३२ करोड रुपैंयाँ
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले उत्साहजनक नाफा आर्जन गरेको छ । एक वर्षमै बैंकले कमायो ५ अर्ब ३२ करोड रुपैंयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ सम्म ३ अर्ब ६५ करोड नाफा गरेको बैंकले गएको आवमा ४५.७५ प्रतिशतले बढी नाफा गरेको हो । बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ६१ करोड रुपैंयाँ रहेको छ । राष्ट्रिय बाणिज्य बैंकले १ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४४ अर्ब रुपैंयाँ कर्जा लगानी गरेको छ । ९ अर्ब करोड रुपैंयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैंयाँ रहेको छ । बैंकको सीडी रेसियो ७२.७८ प्रतिशत छ भने आधार ब्याज दर अन्य बैंकको तुलनामा न्यून छ । बैंकको ब्याजदर ५.५ प्रतिशतमात्रै छ । कस्ट अफ फण्ड ३.५२ प्रतिशत रहेको बैंकको स्प्रेड दर ४.४६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ५९.२४ रुपैयाँ छ ।